• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Saturday, August 1, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

करको विवादमा कमलामाई नगरपालिका, बहुमत कार्यपालिका सदस्यद्वारा बैठक बहिस्कार

इसाझा नेपाल संबाददाता by इसाझा नेपाल संबाददाता
साउन ११, २०७९
in Featured, News, Province 3
0

Share via:

141 Shares
  • Facebook 141
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । कमलामाई नगरपालिका नगर कार्यपालिकाको बैठक बहुमत कार्यपालिका सदस्यले बहिस्कार गरेका छन । बुधबार बस्न भनि तय गरिएको बैठकमा निकासी कर लगाउने विषयमा भएको विवादलाई समाधान गर्न मेयर तयार नभएपछि एमालेबाट निर्वाचित कार्यपालिका सदस्यले बैठक बहिस्कार गरेका हुन ।

बहुमत कार्यपालिका सदस्यले बैठक बहिस्कार गरेपछि बुधबार बस्ने भनिएको बैठक एजेन्डामै प्रवेश नगरि स्थगित भएको छ । बैठक बहिस्कार गरेका कार्यपालिका सदस्यले कार्यपालिकाको निर्णय मेयर उपेन्द्र पोखरेलले कर्मचारीलाई दवाव दिएर मेटाएको र उक्त कुरा बैठकको पहिलो एजेण्डा बन्नुपर्ने माग राखेका थिए ।

नगर कार्यपालिकाको बैठक हटाउने एकल अधिकार मेयरमा नहुने र हटाउनै परे पुनः कार्यपालिकाको बैठकमा उक्त एजेण्डा आउनुपर्नेमा त्यसो नभएपछि बैठक बहिस्कार गरिएको कार्यपालिका सदस्य शिव कुमारी रायमाझीले बताईन ।

कार्यपालिका बैठक बहिस्कार गरेसँगै नेकपा एमाले निकट कार्यपालिका सदस्यहरुले पत्रकार सम्मेलन गरेका छन । उनीहरुले पत्रकार सम्मेलनमा कानुनले लगाउन दिएको कर लगाउन नदिई मेयर पोखरेलले नगरपालिकाको आयश्रोत घटाएको आरोप लगाए।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

निकासी कर लगाउने कानुनी अधिकार स्थानीय तहलाई भएको र सोहि अनुरुप लगाईदै आएको कर यसवर्ष पनि लगाउनुपर्ने कार्यपालिका सदस्य एवम् वडा नं. ७ का अध्यक्ष कर्ण बहादुर घिसिङले बताए ।
उनले कार्यपालिकाले गरेको शिक्षक सरुवाको निर्णय समेत मेयरले हटाउन लगाएको बताए । कमला मावि ढुंग्रेवासमा कार्यरत शिक्षक डा.हरि पोखरेललाई जनज्योति मावि फोस्रेटारमा काज सरुवा गर्ने निर्णय समेत मेयर पोखरेलले हटाएको घिसिङले बताए । मेयर नै अध्यक्ष भएको स्कुलका शिक्षक पोखरेललाई मेयरले काज सरुवाको अनुमति समेत दिएका थिए ।

पत्रकार सम्मेलनमा बोल्दै घिसिङले कार्यपालिकामा लोकतान्त्रिक अभ्यासबाट विचलित भई मेयर पोखरेलले मनोमानी ढंगले अगाडि बढ्न खोजेको आरोप लगाए । उनले निकासी कर नगरपालिकाले नलगाए पनि अन्य पालिकाले यहाँका व्यवसायीहरुलाई लगाईरहेकाले नगरको आम्दानी बढाउँदा नागरिकमा थप असर नपर्ने बताएका छन । निकासी कर एक स्थानीय तहमा मात्र तिर्नुपर्ने कानुनी व्यवस्था छ । नगर कार्यपालिकामा २४ जना कार्यपालिका सदस्य रहेकोमा उपमेयर सहित १६ जना एमालेबाट निर्वाचित सदस्य रहेका छन ।

बहुमत सदस्यले बैठक बहिस्कार गरेपछि निकासी कर लगाउने निर्णय कानुन सम्मत नरहेको भन्दै मेयर पोखरेलले पत्रकार सम्मेलन गरेका छन । उनले सञ्चारमाध्यमले समेत नबुझी समाचार लेखिदिएको आरोप लगाएका छन ।

कानुन के छ ?
कमलामाई नगरपालिकाले हरेक वर्ष निकासी कर लगाउँदै आएको छ । गत वर्षमा यो कर कोभिड १९ को कारण देखाएर लगाएन । चालु आर्थिक वर्षका लागि नगरसभाबाट कमलामाईको अर्थ सम्बन्धि प्रस्ताव कार्यान्वयन गर्न बनेको आर्थिक ऐन २०७९ स्वीकृत गरिएको छ । जसको बुँदा नं. ८ मा जडिबुटी, कवाडी र जीवजन्तु करको बारेमा उल्लेख गरिएको छ । यहि बुँदामा रहेर नगरपालिकाले निकासी कर लिने हो । यो ऐनको अनुसूचि ७ मा कर संकलनको दर रेट निर्धारण गरिएको छ ।

सोहि अनुसूचि बमोजिम नगरपालिकाबाट बाहिर निकासी हुने वस्तुमा नगरपालिकाले कर लगाउने व्यवस्था गरिएको कार्यपालिका सदस्यहरुले बताएका छन ।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले पनि स्थानीय सरकारलाई कर निर्धारण गर्ने, कर लगाउने अधिकार दिएको छ । उक्त ऐनको दफा ११ घ (४) मा जडिबुटी, कवाडी र जीवजन्तु कर निर्धारण तथा संकलन गर्न पाउने व्यवस्था गरेको छ । यो कर स्थानीय तहले स्थानीय तह बाहिर निकासी गर्दा लगाउने कर हो ।

नगरपालिकाको आर्थिक ऐनले अनुसूचि ७ मा १६ प्रकारका जडीबुटी, ८ प्रकारका रुखका बोक्रा, ७ प्रकारका पात ८ प्रकारका फल र वीजमा प्रतिकिलो २ रुपैंया कर निर्धारण गरेको छ । वनमा उत्पादन हुने सबै खाले कुचोमा प्रति ट्याक्टर १ सय देखि ३ सय कर निर्धारण गरेको छ । यस्तै पशुपंक्षीका प्वाँख, खुर, जिउँदो जनावर, कवाडी सामानको समेत निकासी कर तोकेको छ ।

किन हटाईयो निर्णय ?
कमलामाई नगरपालिका र गोलञ्जोर गाउँपालिका जोडिएका स्थानीय तह हुन । कमलामाई नगरपालिकामा निकासी करमा ठेक्का लाग्नु अघि गोलञ्जोर गाउँपालिकाले कांग्रेसका कार्यकर्तालाई निकासी करको ठेक्का दियो । नेपाली कांग्रेसका नेता तथा कनपा ४ का वडाअध्यक्ष महेन्द्र प्रसाद ढकालले असार २९ गतेको कार्यपालिका बैठकमा ल्याएको निकासी कर लगाउने निर्णय कार्यपालिकाले सर्वसम्मत पारित ग¥यो ।

जव निर्णय भयो तव गोलञ्जोर गाउँपालिकाको करको ठेक्का लिएका नेपाली कांग्रेसका कनपा ४ का वडा सभापति समेत रहेका समुन्द्र श्रेष्ठले त्यो कुरा जानकारी पाए । जानकारी पाएपछि नगरपालिकाले ठेक्का लगाउँदा आफुलाई घाटा हुने हुँदा ठेक्का नलगाउन नेपाली कांग्रेसका जिल्ला सभापति समेत रहेका कमलामाईका मेयर उपेन्द्र कुमार पोखरेललाई अनुरोध गरे । सोहि अनुसार मेयर पोखरेलले कर्मचारीलाई निर्णय मेटाउन अह्राए । श्रेष्ठले गोलञ्जोरको ठेक्का ६ लाखमा लिएका छन । तर मेयर पोखरेलले कानुनत ः निकासी कर लगाउन नमिल्ने दावी प्रस्तुत गरिरहेका छन ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

सिन्धुलीका अठार जनामा देखियो डेंगु, कमलामाई नगरपालिका र मरिण गाउँपालिका प्रभावित

Next Post

एकै दिन दश जनामा कोभिड संक्रमण

सम्बन्धित खबरहरु

पत्रकारविरुद्ध उजुरीप्रति नेपाल पत्रकार महासंघको आपत्ति
Featured

पत्रकारविरुद्ध उजुरीप्रति नेपाल पत्रकार महासंघको आपत्ति

धार्मिक सद्भाव जोगाउन सरकार सक्रिय हुनुपर्छ : एमाले नेता भट्टराई
Featured

धार्मिक सद्भाव जोगाउन सरकार सक्रिय हुनुपर्छ : एमाले नेता भट्टराई

उच्च शिक्षामा उद्यमशीलता र दिगोपनलाई संस्थागत गर्न जोड
Featured

उच्च शिक्षामा उद्यमशीलता र दिगोपनलाई संस्थागत गर्न जोड

पत्रकारमाथि प्रशासनिक उजुरी दर्ता गरिनु प्रेस स्वतन्त्रता विरुद्ध : पत्रकार महासंघ बागमती
Featured

पत्रकारमाथि प्रशासनिक उजुरी दर्ता गरिनु प्रेस स्वतन्त्रता विरुद्ध : पत्रकार महासंघ बागमती

पत्रकार नेपालीमाथिको मुद्दा फिर्ता लिन प्रेस युनियनको माग
Featured

पत्रकार नेपालीमाथिको मुद्दा फिर्ता लिन प्रेस युनियनको माग

पत्रकार विरुद्धको उजुरी फिर्ता नलिए आन्दोलनमा जाने चौतारीको चेतावनी
Featured

पत्रकार विरुद्धको उजुरी फिर्ता नलिए आन्दोलनमा जाने चौतारीको चेतावनी

अध्यक्ष श्रेष्ठमाथिको दुर्व्यवहारप्रति उवासंघको आपत्ति
Featured

अध्यक्ष श्रेष्ठमाथिको दुर्व्यवहारप्रति उवासंघको आपत्ति

पत्रकारमाथि उजुरी दर्ता प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप : राष्ट्रिय फोटो पत्रकार समूह
Featured

पत्रकारमाथि उजुरी दर्ता प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप : राष्ट्रिय फोटो पत्रकार समूह

पत्रकारमाथि मुद्दा दर्तापछि पत्रकारसम्बद्ध संस्थाहरु सक्रिय, पाँच सदस्यीय कार्यदल गठन
Featured

पत्रकारमाथि मुद्दा दर्तापछि पत्रकारसम्बद्ध संस्थाहरु सक्रिय, पाँच सदस्यीय कार्यदल गठन

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied