सान्नानी सानो काम लिएर एक सरकारी कार्यालयमा पुगिन । झण्डै एकदिन हिडेर उक्त कार्यालयमा पुगिन्थ्यो । कार्यालयमा पुग्दा हाकिम कुर्सिमा बसिरहेका थिए । उनी निकै व्यस्त जस्तो गरि कम्प्युटर अगाडि केहि हेरिरहेका हुन्छन ।
सान्नानीले हाकिमलाई नमस्कार गरिन । हाकिमले मुखले मात्र नमस्कार फर्काए र उनलाई वास्तै गरेनन । केहि बेर सान्नानी पनि हाकिमको आदेश कुरिरहिन । हाकिमले वेवास्ता गरेपछि मुख खोलिन ।
हाकिम साव सानो काम लिएर आएकी थिएँ । उनले सबै कुरै सुनेनन । काम हुने नहुने, कागजात पुग्ने नपुग्ने केहि सोधेनन । सिधै तपाईको काम आज हुदैन भोली आउनु भने ।
सान्नानी निराश भएर फर्किईन । भोली पल्ट कार्यालय समयमै आईन । फेरी फुर्सद छैन भन्ने जवाफ पाईन । कार्यालय आउने जाने गर्दा गर्दै एकसाता वितिसकेको थियो । उनी होटलमा बस्दा बस्दा हैरान थिईन । खर्च बढेको थियो । काम नगरौं जरुरी छ, गरौं कहिले काम हुने टुंगो छैन ।
उनले सोंचिन, होटलमा खर्च गर्नु भन्दा त बरु हाकिमलाई त्यो पैसा दिएर काम सक्नुप¥यो । त्यसपछि उनले रातो खाममा २ हजार रुपैंया हालेर हाकिम नेर गईन । उनले हाकिमलाई पहिलेका दिनमा जस्तै गरि नमस्कार टक्राईन । नमस्कार भन्दै हाकिमले भने, ‘काम हुदैन भनेपछि कति आउनुभाको तपाई ?’
उनले विनम्र पूर्वक भनिन, ‘हाकिम साब यो रातो खाममा कागजपत्र पु¥याएर ल्याएको छु, त्यति सानो काम त गर्दिनुस न है ।’
हाकिमले हतार हतार गर्दै खाम समाएर भने ‘तपाईको काम एक घण्टामै हुन्छ है ।’ सान्नानीको काम हाकिमले भनेको भन्दा आधा घण्टा अगाडि नै सकियो । सान्नानी जिल्ल परिन र आफ्नो घरतर्फ गईन ।




















