सिन्धुली । जिल्लाको दुधौली नगरपालिका वडा नं. ३ मा माझी समुदायकी महिला वडा अध्यक्ष बनेकी छिन । नेपाली कांग्रेस दुधौलीकी नेतृ भद्रा माझी जिल्लाको पहिलो महिला माझी समुदायकी वडा अध्यक्ष बनेकी छिन ।
उनी नेपाली कांग्रेसबाट वडा अध्यक्षमा चुनावी मैदानमा थिईन । जिल्लामा ७९ वडामा उनी एक मात्र वडा अध्यक्षको महिला उमेदवार थिईन ।
माझीले ८०६ मत प्राप्त गरेकी छिन भने उनका निकटतम प्रतिद्धन्द्धी एमालेका किसनलाल कुँमरले ५ सय ५७ मत प्राप्त गरेका छन ।
एमालेले स्थानीय निर्वाचनमा २०४९, २०५४ र २०७४ मा जितेको उक्त वडामा माझीले जित हात पारेकी हुन । २०७४ सालको स्थानीय तह निर्वाचनमा मरिण गाउँपालिकाबाट नेकपा माओवादी केन्द्रकी संगिता माझीले उपाध्यक्ष जितेकी थिईन ।
यस्तै मरिण गाउँपालिकामा नेपाली कांग्रेसले गठबन्धनको साझा उमेदवार बिमला माझीलाई उपाध्यक्षमा उमेदवार बनाएको छ । बिमला माझी पनि जितको नजिक पुगेकी छिन ।




















