सिन्धुली । जिल्लाका नौ स्थानीय तहका ४१ वटा वडाको मतगणना सकिएको छ । ७९ वडा रहेको जिल्लामा मतगणना सकिएका वडामा नेकपा माओवादी केन्द्रले १८, नेपाली कांग्रेसले १७ र नेकपा एमालेले ९ वटा वडामा जीत हासिल गरेका छन ।
जिल्लामा नेकपा एमाले, नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र चुनावी प्रतिस्पर्धामा रहेका थिए । कांग्रस र माओवादीको गठबन्धन रहेको थियो भने नेकपा एमाले एक्लै चुनावी मैदानमा रहेको थियो ।
कमलामाई नगरपालिकामा ३ वटा वडाको मत परिणाम आईसकेको छ । दुधौली नगरपालिकाको ५ वटा वडाको मत परिणाम आयो । तिनपाटन गाउँपालिकामा १० वटा वडाको मत परिणाम आईसकेको छ ।
यस्तै फिक्कल २ वटा, सुनकोशीका २ वटा वडा, गोलञ्जोरका ५ वटा वडा, मरिणका ७ वटै वडा, घ्याङलेख गाउँपालिकाको ५ वटा वडा, हरिहरपुरगढीका ३ वटा वडाको मत परिणाम आईसकेको छ ।
मत परिणाम अनुसार नेकपा एमाले गठबन्धनलाई हराउँदै कमलामाई नगरपालिका – ३, तिनपाटन गाउँपालिका – १ र ५, हरिहरपुरगढी गाउँपालिका – १, दुधौली नगरपालिका –२, फिक्कल गाउँपालिका – २, गोलञ्जोर गाउँपालिका –५, मरिण गाउँपालिका –४ र घ्याङ्लेख गाउँपालिका ३ मा विजयी भएको छ ।
यस्तै नेपाली कांग्रेसले कमलामाई नगरपालिका –१, दुधौली नगरपालिका – १, ३, मरिण गाउँपालिका –२, तिनपाटन गाउँपालिका – २, ३, ४, ७, ८, ९, १० र ११, गोलञ्जोर गाउँपालिका ४ र २, सुनकोशी गाउँपालिका १ र २ घ्याङ्लेख गाउँपालिका – ४ मा जीत हात पारेको छ ।
यसैगरि नेकपा माओवादीकेन्द्रले कमलामाई नगरपालिका – २, घ्याङलेख गाउँपालिका – १, २ र ५, दुधौली नगरपालिका – १२, १३ र १४, मरिण गाउँपालिका – १, २, ३, ५, ६ र ७ हरिहरपुरगढी गाउँपालिका ३ र ६, गोलञ्जोर गाउँपालिका– १ र ३, फिक्कल गाउँपालिका १मा जीत हात पारेको छ । जिल्लाका नौ वटै स्थानीय तहमा मतगणना जारी छ ।




















