सिन्धुली । कमलामाई नगरपालिकाको उपप्रमुखमा नेपाली कांग्रेसकी कुमारी मिश्रा खड्काले उमेदवारी दिएकी छिन । निर्वाचन अधिकृतको कार्यालय सिन्धुलीका अनुसार उनले नेपाली कांग्रेसको तर्फबाट उमेदवारी दर्ता गराएकी हुन ।
नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको गठबन्धन भएको कमलामाई नगरपालिकामा नेकपा माओवादी केन्द्रले उपप्रमुखको भाग पाएको थियो ।
नेपाली कांग्रेसले मेयरमा उज्जल उपेन्द्र पोखरेललाई उमेदवार बनाएको छ भने माओवादी केन्द्रले उपप्रमुखमा दिर्घराज श्रेष्ठलाई उपप्रमुख बनाएको थियो । गठबन्धनमा महिलाको उमेदवारी न्युन रहेको छ । महिलालाई गठबन्धनले उपेक्षा गरेकाले आफ्नो उमेदवारी रहेको खड्काले बताएकी छिन ।




















