सिन्धुली । नेकपा एमाले सिन्धुलीले बाजागाजा, ¥याली सहित जिल्लाका नौ वटै स्थानीय तहमा उमेदवारी दर्ता गराएको छ ।

सबै पालिकामा गठबन्धनमा रहेका दलहरु भन्दा अघि नै नेकपा एमालेले नौ वटै पालिकाका प्रमुख उपप्रमुख, वडा अध्यक्ष र सदस्यहरुको मनोनयन दर्ता गरेको हो ।
जिल्लाका ७९ वटै वडाका अध्यक्ष, सदस्यहरु सहित उमेदवारी दर्ता गराएका हुन । कमलामाई नगरपालिकामा मेयरमा महेन्द्रदेव श्रेष्ठ, उपमेयरमा मञ्जु देवकोटाको उमेदवारी परेको छ ।
फिक्कल गाउँपालिकामा अध्यक्षमा पार्वती सुनुवार, उपाध्यक्षमा राजु बरालको उमेदवारी दर्ता भएको छ ।
दुधौली नगरपालिकाको मेयरमा लक्ष्मण कार्की, उपमेयरमा बालकुमारी अधिकारी दनुवारको उमेदवारी परेको छ । सुनकोशी गाउँपालिकाको अध्यक्षमा रोमनराज गिरी (अशोक) र उपाध्यक्षमा हेमा अधिकारी (आचार्य) को उमेदवारी परेको छ ।
यसैगरि गोलञ्जोर गाउँपालिकाको अध्यक्षमा शंकर बराल, तिनपाटन गाउँपालिकाको अध्यक्षमा छत्र दाहाल, उपाध्यक्षमा पदममाया तामाङले उमेदवारी दर्ता गराएका छन । मरिणमा गोविन्दलाल माझीले एमालेको तर्फबाट आइतबार नै उमेदवारी दर्ता गराएका थिए भने उपाध्यक्षमा संगिता माझीले सोमबार उमेदवारी दर्ता गराएकी छिन ।
यस्तै हरिहरपुरगढीमा मान बहादुर वाईवा र घ्याङलेख गाउँपालिकामा चतुरमान लोले अध्यक्षमा उमेदवारी दिएका छन ।
यस्तै सबै पालिकाका वडाअध्यक्ष सहित सदस्यमा एमालेले उमेदवारी दर्ता गराएको नेकपा एमाले सिन्धुलीले जनाएको छ ।






















