सिन्धुली । नेपाली कांग्रेसले कमलामाई नगरपालिकाको मेयरको उमेदवारको टुंगो लगाएको छ । कांग्रेसका जिल्ला सभापति उपेन्द्र पोखरेललाई मेयरको उमेदवार बनाएको हो ।
उनी नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसका साझा उमेदवार हुन । कमलामाई नगरपालिकाको उपमेयरमा नेकपा माओवादीले यस अघि नै दिर्घराज श्रेष्ठलाई उपमेयरको उमेदवार बनाईसकेको छ ।
पोखरेल २०७४ सालको स्थानीय तह निर्वाचनमा नेकपा एमालेका उमेदवार खड्ग बहादुर खत्रीसँग पराजित भएका थिए । यो पटक उनले नेकपा एमालेका उमेदवार युवा नेता महेन्द्रदेव श्रेष्ठको सामना गर्नेछन ।





















