• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Wednesday, July 29, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

सिन्धुलीका स्थानीय तहले धमाधम बनाउँदै अक्सिजन सहितका आइसोलेसन

बिमला पाण्डे by बिमला पाण्डे
जेष्ठ ५, २०७८
in Featured, Health, Province 3
0

Share via:

50 Shares
  • Facebook 50
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । जिल्लामा कोभिडका विरामी बढेसँगै जिल्लाका अधिकांश स्थानीय तहहरुले आफ्नै पालिकामा कोभिडका विरामी उपचारका लागि आइसोलेसन बनाउन सुरु गरेका छन । उनीहरुले पालिकाकै लगानीमा बनाएका धेरै आइसोलेसनहरु सञ्चालनमा समेत आइसकेका छन भने कतिपय सञ्चालनमा आउने तयारीमा रहेका छन ।

पालिकाहरुले अक्सिजन सहितका आइसोलेसन वेडहरु बनाउन थालेका हुन । जिल्लामा रहेको कोभिड १९ अस्पतालले विरामीको चाप धान्न नसक्ने भएपछि र अक्सिजन दिई उपचार गर्नुपर्ने संक्रमित बढेपछि पालिकाहरुले अक्सिजन सहितका अस्थायी आइसोलेसनहरु बनाउन थालेका हुन ।

जिल्लाका दुधौली नगरपालिका, तिनपाटन गाउँपालिका, फिक्कल गाउँपालिका र मरिण गाउँपालिका, हरिहरपुरगढी गाउँपालिका, गोलञ्जोर गाउँपालिकाले अस्थायी अस्पताल निर्माण गरि २४ सै घण्टा सेवा दिन थालिएको जनाएका छन ।

जिल्लामा रहेका ४ वटा प्राथमिक स्वास्थ्य केन्द्रमा आइसोलेसन सहित एमविएस डाक्टर र स्वास्थ्यकर्मीहरुले सेवा दिने गरि कोभिड आईसोलेसन बनाई चलाईएको छ भने फिक्कल, गोलञ्जोर र हरिहरपुरगढीमा उपलब्ध स्वास्थ्यकर्मीहरुले आइसोलेसन चलाउन थालेका छन ।

गाउँपालिकाले सुनकोशी मावि सोखुवेसीमा १० वेडको आइसोलेसन सञ्चालनमा ल्याएको जनाएको छ । गाउँपालिकाका प्रवक्ता राजु वरालका अनुसार गाउँपालिकाको लगानीमा कोभिड १९ अस्पताल सुचारु गरिएको छ । गाउँपालिकामा कोभिडका विरामी बढ्न थालेपछि अक्सिजन सहितको अस्थायी अस्पताल सञ्चालन गरिएको बरालले बताए ।

यस्तै तिनपाटन गाउँपालिकाको प्राथमिक स्वाथ्य केन्द्र लाम्पानटार र वेलघारी प्राथमिक स्वास्थ्य केन्द्रमा पाँच पाँच वेडको अक्सिजन सहितको आइसोलेसन सञ्चालनमा ल्याईएको छ ।

यसैगरि दुधौली नगरपालिकाले सिर्थौली प्राथमिक स्वास्थ्य केन्द्रमा अक्सिजन सहितको आइसोलेसन चलाएको छ । जहाँ २० वेडको आइसोलेसन चलाईएको छ ।

जिल्ला सदरमुकाम समेत रहेको कमलामाई नगरपालिकामा जिल्ला स्तरको ५० वेडको कोभिड अस्पताल अक्सिजन, भेन्टिलेटर सहित चालु अवस्थामा रहेको छ । जहाँ विरामीको उपचार भईरहेको छ भने आपतकालिन अवस्थामा प्रयोग गर्नका लागि एपोलो अस्पताललाई प्रयोग गर्न तयारी अवस्थामा राखिएको छ । जसको व्यवस्थापन कमलामाई नगरपालिकाले गर्ने निर्णय भई तयारी अवस्थामा राखिएको छ ।

गोलञ्जोर गाउँपालिकाले ग्वालटारमा गत वर्ष तयार गरेको कोभिड १९ अस्थायी अस्पताललाई नै प्रयोगमा ल्याएको छ । हरिहरपुरगढी गाउँपालिकाले क्यानेश्वरमा १० वेडको आइसोलेसन तयार भएको गाउँपालिका अध्यक्ष कार्साङ लामाले बताएका छन ।

मरिण गाउँपालिकाले आइसोलेसनको तयारीका लागि स्थान छनौट गरिसकेको छ । मरिण बहुमुखी क्याम्पसमा स्थान छनौट गरिएको र तत्काल क्वारेन्टाईन र आइसोलेसन तयारीको काम गरिने गरि अगाडि बढेको गाउँपालिकाले जनाएको छ ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

मरिण गाउँपालिकाले ५ वेडको आइसोलेन तयार गर्ने भएको हो । सदरमुकाम सिन्धुलीमाडी बाहिर दुधौली र तीनपाटनले आफ्नै प्रयासमा अक्सिजनसहितको आइसोलेसन बेड बनाएका हुन् । सुनकोशी गाउँपालिकाको आत्मीय अस्पतालले २ वेडको आइसोलेसन चलाएको छ । भने घ्याङलेख गाउँपालिकामा ५ वेडको आइसोलेसन चलाईएको छ ।

स्वास्थ्य कार्यालय सिन्धुलीका अनुसार जिल्लामा हालसम्म १०४ वटा आइसोलेसन वेडहरु सञ्चालनमा आएका छन । स्वास्थ्य कार्यालयको तथ्यांकमा फिक्कल गाउँपालिकाको १० वेडको आइसोलेसनको तथ्यांक भने राखिएको छैन ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

सिन्धुलीको कोभिड अस्पताल : नो लाईन नो अक्सिजन

Next Post

आधा जनशक्तिले चलाउँदै कोभिड अस्पताल

सम्बन्धित खबरहरु

सिन्धुलीमा तीन वर्षमा एक सय पाँच यौनजन्य हिंसाका घटना
Featured

सिन्धुलीमा तीन वर्षमा एक सय पाँच यौनजन्य हिंसाका घटना

सिन्धुलीमा बढ्दै लागुऔषधका मुद्दाहरु
Featured

सिन्धुलीमा बढ्दै लागुऔषधका मुद्दाहरु

एकसठ्ठी प्रतिशत घरेलु हिंसाका घटना कमलामाई नगरपालिकामा
Featured

एकसठ्ठी प्रतिशत घरेलु हिंसाका घटना कमलामाई नगरपालिकामा

एउटै परिवारका चार जनालाई राष्ट्रिय पुरस्कार
Business

एउटै परिवारका चार जनालाई राष्ट्रिय पुरस्कार

सिन्धुलीमा बढ्दो आत्महत्याको ग्राफ
Featured

सिन्धुलीमा बढ्दो आत्महत्याको ग्राफ

प्रकाशकीय : जनविश्वासको यात्रा सोह्रौँ वर्षमा प्रवेश
Featured

प्रकाशकीय : जनविश्वासको यात्रा सोह्रौँ वर्षमा प्रवेश

फिक्कल २ बालमैत्री स्थानीय शासन वडा घोषणा
Featured

फिक्कल २ बालमैत्री स्थानीय शासन वडा घोषणा

अधिवक्ता आचार्यको आक्रमणविरुद्ध उच्च अदालत बार यशोसियसनको ध्यानाकर्षण, छानविनको माग
Featured

अधिवक्ता आचार्यको आक्रमणविरुद्ध उच्च अदालत बार यशोसियसनको ध्यानाकर्षण, छानविनको माग

सेवाग्राहीमैत्री सेवा र अनलाइन प्रणाली विस्तार गर्छौं : मन्त्री श्रेष्ठ
Featured

सेवाग्राहीमैत्री सेवा र अनलाइन प्रणाली विस्तार गर्छौं : मन्त्री श्रेष्ठ

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied