• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Thursday, July 30, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

सिन्धुलीको कोभिड अस्पताल : नो लाईन नो अक्सिजन

बिमला पाण्डे by बिमला पाण्डे
जेष्ठ ५, २०७८
in Featured, Health, Province 3
0

Share via:

105 Shares
  • Facebook 105
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । सिन्धुलीको कोभिड १९ अस्पतालमा अक्सिजन प्लान्ट निर्माण भएको छ । अस्पतालले कोभिड १९ संक्रमित भएका विरामीहरुलाई सोहि प्लान्टबाट अक्सिजन सप्लाई गरेर उपचार गरिरहेको छ तर जब लाईन जान्छ, कृतिम अक्सिजन लिएर स्वास फेरिरहेका विरामी छटपटिन थाल्छन ।

लाईन गएसँगै उर्जाको बैकल्पिक व्यवस्था नहुदा समस्या परिरहेको कोभिड १९ अस्पतालले जनाएको छ । ‘जब लाईन जान्छ, अक्सिजन पनि जान्छ । कोभिडका विरामी छटपटिन थाल्छन । स्वास्थ्यकर्मीलाई पनि समाल्न हम्मे हम्मे पर्छ,’ कोभिड अस्पतालका इन्चार्ज तथा अमृत कार्की भन्छन् ।

सिन्धुलीको कोभिड अस्पतालमा सिन्धुली सहित तराईका महोत्तरी, सर्लाही, रौतहट देखिका कोभिडका विरामी उपचारका लागि आउने गर्छन् । उनीहरुको अवस्था हेर्दा सबै जसो अक्सिजन दिनुपर्ने विरामी हुन्छन । अस्पतालमा गम्भिर अवस्था भएका विरामीलाई उपचारका लागि राखिने गरेको छ । उनीहरु एकछिन पनि ‘अक्सिजन विना’ टिक्न सक्ने अवस्थामा हुदैनन ।

जब लाईन विग्रन्छ त्यहाँ भएको ३३ केभिको जेनेरेटरले अक्सिजन प्लान्ट धान्न सक्दैन । कार्कीका अनुसार उक्त प्लान्ट धान्नका लागि १०० केभि क्षमताको जेनेरेटर आवश्यक पर्छ । त्यो खरिद गर्न अस्पतालले सकेको छैन भने त्यसका लागि पहल कतैबाट भएको छैन ।
‘यदि लाईन गयो भने विरामी बचाउन सकिने की नसकिने चिन्ता हुन्छ, कहिलकाहिँ त एक मिनेट पनि विरामीको मृत्युका लागि प्रयाप्त समय हुन आउँदो रहेछ’ कार्कीले भने, ‘हामी कहिलेकाहिँ त खान र सुत्न समेत विर्सन थालेका छौं ।’

सिन्धुली अस्पताल विकास समितिका अध्यक्ष प्रलाद पोखरेलका अनुसार ‘लाईन गयो की विरामीको छटपटी र स्वास्थ्यकर्मीको दौडधुप हेरि नसक्नु हुन्छ । यो अवस्थालाई समाधान गर्न सबैको सहयोगको खाँचो छ ।’ उनका अनुसार प्लान नेपालले दिएको जेनेरेटर ३३ केभि क्षमताको मात्र छ । त्यसले अक्सिजन प्लान्ट सञ्चालनका लागि कामै गर्दैन ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

दक्ष जनशक्तिको अभाव
कोभिड अस्पताल थोरै जनशक्तिमा चलिरहेको छ । अक्सिजन प्लान्ट चलाउने त्यहाँका इन्चार्ज तथा रेडियो ग्राफर अमृत कार्की हुन । बायोटेक्निसियन अस्पतालमा छैनन् । प्राविधिक रुपमा कम ज्ञान हुदा हुदै पनि चलाउनुपर्ने बाध्यता छदैंछ । प्राविधिक जनशक्ति नहुदा भेन्टिलेटर चलाउन थप समस्या भएको पोखरेलले बताए । आइसियु चलाउन सामान्य ज्ञान भएका स्वास्थ्यकर्मीबाट निकै समस्या भएको र जागिरका लागि आवेदन माग्दा समेत पदपूर्ति गर्न नसकिएको उनले बताए । भेन्टिलेटर चलाउन नसक्दा विरामी रिफर गर्नुपर्ने अवस्था आइरहेको अस्पतालले जनाएको छ ।

अक्सिजन प्लान्टको क्षमता नै कम
जिल्लामा रहेको अक्सिजन प्लान्टले कोभिडका विरामी धान्न सक्ने अवस्था छैन । यो अक्सिजन प्लान्टको क्षमता प्रति मिनेट ६० लिटर अक्सिजन उत्पादन गर्ने हो । उक्त अक्सिजन प्लान्टले नर्मल वेडमा ४७ वटा वेडलाई अक्सिजन दिन सक्छ । ३ वटा ठूला व्यक्तिको लागि भेन्टिलेटर र १ वटा बच्चाको भेन्टिलेटर चलाउन सक्ने गरि उपकरण उपलब्ध रहेको यो अस्पतालमा १ वटा मात्र भेन्टिलेटर चलाईएको छ । हालको अक्सिजन प्लान्टको क्षमताले एकवटा भेन्टिलेटर चलेमा २० वटा वेडसम्मलाई अक्सिजन दिन सकिन्छ ।

यहाँ २५ वटा एचडियु वेड छन । २० वटा नर्मल वेड छन । नर्मल वेडमा पनि अक्सिजन प्लान्ट र ७ प्यारामिटरको मनिटर जोडिएको छ । तर कोभिडका विरामी बढेसँगै विरामीको चाँप धान्न सक्ने अक्सिजनको क्षमता छैन वा सक्दैन । तराईदेखिको विरामीको चाप धान्न र जिल्लामा संक्रमितको संख्या बढीरहदा चाप धान्न नसकिने र थप व्यवस्थापनको खाँचो भएको पोखरेलले बताए ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

सिन्धुलीमा कोरोनाका कारण थप एकजनाको मृत्यु

Next Post

सिन्धुलीका स्थानीय तहले धमाधम बनाउँदै अक्सिजन सहितका आइसोलेसन

सम्बन्धित खबरहरु

पत्रकार विरुद्धको उजुरी फिर्ता नलिए आन्दोलनमा जाने चौतारीको चेतावनी
Featured

पत्रकार विरुद्धको उजुरी फिर्ता नलिए आन्दोलनमा जाने चौतारीको चेतावनी

अध्यक्ष श्रेष्ठमाथिको दुर्व्यवहारप्रति उवासंघको आपत्ति
Featured

अध्यक्ष श्रेष्ठमाथिको दुर्व्यवहारप्रति उवासंघको आपत्ति

पत्रकारमाथि उजुरी दर्ता प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप : राष्ट्रिय फोटो पत्रकार समूह
Featured

पत्रकारमाथि उजुरी दर्ता प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप : राष्ट्रिय फोटो पत्रकार समूह

पत्रकारमाथि मुद्दा दर्तापछि पत्रकारसम्बद्ध संस्थाहरु सक्रिय, पाँच सदस्यीय कार्यदल गठन
Featured

पत्रकारमाथि मुद्दा दर्तापछि पत्रकारसम्बद्ध संस्थाहरु सक्रिय, पाँच सदस्यीय कार्यदल गठन

सिन्धुलीमा तीन वर्षमा एक सय पाँच यौनजन्य हिंसाका घटना
Featured

सिन्धुलीमा तीन वर्षमा एक सय पाँच यौनजन्य हिंसाका घटना

सिन्धुलीमा बढ्दै लागुऔषधका मुद्दाहरु
Featured

सिन्धुलीमा बढ्दै लागुऔषधका मुद्दाहरु

एकसठ्ठी प्रतिशत घरेलु हिंसाका घटना कमलामाई नगरपालिकामा
Featured

एकसठ्ठी प्रतिशत घरेलु हिंसाका घटना कमलामाई नगरपालिकामा

एउटै परिवारका चार जनालाई राष्ट्रिय पुरस्कार
Business

एउटै परिवारका चार जनालाई राष्ट्रिय पुरस्कार

सिन्धुलीमा बढ्दो आत्महत्याको ग्राफ
Featured

सिन्धुलीमा बढ्दो आत्महत्याको ग्राफ

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied