• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Wednesday, July 29, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

तीन महिनाको छोरीलाई श्रीमानले पाखुराको मासु चुसाएर सुत्केरी गराउन गाउँ पठाउनुभयो

बिमला पाण्डे by बिमला पाण्डे
मंसिर २२, २०७७
in Featured, Health, Province 3, Society
0

Share via:

1K Share
  • Facebook 1K
  • Twitter
  • LinkedIn
  • More

तनहुँ जिल्लाको तत्कालिन अरुणदय गाविसमा २०१६ सालमा बुवा बलराम सिग्देल र आमा राधिका सिग्देलको कोखबाट जन्मेकी जानुका सिग्देल –दाहाल) पेशाले स्वास्थ्यकर्मी हुन । उनले ३६ वर्षदेखि सिन्धुलीको स्वास्थ्य क्षेत्रमा योगदान दिईरहेकी छिन । उनले दिएको सेवाले कति महिला तथा बालबालिकाले पुनर्जीवन पाएका छन । निरन्तर स्वास्थ्य सेवामा रहेकी उनी हाल सिन्धुली अस्पतालको प्रसुति वार्डमा सिनियर अनमीका रुपमा काम गर्छिन । अवकाश प्राप्त गरेको २ वर्ष भए पनि उनलाई इमान्दार र अनुभव प्राप्त स्वास्थ्यकर्मी भएकाले अस्पतालले करारमा सेवा गर्ने गरि निरन्तर राखि रहेको छ । हाल उनी परिवारसँगै कमलामाई नगरपालिकाको वडा नं. ६ रातामाटामा रहेको घरमा बस्छिन । उनै दाहालसँग गरिएको कुराकानीलाई प्रस्तुत गरिएको छ ।

जानुका दाहाल, सिनियर अनमी सिन्धुली अस्पताल सिन्धुली

सिन्धुली कहिले आउनुभयो ?
म २०४१ सालमा लोकसेवाबाट अनमी पदको सुरु नियुक्ति लिएर सिन्धुलीको इलाका हेल्थ पोष्ट ग्वालटारमा आएँ । उक्त स्थानमा मैले २० वर्ष निरन्तर सेवा गरें । त्यसपछि सिन्धुली अस्पतालमा सेवा गरेकी छु । त्यसपछि सिनियर अनमी भरतपुर चितवनमा पढीसकेपछि मैले सिन्धुली अस्पतालमा निरन्तर सेवा गरिरहेकी छु । सरकारी सेवाबाट अवकाश पाएको डेढ वर्ष भयो । हाल करारमा काम गरिरहेकी छु ।

अस्पतालले किन तपाईलाई अवकाश भएर पनि छोडेन ?
म अवकाश हुदा कर्मचारी समायोजनको समय थियो । समायोजनमा सबै स्टाफहरु जानुभयो । यहाँ आइपुग्नेहरु पनि आईपुग्नु भएन । अस्पतालका डाक्टर र नर्सले स्टाफहरु आएपछि छोड्न मन लागे छोड्नुहोला हाललाई नछोड्नुस भनेर अनुरोध गर्नु भयो । म नियमित नै ड्युटिमा आएर सेवा गरेँ । अहिले पनि दिदीले हेर्दिनु न, सबैले विश्वास गर्छन, विरामी पनि खुशी हुन्छन भनेर अनुरोध गरेपछि करारमा काम गरिरहेकी छु ।

सेवा अवधिमा कति जना महिलालाई प्रसुति लगाएतका सेवा दिनु भयो ?
गर्भवति त कति हेरें त्यसको तथ्यांक त भन्न सक्दिन । धेरै नै हेरेकी छु । सुत्केरी महिला पनि ३ हजार जति सुत्केरी महिलाको सेवा गरेकी छु ।

काम गर्दा आनन्द आएको कुनै त्यस्तो सुत्केरी स्याहार गर्नु भएको छ ?
छ, कमलामाईका एक जना पुजारी हुनुहुन्छ । जो गरिब पनि हुनुहुन्छ । उहाँको श्रीमतिको पाठेघरै सहित बाहिर निस्केर आउनु भएको थियो । त्यतिबेला डाक्टरले सिस्टर यसलाई बाहिर पठाईदिउँ यहाँ हुदैन भन्नुभयो । गरिबपन देखें, बाहिर लान नसक्ने अवस्था देखें, के गर्ने होला भन्ने भयो । बच्चा मरिसकेको थियो । बच्चाले टाउको निकाल्न सकेको थिएन । बच्चाको टाउकोको पानी निकालेर बच्चा छुट्याइयो र पाठेघर भित्र हुलियो र उपचार गरेर पठायौं । पाठेघर त निस्किने भयो । पछि पाठेघर अप्रेशन गर्ने शिविर आयो । त्यहि शिविरमा उनको पाठेघरको अप्रेशन गराईयो । अहिले उनको स्वास्थ्य राम्रो छ । अर्को ग्वालटारको घटना हो । जुन पाठेघर फुटेर पाठेघर सहित बच्चा निस्कियो, बाहिर लान सुनकोशी बढेको थियो सम्भव थिएन । जे जति जानेको थिएँ त्यहि अनुसार बच्चा निकालेर पाठेघर सिलाएर भित्र हालिदिएँ । उनी बाँचिन । उनले पछि काठमान्डौ गएर थप उपचार गरिन । त्यो बच्चा अहिले साँच्चिकैको आमा भेट्न जान्छु भन्छ रे ? ती महिला, उनकी सासु मलाई भेट्न पनि आएका थिए । जसले आनन्द दिन्छ । यस्ता घटना थुप्रै छन । जुन कामले उनीहरुको जीवन बचाएको छ । मनलाई नै आनन्द बनाउँछ । आफुले गरेको काममा गर्व लाग्छ ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

तपाईले सेवा सुरु गर्दा र अहिलेको स्वास्थ्य अवस्था कस्तो छ ?
कति फरक छ नी । मैले सेवा सुरु गर्दा हेल्थपोष्टमा बस्न सक्ने अवस्था थिएन । म त परिवार सँगै भएकाले काम गर्न सकें । कर्मचारी बस्दैन थिए । सबै आफै गर्नुपथ्र्यो । सल्लाह लिने दिने कोहि हुदैनथ्यो । रात दिन काम गर्थें । अहिले त सल्लाह लिन पाईन्छ । डाक्टरहरु बस्छन सोधेर काम गर्न पाइन्छ । पहिले भन्दा अहिले प्रविधि पनि आएको छ । त्यतिबेला कम लेखपढ भएका हामी जस्ता स्वास्थ्यकर्मीलाई काम गर्न समस्या हुन्थ्यो । काम गर्दै जाँदा अनुभव भयो । काम गरियो ।

तपाई स्वास्थ्य सेवामा आउँदा महिलाको अवस्था के थियो ? अहिले कस्तो छ ?
२०४१ सालमा म आउँदा जनसंख्या नै कम थियो । स्वास्थ्य सेवाको पहुँच पनि कम थियो । महिला स्वास्थ्यकर्मी पनि कम थिए । मैले २० वर्ष बस्दा परिवार नियोजनका साधन प्रयोगलाई बढाएँ । काउन्सिलिङ गरेर त्यतिबेला डेढ दुई सय जनालाई डिपो लगाइन्थ्यो । तत्कालिन वितिजोर, बासेश्वर, डुँडभञ्ज्याङ, रतनचुरा, तिनकन्या, भुवनेश्वरीका महिलाले सेवा लिन्थे । त्यतिबेला साथि कोहि हुदैनथ्यो । ज्ञान कम भए पनि सबै काम गर्नुपर्ने बाध्यता थियो । अहिले सिक्ने अवसर पनि छ । बोलीले हो वा के हो विरामी खुशी नै भएको पाउँछु । सबैलाई नसके पनि धेरैलाई खुशी बनाएको जस्तो लाग्छ । त्यसले पनि आफुलाई खुशी मिलेको छ । त्यसैले पनि सेवामा निरन्तर छु ।

साँच्चिकै आफ्नो कामको मुल्यांकन भयो भन्ने कुनै दिन छ ?
छ । मलाई भुवनेश्वरी गाविसले दुई पटकसम्म सम्मान गरेको छ । महिला मान्छे, दुर्गम ठाउँमा आएर अहोरात्र सेवा गरेको भनेर नगद सहित पुरस्कृत गरेको थियो । त्यो पैसाले नासिन्छ भनेर मैले सुनको चुरा बनाएर लगाएँ । अनि सिन्धुली अस्पताले पनि मलाई एक पटक ग्रेड थप ग¥यो, डा. सुमित्रा गौतम मेडिकल सुपरिटेन्डेन हुदा मलाई पुरस्कृत गरिएको थियो । बेला बेलामा राम्रो काम गर्ने मान्छे हो नाम लिनुहुन्छ । त्यो नै मेरो लागि खुशीको कुरा हो ।

निरन्तर सेवा खटिने नर्सहरुलाई राज्यले के गरिदिए हुन्थ्यो जस्तो लाग्छ ?
जनमानसमा के छ भने डाक्टर नै सबै थोक हो । तर स्वास्थ्य सेवामा नर्सिङ स्टाफ नभईकन डाक्टरले मात्र केहि पनि हुदैन । नर्सिङ स्टाफको स्वास्थ्य क्षेत्रमा ठूलो भूमिका छ । पहिले त धेरै हेयको दृष्टिले पनि हेर्ने गर्थे तर अहिले फरक भएको छ । तथापी राज्यले हेर्ने दृष्टिकोण अझै परिवर्तन हुन सकेको छैन । जति गर्नुपर्ने हो त्यति सेवा सुविधा दिएको छैन ।

महिला भएर स्वास्थ्य सेवामा निरन्तर काम गर्दा परिवार, बालबच्चालाई कसरी व्यवस्थापन गर्नुभयो ?
एकदमै खुशी कुरा के भने मेरो श्रीमानको धेरै सहयोग पाएँ । ‘जागिर हो, सेवा हो’ भन्ने बुझिदिनु भयो । जतिखेर पनि जहाँ जाँदा पनि सहयोग नै गर्नुभयो । राती उठेर विरामी हेर्न गाउँ गाउँमा जाँदा पनि बालबच्चा हेरिदिने र पठाउने ग¥यो परिवारले । परिवारको सहयोग विना यो पेशा सम्भव थिएन । तीन महिनाको बच्चा पनि घरमा छोडेर काम गरेँ । श्रीमानले छोरीलाई पाखुराको मासु चुसाएर महिलालाई सुत्केरी गराउन गर्न गाउँमा पठाउनु भयो । म नहुदा छोराछोरीको स्याहार गर्ने, खाना खुवाउने, घरको काम गर्ने सबै काम श्रीमान र परिवारले नै गर्नुभयो ।

हरेक वर्ष राम्रो काम गर्नेहरुका लागि पदक, सम्मान राज्यले वितरण गरिरहँदा आफु त्यसका लागि योग्य छु जस्तो लाग्दैन ?
दुर्गम गाउँमा लामो समय काम गरें । धेरैको जीवन बचाएँ । अरु योग्य हुदा आफु पनि राष्ट्रले दिने सम्मानका लागि योग्य छु जस्तो लाग्छ तर हामी दुरदराजमा निरन्तर काम गर्नेको मुल्यांकन राज्यले गर्न नसक्दो रहेछ । हाम्रो पहुँच नपुग्दो रहेछ । मलाई त सम्मानित हुने केहि चिनजानका व्यक्तिहरुलाई हेर्दा त्यो भन्दा धेरै योग्य छु जस्तो लाग्छ । तर हामी साना कर्मचारीको कुरै त्यहाँसम्म पुग्दैन ।

हिजोको तुलनामा र आजको तुलनामा प्रविधिको हिसावले कति सजिलो छ स्वास्थ्यकर्मीहरुलाई ?
पहिलेको तुलनामा अहिले धेरै सहज छ काम गर्न । पहिले केहि साधनहरु हुदैन थिए । अहिले धेरै मेसिनबाट काम गरिन्छ । पहिले गाउँमा जान यातायातका साधन थिएनन । अहिले धेरै जसो ठाउँमा गाडी चल्छन । पहिले गाउँ गाउँमा पुगेन भने नागरिकको पहुँचमा स्वास्थ्य सेवा पुग्दैनथ्यो । अहिले सञ्चारले नजिक बनाएको छ । यातायातले नजिक बनाएको छ । सदरमुकाममा बस्नेहरुलाई पहिले पनि अलिक सजिलो थियो । सदरमुकाम भन्दा गाह्रो अहिले पनि गाउँमा छ । तर तुलनात्मक हिसाबले अहिले अलि सजिलो छ ।

काम गर्ने बेलामा परिवार, समाज र पेशामा विभेद भोग्नु भयो की नाई ?
परिवारमा विभेद भोगिन । पेशामा कहिलेकाहिँ पुरुषहरु पुरस्कृत हुदा म पनि हुनुपर्ने किन भईन होला भन्ने लाग्छ । पुरुषको मुल्यांकन भयो महिलाको भएन भन्ने लाग्छ । तलबमा विभेद छैन । ग्रेड वृद्धिमा विभेद हुन्छ ।

ड्युटीमा रहदा कति समयसम्म काम गर्नु भएको छ ?
मैले ग्वालटारमा २० वर्ष सेवा गरें । त्यो समयमा मेरो समय भनेको २४ घण्टा ड्युटिको समय हुन्थ्यो । सेवाग्राही जतिवेला आए पनि सेवा दिनै पथ्र्यो । आउन सकिएन, ढिलो भयो भनेपछि सेवा दिनै प¥यो । कहिले काहिँ घरमा लिनै आउँथे । उकालो ओरालो हिडेर गएर पनि उपचार गरियो ।

प्रसुति सेवामै काम गरिरहनु भएको छ, छोरा वा छोरी जन्मिदा गर्ने व्यवहार हेर्दा के लाग्छ ?
अहिले पनि छोरी छोरी भयो भने पुरुषहरु भाग्छन । छोरी जन्मियो भने पछि मुख खुम्चाउँछन । कतिलाई सम्झाउँछौं । कतिलाई सकिदैन । अपशब्द पनि बोल्छन । अहिले पनि विभेद छ । कति धेरै छ । ५० प्रतिशतमा अहिले सुधार आएको छ । मनमा खुल्दुली भए पनि केहि छैन भन्न थालेका छन । उनीहरुलाई काउन्सिलिङ गरेर पठाउने गरेका छौं । सन्तान राम्रो बनाउनुपर्छ छोरी भएर वा छोरा भएर केहि हुदैन भनेर सम्झाउँछौं । कतिले त मान्छन पनि । २ छोरी जन्माई सकेका आमा पनि कहिलेकाहिँ सकमा जाने सम्भावना हुन्छ । त्यस्ता महिलालाई बच्चा नजन्मिदै सम्झाउने गरेका छौं । अब जे जन्मे पनि हुन्छ भन्ने ५० प्रतिशत जति छन । बाँकीमा अझै परिवर्तन आएको छैन ।

विभेदकारी सोंच परिवर्तन गर्न के गर्न सकिन्छ होला ?
मुख्य त मनोसामाजिक परामर्श नै हो । शिक्षा र चेतनाको कमी छ शिक्षामा पहुँच वृद्धि गर्नु पनि हो ।

मनोसामाजिक परामर्श दिदा शिक्षितलाई बुझाउन सजिलो की नबुझेका मान्छेलाई बुझाउन सजिलो हुन्छ ?
कोहि नपढेकाले पनि कुरा बुझ्छन । कोहि शिक्षित भएर पनि कुरा नबुझ्ने पनि हुन्छन । किनभने उ कुन संस्कारबाट हुर्केको छ भन्ने कुराले प्रभाव पार्दछ । संस्कारमा भर पर्दो रहेछ यी कुराहरु । नराम्रो संस्कारमा हुर्केको छ भने पढेलेखेकाले पनि कुरा बुझ्दैनन । राम्रो संस्कारमा हुर्केको छ भने नपढे पनि बुझ्ने हुन्छन ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

महिला, बालिकाको अधिकार कुरामा आए व्यवहारमा आउन सकेन

Next Post

महिला हिंसाको प्रभाव : बुवा जेलमा, आमा मदिरामा, छोराछोरीलाई गासबास कै समस्या

सम्बन्धित खबरहरु

सिन्धुलीमा तीन वर्षमा एक सय पाँच यौनजन्य हिंसाका घटना
Featured

सिन्धुलीमा तीन वर्षमा एक सय पाँच यौनजन्य हिंसाका घटना

सिन्धुलीमा बढ्दै लागुऔषधका मुद्दाहरु
Featured

सिन्धुलीमा बढ्दै लागुऔषधका मुद्दाहरु

एकसठ्ठी प्रतिशत घरेलु हिंसाका घटना कमलामाई नगरपालिकामा
Featured

एकसठ्ठी प्रतिशत घरेलु हिंसाका घटना कमलामाई नगरपालिकामा

एउटै परिवारका चार जनालाई राष्ट्रिय पुरस्कार
Business

एउटै परिवारका चार जनालाई राष्ट्रिय पुरस्कार

सिन्धुलीमा बढ्दो आत्महत्याको ग्राफ
Featured

सिन्धुलीमा बढ्दो आत्महत्याको ग्राफ

प्रकाशकीय : जनविश्वासको यात्रा सोह्रौँ वर्षमा प्रवेश
Featured

प्रकाशकीय : जनविश्वासको यात्रा सोह्रौँ वर्षमा प्रवेश

फिक्कल २ बालमैत्री स्थानीय शासन वडा घोषणा
Featured

फिक्कल २ बालमैत्री स्थानीय शासन वडा घोषणा

अधिवक्ता आचार्यको आक्रमणविरुद्ध उच्च अदालत बार यशोसियसनको ध्यानाकर्षण, छानविनको माग
Featured

अधिवक्ता आचार्यको आक्रमणविरुद्ध उच्च अदालत बार यशोसियसनको ध्यानाकर्षण, छानविनको माग

सेवाग्राहीमैत्री सेवा र अनलाइन प्रणाली विस्तार गर्छौं : मन्त्री श्रेष्ठ
Featured

सेवाग्राहीमैत्री सेवा र अनलाइन प्रणाली विस्तार गर्छौं : मन्त्री श्रेष्ठ

भर्खरै प्राप्त समाचारहरु

सिन्धुलीमा तीन वर्षमा एक सय पाँच यौनजन्य हिंसाका घटना

सिन्धुलीमा बढ्दै लागुऔषधका मुद्दाहरु

एकसठ्ठी प्रतिशत घरेलु हिंसाका घटना कमलामाई नगरपालिकामा

एउटै परिवारका चार जनालाई राष्ट्रिय पुरस्कार

सिन्धुलीमा बढ्दो आत्महत्याको ग्राफ

प्रकाशकीय : जनविश्वासको यात्रा सोह्रौँ वर्षमा प्रवेश

फिक्कल २ बालमैत्री स्थानीय शासन वडा घोषणा

अधिवक्ता आचार्यको आक्रमणविरुद्ध उच्च अदालत बार यशोसियसनको ध्यानाकर्षण, छानविनको माग

सेवाग्राहीमैत्री सेवा र अनलाइन प्रणाली विस्तार गर्छौं : मन्त्री श्रेष्ठ

सिन्धुलीमा तीन वर्षमा एक सय पाँच यौनजन्य हिंसाका घटना
Featured

सिन्धुलीमा तीन वर्षमा एक सय पाँच यौनजन्य हिंसाका घटना

सिन्धुलीमा बढ्दै लागुऔषधका मुद्दाहरु
Featured

सिन्धुलीमा बढ्दै लागुऔषधका मुद्दाहरु

एकसठ्ठी प्रतिशत घरेलु हिंसाका घटना कमलामाई नगरपालिकामा
Featured

एकसठ्ठी प्रतिशत घरेलु हिंसाका घटना कमलामाई नगरपालिकामा

एउटै परिवारका चार जनालाई राष्ट्रिय पुरस्कार
Business

एउटै परिवारका चार जनालाई राष्ट्रिय पुरस्कार

सिन्धुलीमा बढ्दो आत्महत्याको ग्राफ
Featured

सिन्धुलीमा बढ्दो आत्महत्याको ग्राफ

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied