• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Wednesday, September 16, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

महिला हिंसाको प्रभाव : बुवा जेलमा, आमा मदिरामा, छोराछोरीलाई गासबास कै समस्या

बिमला पाण्डे by बिमला पाण्डे
मंसिर २४, २०७७
in Featured, Province 3, Society
0

Share via:

30 Shares
  • Facebook 30
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । कमलामाई नगरपालिका वडा नं. १ चौराईमा टाटीले बारेको, माटोले टालेको सानो घर छ । घरको ढोका छैन । जताबाट पनि सामान्य हान्दा भत्किने खालको उक्त घरको भित्र पकाउने खाने एक सेट भाँडा छन । एउटा सानो खाट छ । मैला लुगा, तिन चार वटा बोरा छन । बाँकी केहि छैन । त्यसैसँग जोडिएको दुईकोठे इटाको घर छ । जुन भुकम्पपछि बनाइएको हो । त्यसको न छानो छ न ढोका नै । छिमेकी, आफन्तको सहयोगमा बनेको घर भए पनि छानो छाउने ढोका हाल्ने केहि काम भएको छैन । न त टाटीको घरमा नै ढोका छ । उक्त भवन सम्पन्न हुने र झ्याल ढोका हाल्न न पैसा छ न कुनै कमाई गरिदिने परिवारका सदस्य नै ।

गत वर्ष श्रीमानले इच्छा विपरित बलात्कार गरेको र यौनीमा फलामको ढुंग्री पसाएर यौन यातना दिएको आरोपमा श्रीमतिले जिल्ला प्रहरी कार्यालयमा बैवाहिक बलात्कारको मुद्दा दर्ता गरिन । श्रीमतिले उपचार पनि पाईन । श्रीमान जेल (कारागार) गए । त्यो घटनापछि परिवार भने लथालिंग भयो ।

मजदुरी गरेर बसेको त्यो परिवारमा अविभावकत्व लिने कोहि भएन । ४ छोराछोरीका बाबुआमा थिए श्रीमान श्रीमति । बाबुले मदिराको सुरमा आमालाई यातना दिए, जसको परिणाम छोराछोरीले दुःख पाईरहेका छन ।

उनीहरुको जेठो छोरा करिब १६, १७ वर्षका छन । उनी चियावारीमा होटलमा काम गर्छन । १३ वर्षकी छोरी सुजना त्यहि सानो झुपडि टाटीको घरमा बस्छिन । उनकी आमा पनि उमेरले ४१ वर्ष भईन । मदिरा सेवन गरेर दिन विताउँछिन, साना नानीहरुको वास्ता गर्दिनन उनी । बालबालिकाको पढाई होस वा खानेकुराको जोहो गर्ने तर्फ उनले ध्यान दिदिनन । घटनापछि उनले बालबालिकाको कुनै वास्ता नगरेको स्थानीय वसन्त घिसिङले बताए । पहिले पनि परिवारको वेवास्ताका कारण बालबालिकाहरु अरुकै घरमा बस्थे, गरिवी, अभाव थियो । दुई छोराहरु ११ र ७ वर्षका छन । उनीहरु नजिकैको विष्णु बाजे भनिने छिमेकीको घरमा बस्छन । त्यहिँबाट स्कुल जान्छन । उनैको घरमा खान्छन, बस्छन । छोरी त्यहि टाटीको खुला घरमा बस्छिन । मदिरा खाएर आमा आएपछि उनीहरुलाई कुटपिट गाली गलौज गर्छिन आमाले । सुजना भन्छिन, ‘ममीले रक्सि खानुहुन्छ, गाली गर्नु हुन्छ, कहिले काहिं पिट्नु पनि हुन्छ ।’

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

कहिलेकाहिँ साँझमा समयमा घरमा पनि नै आउदिनन् उनीहरुकी आमा । अरुको घरमा पराल बोक्ने, मजदुरी गर्ने काम गर्छिन तर कमाएको पैसा रक्सिमै सकिन्छ । बालबालिका कहिलेकाहिँ भोकै पर्छन । कहिले छिमेकीले खान दिन्छन । घरको सबै काम सुजनाले गर्छिन । स्कुल जान्छिन । तर साँझमा घरमा सुत्ने बेलामा भने डर लाग्छ उनलाई । ढोका खुलै हुदा डर लाग्ने बताउँदै उनले भनिन, ‘डर लाग्छ म त कुनामा सुत्छु ।’
बुवा के कारणले जेल परे थाहा छैन ती बालबालिकालाई । अझ साना २ छोरालाई त बुवा कहाँ छन ? भन्ने समेत थाहा छैन । सुजनालाई भने वुवा जेलमा छन भन्नेसम्म थाहा छ । किन बुवा जेलमा परेका हुन ? त्यसको बारेमा भने उनी पनि वेखबर नै छिन । सुजना पनि पहिले विष्णु बाजेको मै भाँडा माझ्थिन । काम गर्न नसकेपछि उनी अहिले घरमै बस्छिन । पढाई खर्च विद्यालयले नै व्यवस्था गर्छ । कहिलेकाहिं सहयोगी हात पनि आउँछन ।

स्थानीय चण्डेश्वरी माविमा सुजना कक्षा ६ मा पढ्छिन । भाई सुमन कक्षा ३ मा पढ्छ भने सानो भाई शुशिल कक्षा २ मा पढ्छन । विद्यालयले स्कुल ड्रेस, कपि, कलम र पुस्तकको व्यवस्था गरिदिएको छ । छात्रवृतिका लागि सिफारिस गर्ने काम गरेको छ । पहिले खाजाको व्यवस्था गर्दा ती बालबालिकालाई राहत भएको थियो । विहान खाना खान नपाउदा पनि खाजाले केहि राहत दिएको थियो । अहिले त्यो पनि छैन । लकडाउनका बेला ७, ८ महिना विद्यालय बन्द भयो । अहिले खाजाको व्यवस्था पनि छैन ।

मुख्य त उनीहरुलाई बस्न, खान र संरक्षणको अभाव छ । सुरक्षित आवास छैन । उपचार गर्ने पैसा छैन । विद्यालयका सहायक प्रधानाध्यापक दिपशरण बुढाथोकी भन्छन, ‘भोको पेटमा के पढ्नु ?’ उनका अनुसार सानो छोरा र छोरीको पढाई राम्रै छ । काठमान्डौमा गएको माइलो छोरा भने भर्खर त्यो स्कुलमा आएको छ । बोली चाली बानी व्यवहार सभ्य छैन । स्कुलले मात्र सिकाएर नहुने र अविभावक नपाएकाले विद्यालयलाई पनि सम्झाउनै समस्या हुन्छ कहिलेकाहिं । आपिरोनले कोभिडका बेला ३, ४ बोरामा चामल दियो, दशैंमा लुगा दियो । स्कुलका सामग्री लगाएतका अत्यावश्यक सामग्री सहयोग गरिरहेको छ । त्यसले पनि पर्याप्त छैन ।

स्थानीय वसन्त घिसिङ भन्छन, ‘उनीहरुलाई खान, बस्न, पढाई सबैको व्यवस्था गर्न आवश्यक छ ।’ उनले स्थानीयको सहयोगले मात्र उनीहरुका समस्या समाधान नहुने बताए ।

ढोका नभएको घर छ हरेक दिन महिला तथा बालिका यौन दुव्र्यहार बलात्कारमा परिरहेका छन । उनीहरुलाई सुरक्षित गर्न आवश्यक छ ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

तीन महिनाको छोरीलाई श्रीमानले पाखुराको मासु चुसाएर सुत्केरी गराउन गाउँ पठाउनुभयो

Next Post

यौन दुव्र्यवहार विरुद्ध ‘सेफ्टी पिन क्याम्पियन’ सुरु

सम्बन्धित खबरहरु

बाढी पीडितलाई सिन्धुलीका सामुदायिक वनको आर्थिक सहयोग
Featured

बाढी पीडितलाई सिन्धुलीका सामुदायिक वनको आर्थिक सहयोग

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन
Featured

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा
Featured

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?
Featured

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित
Featured

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग
Featured

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित
Featured

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने
Featured

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान
Featured

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied