सिन्धुली । जिल्लामा क्रियाशिल मानवअधिकारकर्मीहरुले आइसोलेसन भवन निर्माणमा सहयोग गरेका छन । व्यक्तिगत रुपमा रकम संकलन गरि मानवअधिकारकर्मीहरुको नेटवर्क जिल्ला स्तरीय मानवअधिकार सञ्जालले भवन निर्माणमा मंगलबार सहयोग गरेको हो ।


यस्तै मंगलबार नै सुनकोशी गाउँपालिका वडा नं. ५ का अध्यक्ष सन्तोष कुमार दाहालले ३० हजार नगद सहयोग गरेका छन । त्यस्तै कमलामाई नगरपालिका वडा नं. ९ भिमानका शालिग्राम प्रसाद पौडेलले पाँच हजार पाँच सय सहयोग हस्तान्तरण गरेका छन ।
यो सँगै आइसोलेसन भवन निर्माणमा ९० लाख २ हजार ९ सय २९ रुपैंया नगद संकलन भएको छ । यस्तै निर्माण सामग्रीहरु संकलन भएको र त्यसलाई नगदमा कन्भर्ट गर्न बाँकी रहेको आइसोलेसन निर्माण समितिका अध्यक्ष श्रेष्ठले बताए ।
उनका अनुसार ९७ लाख बाग्मति प्रदेश सामाजिक विकास मन्त्रालयको सहयोगमा निर्माण सुरु भएको भवनको निर्माणको काम ९० प्रतिशत सकिएको छ । दशैं अगाडि नै विरामीलाई सेवा दिने गरि भवन निर्माणको काम तिब्र रुपमा अगाडि बढेको छ ।





















