• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Wednesday, September 16, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

सिन्धुली तरकारीमा आत्मनिर्भर उन्मुख छ, बजारसम्म ल्याउन पहल गरौं

इसाझा नेपाल संबाददाता by इसाझा नेपाल संबाददाता
बैशाख २७, २०७७
in Featured, Opinion, Society
0

Share via:

715 Shares
  • Facebook 715
  • Twitter
  • LinkedIn
  • More
पुरुषोत्तम दाहाल

कोरोना संक्रमण जोखिम बढिरहेकै बेला विगत केहि दिन अघि देखि अनलाइन मिडिया र सामाजिक संजालमा तरकारी आयातलाई खुला गर्ने निर्णयले पक्ष र विपक्षमा मत मतान्तर छरपस्ट भएको देखियो । कृषिजन्य उत्पादन भएकाले लकडाउन अवधिमा केही दिन आयात बन्द गरिए पनि गत बैशाख १५ गते जिल्ला प्रशासनमा तर्क वितर्कका बाबजुद सम्पन्न सर्वदलिय सर्वपक्षीय बैठकले स्थानीय उत्पादनले बजारको माग नधानेको भन्दै तराईको तरकारी आयातलाई खुला ग¥यो ।
निर्णयको गर्वमा केहि गम्भिर प्रश्नहरु उनुत्तरित हुँदा हुदै त्यो निर्णय भएकाले स्वयम् निर्णयमा सहभागी केहि दिग्गजहरुले दुई दिन बित्न नपाउँदै प्रशासनलाई नै धारे हात लगाएर फेसबुकमा स्टाटस छ्याप छ्याप्त्ति पारेको देख्न पाइयो । संक्रमणले खासै गति नलिएको र परिस्थिति जटिल नहोला भन्ने अनुमानले निर्णय सकारात्मक दृष्टिकोणबाट नै भएको बुझ्न सकिन्छ ।
परिस्थिति अव त्यस्तो रहेन । तर्क जसरी गरे पनि सत्य यहि हो कोरोना संक्रमणका हिसावले सिन्धुली यति खेर उच्च जोखिममा छ । वीपी राजमार्ग र १० वटा जिल्लाले घेरिएको सिन्धुली जिल्ला अधिकांश संक्रमित जिल्लाको पहुँचमा प्रत्यक्ष छ । र उक्त स्थानमा संक्रमितको संख्या अनपेक्षित बृद्धि हुदै गइरहेको छ । यसरी हेर्दा अव सिन्धुलीमा भारतीय बजारको तरकारीको कुरै छोडौं छिमेकी तराईका जिल्लाबाट ल्याइएका तरकारी, तरकारी ढुवानी गर्ने सवारी र त्यसका चालक, सहचालक, लोड अनलोड गर्ने व्यक्तिहरु विभिन्न स्थानमा चेकजाँच हुदै तरकारीको गाडी बल्ल माढीबजार आइपुग्ने गर्दछ । केहि अनुत्तरित थान प्रश्नहरु यहि निर उब्जन्छ ।

लकडाउन अवधिमा कस–कसको भान्सामा तराईको तरकारी विना कराई खाली भयो ? बैठकमा व्यापारी मित्रहरुले दावी गरे झै माढी बजारले त्यत्रो तरकारी माग ग¥यो जुन स्थानीय उत्पादनले धान्न सकेन ? किसानका बारीमा रहेको तरकारी ल्याउन कसैले कुनै विधि निर्माण ग¥यो ? या सवारी पासको व्यवस्था किसानलाई हामी मिलाइदिन्छौ भनेर कसैले बोल्यो या किसानलाई माढीबजारसम्म आफ्नो उत्पादन गाडीमा हालेर लगेपछि बिक्री हुन्छ भनेर ग्यारेन्टी ग¥यो ?
स्थानीय सरकारले यस सम्वन्धमा कुनै ठोस योजना बनायो ? स्थानीय उत्पादनलाई बजारसम्म ल्याउन कृषि उपज बजार समितिले कुनै योजना बनाएको थियो ? हो यस्ता दर्जनौ प्रश्न छन् जसलाई अहिले थाती राखौं ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

संक्रमणको जोखिम उच्च रहेका बेला तरकारीबाट भाइरस नसर्ने भन्ने बलियो आधार केहि छैन । भारतीय बोर्डरका जिल्लाबाट नभएर छिमेकी जिल्लाबाट तरकारी आयात गरिएको भन्ने अर्थ यो पंक्तिकारले बुझ्न सकेन । जलेश्वर, मलंगवा, ढल्केबर, लाहान भनेको के हो ? हामी सवैले मनन गरौं । स्थानीय उत्पादनले सदरमुकामलाई नपुग्ने र मंहगो भन्ने जुन तर्क छ त्यो आफैमा हाँस्यास्पद छ र घाम जस्तै छर्लङ्ग छ । स्थानीय उत्पादनको काँक्रो ४० रुपैंयादेखि ५० रुपैंया प्रतिकेजी पाइएको छ । तपाई जव तरकारी बजारको गेटोटेम भित्र छिरेपछि थाहा पाउनु हुन्छ र आफै अनुमान लगाउहुन्छ कि त्यसको स्वाद कसले पाएको छ । यसको स्वाद स्वयं किसान, तपाई, हामी उपभोक्ता हैन, त्यहाँका विचैलिया त्यसपछि व्यापारीले लिईरहेका छन । त्यो स्थानीय उत्पादनमा भन्दा दुई तीन गुणा धेरै नाफा लिन सकिने भएकाले व्यवसायीले तराईको तरकारीमा जोड दिईरहेका छन ।
कृषि उपज भित्रै सटरवाला व्यापारी पंक्तिकारसँग भन्छन त्यसको दृष्टान्त । उनका अनुसार ‘यहिबाट तराईको तरकारी काठमाडौ पुग्छ तर काठमाडौका चोक र गल्लिका तरकारी पसल भन्दा माढीबजारको कृषि उपज तरकारी बजार भित्र महंगो हुन्छ ।’ अतः सिन्धुलीमा तरकारीको कालाबजारी कति छ र कुन हदसम्म हुन्छ भन्ने कुरा छर्लङ छ । कमलामाई नगर र स्थानीय प्रशासनले अव गम्भिर हुनै पर्छ ।
लकडाउन एउटा विशेष परिस्थिति हो । जुन समय संयमित भई सावधानी भइ घरै बस्नु र बाहिर निस्कदा सावधानी अपनाउनु भन्दा अरु कुनै विकल्प छैन । यो समय जो कोहिले मौकामा चौका हान्ने जस्तो व्यवहार नदेखाउनु नै बेस हुन्छ । सिन्धुलीको तीनपाटन, मरिण, दुधौली, चपौली, नाँगीमझुवा, रतनचुरा, खुर्कोट, कमलामाई नगर क्षेत्रका विभिन्न स्थानमा यति खेर किसानहरुले व्यवसायीक रुपमा नै तरकारी उत्पादन उदाहरणीय रुपमा गरिरहेको भेटियो, देखियो । लकडाउनका कारण बारीमै टमाटर कुहियो, बन्दागोपी भैसीलाई महिना दिनसम्म कुँडो खुवाइयो । ‘गाउँमा बिकेन सदरमुकाम लैजाऔं बाटोमा नै रोक्ने, पासको झन्झट ।’ गाडीबालाको असामान्य भाडाका कारण बारीमै अझै छाडि दिएको तीनपाटन भिमस्थानका किसान तालबहादुर श्रेष्ठले गुनासो गरे । फेरी लगेर बिक्री हुने ग्यारेन्टी कसले गर्ने ? उनले भने । कमलामाई नगरपालिका ७ डाँडाटोलका किसान गोपाल वराल आफ्नो उत्पादनलाई प्रवद्र्धन र बजारीकरण गर्न नसकेको, कहिँ कतैबाट सहयोग नपाएको गुनासो गर्छन । वरालको व्यवसायीक खेति भएको स्थलमा यो पंक्तिकार पुग्दा लटरम्म घिरौला, फर्सी, फर्सीका मुन्टा, खुर्सानी, रायोको साग, काँक्रो, करेला प्रसस्तै फलेको पाइयो । उनले व्यवसायिक रुपमा नै आफ्नो जग्गा र अपुग जग्गा भाडामा लिएर तरकारी खेतीमा होमिएका रहेछन् ।
तालबहादुर र गोपालहरु प्रतिनिधि किसान पात्र हुन् । सिन्धुलीका माथि उल्लेखित स्थानका किसानका उत्पादन दैनिक तालिका नै बनाएर कृषि उपज बजारसम्म ल्याउने प्रभावकारी योजना स्थानीय सरकारको रुपमा रहेको कमलामाई नगर र तरकारी बजार समिति लागि पर्ने हो भने माढीबजारको तरकारीको माग पूर्ति गर्न सकिने र तरकारी खेतिमा लागेका किसानहरु उत्साहि हुने निश्चित छ । कमलामाई नगरपालिका र तरकारी बजार समिति दुवै निकायले आपसमा समन्वय गरि स्थानीय उत्पादनलाई प्रोत्साहन गर्ने कार्यक्रम ल्याउने र खरिदको ग्यारेन्टी लिने हो भने व्यवसायीक तरकारी खेतीले सिन्धुलीलाई आत्मनिर्भर बनाउने निश्चित छ ।
सदरमुकाम भ्याली बाहिरको तरकारीको आयातको तालिका सार्वजनिक गरेर दुध संकलन केन्द्र झैं मरिण, तिनपाटन, मझुवा, रतनचुरा, चपौली आदी तरकारी पकेट क्षेत्रमा तरकारी संकलन केन्द्र स्थापना गरि सदरमुकामसम्म ढुवानी गरि ल्याउन सकिन्छ । स्थानीय सरकारले यस्ता किसानलाई अनुदान, उन्नत विउ बिजन, कृषि औजार, व्यवसायिक तालिम मार्फत प्रोत्साहित गरांै र गाउँ फर्किएका दाजु भाइ दिदी बहिनीलाई व्यवसायिक तरकारी खेतीतर्फ आकर्षित गरौं । सिन्धुली तरकारीमा आत्मनिर्भर हुने कुरामा दुई मत छैन ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

दुरी कायम गराउन अस्पतालमा गोलो घेरा

Next Post

सुनसरीबाट आएका पाकिस्तानी नागरिक फिर्ता

सम्बन्धित खबरहरु

बाढी पीडितलाई सिन्धुलीका सामुदायिक वनको आर्थिक सहयोग
Featured

बाढी पीडितलाई सिन्धुलीका सामुदायिक वनको आर्थिक सहयोग

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन
Featured

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा
Featured

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?
Featured

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित
Featured

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग
Featured

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित
Featured

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने
Featured

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान
Featured

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान

भर्खरै प्राप्त समाचारहरु

बाढी पीडितलाई सिन्धुलीका सामुदायिक वनको आर्थिक सहयोग

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान

बाढी पीडितलाई सिन्धुलीका सामुदायिक वनको आर्थिक सहयोग
Featured

बाढी पीडितलाई सिन्धुलीका सामुदायिक वनको आर्थिक सहयोग

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन
Featured

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा
Featured

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?
Featured

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित
Featured

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied