सिन्धुली । सुनसरीबाट सिन्धुली हुदै काठमान्डौ छिर्न थालेका पाकिस्तानी नागरिकलाई सुनकोशी गाउँपालिकाको रातामाटाबाट फिर्ता गरिएको छ । सुनसरीबाट विपी राजमार्ग हुदै काठमान्डौ हिडेका ११ जना पाकिस्तानी नागरिकलाई माथिको आदेश भन्दै प्रहरीले रोकेर फिर्ता पठाएको हो ।
उनीहरुका सुनसरीबाट हायसमा काठमान्डौ जाँदै गरेको र नपठाउनु भन्ने आदेश आएपछि सिन्धुलीको सुनकोशीबाट फिर्ता गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एसपी रञ्जु सिग्देलले बताईन । उनका अनुसार उनीहरुको को संग सम्पर्क छ ? काठमान्डौ के का लागि जाँदै थिए कुनै स्पष्ट जानकारी भने प्रहरीलाई थिएन ।
उनीहरु सुनसरी नै पुग्छन वा कतै अल्मलिन्छन सो बारेमा भने सिन्धुलीको प्रहरीलाई कुनै जानकारी नहुने एसपी सिग्देलले बताईन । उनीहरु सिन्धुलीको क्षेत्रमा पर्ने सबै चेकपोष्ट र बाटो कटिसकेपछि रोकिएका नागरिकमा भने त्रास फैलिएको छ । सामाजिक सञ्जालमा उनीहरुको बारेमा टिका टिप्पणी भइरहेको छ भने सचेत हुन समेत आम नागरिकले सामाजिक सञ्जाल मार्फत आग्रह गरिहेका छन ।





















