सिन्धुली । जिल्लाका नागरिकहरु स्वास्थ्य उपचारका लागि आउँदा दुरी कायम गर्न नमान्ने र कोभिड १९ को जोखिम बढ्न थालेपछि सिन्धुली अस्पतालमा गोलो घेरा बनाईएको छ । कम्तिमा ३ फिटको दुरीमा एक जना मात्र बस्नका लागि गोलो घेरा लगाई नम्बर दिईएको हो ।
नागरिकहरुमा सामान्य कोरोना संक्रमणको लागि दुरी कायम गर्ने र सुरक्षित बस्ने सम्मको चेतना नभएपछि गोलो घेरा लगाउनु परेको सिन्धुली अस्पतालका कोभिड १९ फोकल पर्सन प्रसन्न राजभण्डारीले बताए ।
औषधि उपचारका लागि आउने विरामी तथा विरामीका आफन्तका लागि लाईनमा बस्दा औषधि किन्दा दुरी कायम गराउन उक्त काम गरिएको उनले बताए । एकजना विरामीको एक जना मात्र कुरुवा हुनुपर्नेमा धेरै जना भिडभाडमा आउने र दुरी कायम नगर्ने गर्दा स्वास्थ्यकर्मी समेत जोखिममा परेपछि अस्पतालले गोलो घेरा बनाएको उनले बताए ।




















