सिन्धुली । कमलामाई नगरपालिकाले विदेशबाट आउने नागरिकको तथ्यांक अपडेट गरेको छ । शुक्रबारसम्म नगरपालिकामा ९५ जना नागरिक विदेशबाट आएको कमलामाई नगरपालिकाले जनाएको छ ।
नगरपालिकाले निकालेको तथ्यांकमा भारतबाट ८० जना, र अन्य मुलुकबाट १५ जना आएको नगरपालिकाले जनाएको छ ।
नगरपालिकाको वडा वडाबाट आएको तथ्यांकमा सबैभन्दा बढी वडा नं. १४ मा विदेशबाट आएको कमलामाइए नगरपालिका प्रमुख खड्ग खत्रीले बताए ।
यसअघि कमलामाई नगरपालिकामा ४० जना नागरिक विदेशबाट आएको तथ्यांक थियो ।




















