सिन्धुली । विपी राजमार्ग हुदै पूर्वी नेपाल जाने गरि पैदल यात्रा गर्नेहरुको यतिबेला दैनिक लर्को लागेको छ । सिन्धुलीको बाटो हुदै आउने उनीहरुको सिन्धुलीका स्थानीय तहले उनीहरुलाई खाना, पानी खुवाउनुका साथै सवारी साधानको व्यवस्था गरि उद्धार गरिरहेका छन । राजमार्ग हुदै पूर्वी तराई जानेहरुका लागि महोत्तरीको वर्दिवाससम्म र मध्यपहाडी राजमार्ग हुदै पूर्वी पहाडी जिल्ला जानेहरुलाई घुर्मिसम्म पु¥याउन यहाँका जनप्रतिनिधिहरु लागि परेका छन ।

खान नपाएकालाई पानी र खाजा, खानाको व्यवस्था गर्ने, सामान्य स्वास्थ्य जाँच गर्ने र गन्तव्यमा पु¥याउन यातायातको व्यवस्था गर्ने काम उनीहरुले गरिरहेका छन । दाहालका अनुसार दैनिक अढाई तिन सयसम्मको उद्धार गाउँपालिकाले गरिरहेको छ । गाउँपालिकाले गोलञ्जोरको खुर्कोटसम्म यातायात व्यवस्था गरेको छ । यस्तै गोलञ्जोर गाउँपालिकाले पूर्वी पहाड जानेलाई फिक्कलसम्म र पूर्वी तराई जानेलाई कमलामाई नगरपालिकासँगको समन्वयमा वर्दिबाससम्म पठाईरहेका छन ।
तराईका नागरिकलाई गन्तव्यमा पु¥याउन कमलामाई नगरपालिकाले जिल्लाका नीजि विद्यालयका सवारी साधनको प्रयोग गरिरहेका छन । फिक्कलले स्थानीय सवारी साधनहरुलाई भाडामा लिएर वा गाउँपालिकाकै गाडी प्रयोग गरेर गन्तव्यमा पुराएका छन ।
पैदल यात्रा गरि आएकाहरु धेरैले वेखर्चि भएर हिडेर आएको जनाएका छन । सरकारले लकडाउनमा जहाँ छौं त्यहि बस्न आग्रह गरे पनि उनीहरुको गासको व्यवस्था गर्न नसक्दा मजदुरहरु काठमान्डौबाट दैनिक बाहिरिरहेको फिक्कल गाउँपालिकाका उपाध्यक्ष पार्वती सुनुवारले बताईन । उनले भनेकी छिन, ‘लकडाउन पालना नगर्नु पनि समस्या भयो । ’
स्थानीय सरकारसँग विभिन्न क्लबहरु, स्थानीय व्यवसायीहरु, नागरिकहरुले समेत सहयोगी भूमिका खेलेको स्थानीय तहले बताउँदै आएका छन ।




















