सिन्धुली । जिल्लाका विभिन्न ठाउँमा गरि शुक्रबार ३५ जनाको ¥यापिड डाइग्नोष्टिक टेष्टमार्फत कोरोना परिक्षण गरिएको छ ।
दु्रत परिक्षण मार्फत जाँच गरिएका सबैको रिपार्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालय सिन्धुलीले जनाएको छ । शुक्रबार घ्याङलेख १३ जना, फिक्कलमा २१ जना र सिन्धुली अस्पतालमा १ जना गरि ३५ जनाको कोरोना परिक्षण गरिएको हो ।
हालसम्म सिन्धुलीमा २०८ जनाको कोरोना परिक्षण गरिएको हो । हालसम्म जाँच गरिएका सबैको एन्टीवडी रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालय सिन्धुलीका प्रमुख जितेन्द्र कुमार शाहले बताए ।
अब कमलामाई नगरपालिका, सुनकोशी गाउँपालिका, गोलञ्जोर गाउँपालिकामा जाँच गर्नुका साथै स्वास्थ्य जाँचका लागि बाँकी रहेका दुधौली नगरपालिका र हरिहरपुरगढीमा विदेशबाट आएका तथा जिल्ला बाहिरबाट आएका व्यक्तिहरुको समेत एन्टीवडी जाँच गरिने छ ।




















