सिन्धुली । दुधौली नगरपालिका–२ बसहनियमा पितृप्रसाद खादा २७ जना बिरामी भएका छन् । स्थानीय राजेन्द्र दाहालको घरमा मंगलबार पितृप्रसाद खानेहरु बिरामी परेका हुन ।
बिरामी परेकाहरु मध्ये ६ जनालाई उपचारको लागि जनसेवा अस्पताल बर्दिबास पठाईएको छ । बाँकीको स्थानीय स्वास्थ्य चौकीमा उपचार भई रहेको वडा अध्यक्ष गोबिन्द पहाडीले जानकारी दिए ।
बर्दिबास पठाईएका बिरामीहरुमा ३५ बर्षिय बिशाल बराल, ३० बर्षिया संगिता बराल, ६५ बर्षिय तेजप्रसाद ढुंगेल, ६० बर्षिया नर्बदा बराल, २० बर्षिया सुमित्रा कार्की र ५ बर्षिय आनन्द बराल रहेको वडा अध्यक्ष पहाडीले जानकारी दिए । स्थानीय स्वास्थ्य चौकीमा उपचार हुन नसकेपछि हिजो बेलुका नै उनीहरुलाई बर्दिबास रिफर गरिएको हो । फुड प्वाईजनका कारण उनीहरु बिरामी परेको बताईएको छ ।





















