सिन्धुली । कमलामाई नगरस्तरीय मैत्रीपूर्ण शिक्षक भलिवल प्रतियोगिता बुधबारदेखि सिन्धुलीमाढीमा सुरु भएको छ । दशैंको अवसरमा आयोजित उक्त भलिवल प्रतियोगितामा १२ विद्यालयका १२ टिमले सहभागिता जनाएका छन ।

प्रतियोगिताको उद्घाटन कमलामाई नगरपालिकाका उपप्रमुख मञ्जु देवकोटाले गरेकी छिन । तीनदिनसम्म चल्ने उक्त प्रतियोगिताको उद्घाटन गर्दै उपप्रमुख देवकोटाले खेल र प्रतियोगिताले आपसी सद्भाव, स्वास्थ्य र मनोञ्जन समेत दिने हुदा खेलको विकास आवश्यक रहेको बताईन ।




















