• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Friday, September 18, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

ऋषिपञ्चमी, रजस्वला र अधिकार

बिमला पाण्डे by बिमला पाण्डे
भदौ २२, २०७६
in Featured, Opinion
0

Share via:

117 Shares
  • Facebook 117
  • Twitter
  • LinkedIn
  • More

ऋषिपञ्चमी
भाद्र शुक्ल पञ्चमीका दिन सप्तऋषिको पूजा गरेर मनाईने पञ्चमी विशेषतः महिलाहरुले मनाउने गर्छन । महिनावारीका बेला गरिएको पाप हटाउनका लागि हिन्दु धर्मावलम्बी महिलाहरुले पूजा गर्ने चलन र विश्वास छ । बिहानै उठेर नुहाउने र ब्राह्मणलाई निमन्त्रणा गरि पूजा आजा गर्ने चलन छ । पुनः मध्याह्नको समयमा नारीहरू नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई १०८ वा ७ वटा दत्तिवनले दाँत माझ्ने, गाईको गोबर, माटो, पीना र खरानी आदि लगाई स्नान गर्ने गर्छन् । नेपालमा बिहानै नुहाउने र ३ सय ६५ वटा दत्तिवन टोक्ने चलन छ । रजस्वलाका समयमा छाइछुई लगायत अन्य कुनै अदृष्य त्रुटि भएको अवस्थामा अरुन्धती सहित सप्तषिको पूजा गर्नाले त्यस पापबाट मुक्ति पाइने शास्त्रीय वचन छ ।
के हो महिनावारी ?
महिला किशोरावस्थामा प्रवेशपछि हरेक महिना योनीबाट ५, ६ दिनसम्म रगत बग्नु नै महिनावारी हो । यो महिलाहरुमा मात्र सम्भव छ । महिनावारीले महिलालाई परिपक्व भएको र आमा बन्न सक्षम हुँदै गरेको संकेत गर्दछ । तर महिनावारी हुुनुलाई नेपाल लगायत दक्षिणपूर्वी एसियामा पापको रुपमा हेरिने गर्छ । महिनावारी कुनै पाप होइन, महिलाको प्राकृतिक देन हो । गर्भाधान नभएका डिम्बहरु महिलाको योनीवाट निष्काषित हुने सरल र सामान्य प्रक्रियानै रजस्वाला हो ।
महिनावारी, प्रजनन अधिकार र धर्म
महिनावारी अर्थात महिलाको मासिक धर्म, पन्छिने, राजश्वला, छाउपडी र राजधर्मका रूपमा हिन्दु संस्कृतिमा प्रचलित परम्परा आज निकै आलोचनाको विषय बनेको छ । जसलाई पूर्व जन्मको कुकर्मको पाप भनेर धार्मिक शास्त्रले भनेको छ भन्दै ब्याख्या गरि सदियौँदेखि हिन्दु नारीलाई चरम यातना दिईदै छ ।
मानवीय व्यवहारको सहजताको उपजका रुपमा धार्मिक संस्कारहरु बनाइएको हुन्छ । जुन समय अनुसार परिमार्जनको जरुरी हुन्छ । तर बुझेका मानिसहरु पनि यो संस्कारलाई जस्ताको तस्तै अनुशरण गर्दा समाज परिवर्तन हैन पीडा दिने माध्यमका रुपमा विकास भएको छ ।
पञ्चमी पूजा र कथालाई आधार मानेर अहिले पनि महिलाहरुलाई छाउ वार्न लगाईन्छ । महिनावारीलाई सरसफाई र प्रजनन अधिकारसँग जोडेर हेरिदैन । हाम्रो पुस्ताले महिनावारी हुनु भनेको प्रजनन क्षमताको विकास भएको वा सन्तान जन्माउन योग्य भएको प्रमाण हो भनेर बुझाउनु पर्ने टड्कारो आवश्यकता देखिएको छ । महिनावारी बार्ने प्रथाका कारण अहिले पनि नेपाली महिलाहरुका लागि चरम शोषण र पिडा दिने माध्यम बनिरहेको छ ।
रजश्वला फल दिनु पूर्वको सुनौलो फुलका रुपमा बुझाउन आवश्यक छ तर पापको रुपमा धार्मिक रुपमा बैधानिकता दिईएको छ । रजस्वला पाप हो र मोक्षका लागि भन्दै व्रत पूजा आजा गराउनु, महिनावारीका बेला छि छि दुरदुर गर्नुले महिलाको मानवअधिकारको समेत हनन गरेको छ ।
यसलाई सकारात्मक र मानव विकास तथा विस्तारका लागि नभई नहुने पक्ष हो भनेर बुझाउन धर्मले सकेको छैन । यदि महिला र पुरुषबीचको अन्तर यति थिएन भने सृष्टि सम्भव थिएन भनेर बुझाउने कस्ले । र यस्तो बेलामा आराम, सरसफाई र स्वस्थ खानेकुराको अति आवश्यकता छ भनेर बुझाउन अवको पुस्ताले सक्नुपर्छ ।

महिनावारीका बेलामा छुवाछुत गर्नु, खानपान, सरसफाईमा प्रतिवन्ध लगाउनु मानवअधिकार हननका रुपमा विश्वभर लिइन्छ भनेर बुझाउन आवश्यक छ तर छाउगोठमा राख्ने प्रथा कायम राख्नु हुदैन । यो सँगै महिनावारी चक्रको सुरुवात भए पनि महिलाहरु सम्पूर्ण रुपले आमा बन्न योग्य हुन कम्तिमा २० वर्ष पुग्न जरुरी छ भनेर पनि बुझाउन आवश्यक छ । महिलाका महिनावारीका समस्यालाई मध्येनजर गर्दै विद्यालय, सरकारी कार्यालय, सार्वजनिक स्थलहरु, घर लगाएत सबै क्षेत्रलाई महिलामैत्री बनाउन आवश्यक छ । सार्वजनिक स्थलका शौचालय पानी, सेनेटरी प्याड लगाएतका व्यवस्थापन सहितका हुन आवश्यक छ ।

स्मृति र धर्मसिन्धुमा महिलाहरूले राजोधर्म भएका दिनहरूमा दैनिक क्रियाकलापहरू जस्तै पूजापाठ, घरब्यबहार, शारीरिक श्रम, आध्यात्मिक संलग्ता र शारिरीक सुखभोगबाट जोगिन सल्लाह दिइएको छ । महिनावारीको बेलामा महिलाहरु कमजोर हुन्छन । पुरुष प्रधान समाजले महिलालाई सहज तरिकाले लिएको छैन भन्ने हिसावले उपयुक्त थियो भनेर विश्लेषण गर्न सकिन्छ तर रजस्वला पूर्वजन्मको कुकर्मको पाप हो भनेर व्याख्या गर्नु उपयुक्त हुदैन ।
महिनावारी हुँदा ९० प्रतिशत महिला पीडामा हुने गरेको एक अध्ययनले देखाएको छ । हुन त रजश्वला हुनु महिलाहरूको प्राकृतिक नियम हो । यो बेलामा महिलाको स्वास्थ्यमा संक्रमणको जोखिम बढी हुन्छ । महिलाहरु बढी मानसिक तनावमा हुन्छन । अतः आधुनिक विज्ञानले रजस्वला भएका वखतमा महिलाहरूले पूर्ण रूपमा दैनिक श्रमबाट विश्राम लिन सल्लाह दिन्छ ।
पूजाआजा र दैनिक शारीरिक श्रम तथा स्पर्शबाट जोगिदा पुरुषलाई भन्दा महिलाहरूलाई नै बढी फाइदा छ भनेर बनाइएको संस्कार आजभोली आएर बेथितीले भरियो । कामकाजी महिलाहरू, पढ्ने विद्यार्थीहरू महिनावारी भएकै कारण परीक्षा दिनबाट समेत वा अन्य अत्यावश्यक कामबाट वन्चित गराइनु घरपरिवारले हेलाहोचो, छिछिदुरदुर गर्नु अनुचित हो । आजभोलिका प्रबुद्ध महिलाहरूले सांस्कृतिक परिपेक्षको रक्षा गर्दै रीतिरिवाज कायम राख्ने पहल गर्नुपर्छ । अर्काको नक्कल गर्दैमा कुनै समाज विकसित हुन्छ भन्ने सोच पनि गलत हो । ऋषि पञ्चमी, अर्थात नारीहरुले ऋषीहरुको पूजा अर्चना गर्ने विशेष दिन, यो दिन तीजपछि लगतै आउछ । तीज पछि एकदिन विट मारेर फेरि महिलाहरुले उत्साह उत्सवका रुपमा रमाईलो गर्ने दिनका रुपमा पञ्चमीलाई लिनुपर्छ । पञ्चमी पूजा अव महिनावारी उत्सवका रुपमा मनाईनुपर्छ ।
मानव श्रृष्टि नारीहरु विना संभव छैन र हामीले रजस्वालालाई जत्तिकै लुकाएर अनि छुवाछुत उन्मुख रुपमा हेरे पनि श्रृष्टिको प्रथम र पुण्य गुण नै नारीहरुको रजस्वला हो । रजस्वाला नारीहरुको गर्भाधान गर्न सक्ने क्षमताको प्रमाण अनि नितान्त प्राकृतिक प्रक्रिया हो भनेर बुझाउने दिनका रुपमा पञ्चमीलाई लिनुपर्छ ।
हिन्दु नारीहरुले आफ्नो परिवार र शौभाग्यको रक्षार्थ मनाउने एउटा विशेष दिनलाई रजस्वला सम्बन्धी कुनै दोष या जान अन्जानमा वर्षभरि भएका कुनै रजस्वला भएका वेलामा गरिएका ‘गल्ती’ मोचन हैन सत्कर्मको प्रयायःका रुपमा ब्याख्या गर्न आवश्यक छ ।
म फेरी पनि भन्छु की शास्त्रहरुले पनि रजस्वला र यस प्राकृतीक गुणप्रति समस्त मानव जगतको ध्यान आकर्षित गर्न ऋषी पञ्चमीको परिकल्पना गरेको हो तर यस्लाई कुनै दोष वा पाप भन्दा पनि गुण र श्रृष्टिको कारकका रुपमा बुझ्दै र बुझाउँदै छुवाछुत भन्दा पनि सरसफाईलाई प्राथमिकता दिन र रजस्वला अवधिभर आराम र ख्याल गर्ने वातावरण श्रृजनाको प्रतिबद्धता कायम गरौं । नारीहरु भनेको माया र शक्तिका प्रतिमूर्तीहरु हुन उनीहरु कहिल्लै अछुत हुदैनन भनेर बुझाऔं ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन
Previous Post

‘एकवडा एक उत्पादन’ कार्यक्रम लागु गरिदै

Next Post

पैरवी कार्ययोजना कार्यशाला सम्पन्न

सम्बन्धित खबरहरु

रसुवा बाढीपीडितलाई सिन्धुली रेडक्रसको साढे चार लाख सहयोग
Featured

रसुवा बाढीपीडितलाई सिन्धुली रेडक्रसको साढे चार लाख सहयोग

बाढी पीडितलाई सिन्धुलीका सामुदायिक वनको आर्थिक सहयोग
Featured

बाढी पीडितलाई सिन्धुलीका सामुदायिक वनको आर्थिक सहयोग

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन
Featured

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा
Featured

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?
Featured

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित
Featured

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग
Featured

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित
Featured

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने
Featured

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने

भर्खरै प्राप्त समाचारहरु

रसुवा बाढीपीडितलाई सिन्धुली रेडक्रसको साढे चार लाख सहयोग

भोटेकोशी बाढीको कहर : कुशको शव बनाएर सामुहिक दाहसंस्कार, गाउँ नै शोकमग्न

बाढी पीडितलाई सिन्धुलीका सामुदायिक वनको आर्थिक सहयोग

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित

रसुवा बाढीपीडितलाई सिन्धुली रेडक्रसको साढे चार लाख सहयोग
Featured

रसुवा बाढीपीडितलाई सिन्धुली रेडक्रसको साढे चार लाख सहयोग

भोटेकोशी बाढीको कहर : कुशको शव बनाएर सामुहिक दाहसंस्कार, गाउँ नै शोकमग्न
Life

भोटेकोशी बाढीको कहर : कुशको शव बनाएर सामुहिक दाहसंस्कार, गाउँ नै शोकमग्न

बाढी पीडितलाई सिन्धुलीका सामुदायिक वनको आर्थिक सहयोग
Featured

बाढी पीडितलाई सिन्धुलीका सामुदायिक वनको आर्थिक सहयोग

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन
Featured

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा
Featured

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied