सिन्धुली/एक महिलाको घरमै हत्या गरिएको अवस्थामा शव फेला परेको छ । हरिहरपुरगढी गाउँपालिका वडा नम्बर ७ कुण्डदोभानमा आफ्नै घरमा हत्या भएको अवस्थामा शंकास्पद अवस्थामा शव फेला परेको हो ।
४८ बर्षिया रानीमाया मोक्तानको शंकास्पद अवस्थामा शव फेला परेको हो । घरमा एक्लै बस्ने रानीमायाको हत्या भएको अवस्थामा शव फेला परेको हरिहरपुरगढी गाउँपालिकाका अध्यक्ष कारसाङ लामाले बताए । रानीमाया बुधबार बिहान अबरेसम्म नउठेपछि स्थानीयले खोजी गर्दा मृत अवस्थामा फेला पारेको उनले बताए ।
घटनाको सूचना प्राप्त भएसँगै प्रहरी त्यसतर्फ गएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । इलाका प्रहरी कार्यालय कपिलाकोट र जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट इन्स्पेक्टरको नेतृत्वमा टोली घटना स्थल पुगेको र लाश हेर्दा हत्या भएको जस्तो देखिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख एसपी चक्र बहादुर सिंहले बताए ।
एक हात लामो डोरी घाटीमा बाँधिएको, लुगा च्यातिएको, नाक र मुखबाट रगत आएको र शरिरका अन्य भागमा समेच चोट पटक लागेको पाईएको हुदा हत्या नै भएको प्रहरीको अनुमान रहेको उनले बताए ।
घटनाको अनुसन्धान भईरहेको र विस्तृत विवरण आउन बाँँकी रहेको सिंहले बताए । स्थानीय जनप्रतिनिधी, स्थानीय र घटनास्थल पुगेको प्रहरीको भनाई र शवको प्रकृति हेर्दा र सुन्दा हत्या भएको हुन सक्ने प्रशस्त आधारहरु रहेको उनले बताए ।




















