सिन्धुली । विश्वेश्वरप्रसाद कोइरालाको ३७ औं स्मृति दिवसका सन्दर्भमा नेपाल विद्यार्थी संघ सिन्धुलीले शुक्रबार सिन्धुलीमाढीमा रक्तदान गरेको छ । रक्तदानमा नेपाली कांग्रेस सिन्धुलीका सभापति उज्ज्वल बरालसहित २१ जनाले रक्तदान गरे ।

उनको आत्मवृत्तान्त, सुन्दरीजल बन्दी गृहमा बस्दाको दैनिकीमा आधारित जेल जर्नल प्रकाशित छन् । वि.सं. २०३३ पुस १६ गते राष्ट्रिय एकता र मेलमिलापको नीति लिएर बीपी स्वदेश फर्केका थिए ।
बीपी नेतृत्वको सरकारलाई राजा महेन्द्रले वि.सं. २०१७ पुस १ गते सैनिक शक्तिको भरमा अपदस्त गरेका थिए । त्यो बेला तरुण दलको कार्यक्रमबाट पक्राउ परेका बीपीलाई सिंहदरबारमा लगेर थुनिएका थिए ।




















