• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Sunday, September 20, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Business

कमलामाईको करिब एक अर्व सात करोडको बजेट

बिमला पाण्डे by बिमला पाण्डे
असार १०, २०७६
in Business, Featured
0

Share via:

543 Shares
  • Facebook 543
  • Twitter
  • LinkedIn
  • More
Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

सिन्धुली । कमलामााई नगरपालिका सिन्धुलीले २०७६÷०७७ को लागि एक अर्व ६ करोड ८२ लाख ९० हजार बराबरको बजेट ल्याएको छ । चालु खर्च तर्फ ६३ करोड ३६ लाख ८० हजार र पूँजीगत तर्फ ४३ करोड ४६ लाख १० हजार रुपैंया बराबरको बजेट सार्वजनिक भएको हो ।
मंगलबार कमलामाई नगरपालिकाका मेयर खड्ग खत्रीले उक्त बजेट पाँचौं नगरसभामा प्रस्तुत गरेका हुन । उनले नगरपालिकाले बाँड्न मिल्ने ५७ करोड ४० लाख १० हजार मध्ये ७५.७२ प्रतिशत रकम पूँजीगत तर्फ विनियोजन गरिएको जनाए । उनले जनमुखी प्रशासन, भ्रष्टाचार नियन्त्रण, सुशासन प्रवद्र्धन गुणस्तरीय भौतिक पूर्वाधार विकास, गुणस्तरीय शिक्षा, स्वास्थ्य लगाएत सामाजिक क्षेत्रको विकास तथा कृषिमा आधुनीकिकरण लगाएतका विषयलाई बजेटमा प्राथमिकता दिएको बताए ।
उक्त बजेटमा सिन्धुलीगढीको भौतिक पूर्वाधार विकासका लागि १ करोड, शिक्षामा १ करोड २० लाख, महिला सुरक्षा आवासका लागि १ करोड ५० लाख, लक्षित समुदायका लागि ३० लाख, खेलकुद व्यवस्थापनमा ५० लाख, लैंगिक हिंसा न्युनिकरण परियोजनाका लागि १५ लाख, न्याय सम्पादनमा १० लाख, सूचना तथा सञ्चार प्रविधि सुदृढिकरणका लागि २० लाख, मासुजन्य प्रयोगशाला तथा पशु बधशाला निर्माणमा ३० लाख, बजेट विनियोजन भएको छ ।
यस्तै नगरपालिकाका १४ वडामा भौतिक पूर्वाधार विकासका लागि १४ करोड रकम विनियोजन गरिएको छ । नगरले विद्युतीकरणका लागि नगरवासीको चाहना, उज्यालो नगरपालिका हाम्रो कामना नारालाई यथावत राख्दै १ करोड रकम विनियोजन गरेको छ । यस्तै नगरले नगर जनता आवासको गन्तव्य, खर परालले छाएको छानोको अन्य नारा सहित जस्तापाता उपलब्ध गराउन १ करोड रकमको व्यवस्था गरेको छ ।
स्वास्थ्यमा नगरपालिकाले अलिक बढी बजेट विनियोजन गरेको छ । त्यस्तै सरसफाई र वातावरण संरक्षणलाई पनि बजेटमा प्राथमिकता दिईएको छ । स्वास्थ्यमा सिन्धुली अस्पतालको सुधारका लागि ५० लाख, जनस्वास्थ्य कार्यालय मार्फत दिईने सुविधा र स्वास्थ्य सेवा सृदृढिकरणका लागि ३० लाख, गरिव विपन्न किसान मजदुर लक्षित स्वास्थ्य सुविधा निःशुल्क गर्न ३० लाख बजेट विनियोजन गरिएको छ ।
यस्तै वन र वातावरण क्षेत्र सुधार, विकास र सुदृढीकरणमा २५ लाख विनियोजन भएको छ भने सरसफाई क्षेत्रमा नगरबाट उत्पादन हुने फोहोरमैला व्यवस्थापन तथा ल्याण्डफिल साईडको स्तरोन्नतीमा ५० लाख, फोहर मैला व्यवस्थापनमा मेसिन खरिद २० लाख, विकास निर्माण र सरसफाईमा सहयोग पु¥याउने टोल विकास संस्थालाई १० लाख, ग्वाङखोला सरसफाई र जलाधार संरक्षणमा १० लाख र दिर्घकालिन सरसफाई व्यवस्थापन र वातावरण संरक्षणका लागि वातावरणीय कोष स्थापनाका लागि ५ लाख रकम विनियोजन भएको छ ।
यस्तै यसपालीको बजेटले नगरपालिकाका भित्रका मरिण, कमला, चँदाहा, जिर्गाहाह, ग्वाङखोला, गडौली लगाएतका खोला नियन्त्रणका लागि १ करोड विनियोजन गरिएको छ । यस्तै भिमानमा वसपार्क निर्माणका लागि ९० लाख, यस्तै कनपा ८ र १० मा पिकनिक स्पर्ट निर्माणका लागि ६० लाख, भुसंरक्षण तथा नदी नियन्त्रणका लागि २० लाख, विपत पूर्वतयारी, उद्धार तथा राहतका लागि २५ लाख, शहरी क्षेत्र सृदृढीकरणमा २० लाख बजेट विनियोजन भएको छ । धर्म संस्कृति र मठ मन्दिर गम्वा, भाषा संरक्षण लगाएतका कामका लागि १० लाख बजेट विनियोजन गरिएको छ । यस्तै कमलामाई नगरपालिकाले प्रदेश सरकारसँगको साझेदारीमा कार्यक्रम तथा योजना सञ्चालनका लागि २ करोड २० लाख र संघिय सरकारसँग काम गर्नका लागि ४ करोड बजेट विनियोजन गरेको छ । यसैगरि जेष्ठ नागरिक दिर्घ सेवा सम्मान कार्यक्रमका लागि १२ करोड बजेट विनियोजन गरिएको छ ।
बजेट सँगै नगरपालिकाले नगरसभामा विनियोजन विद्येयक २०७६ पनि पास गरेको छ । विद्येयकमा आगामी वर्षमा नगरपालिकाले ७ करोड ६९ लाख १८ हजार राजस्व संकलनको लक्ष्य प्रक्षेपण गरेको छ । यस्तै नगरपालिकाको आन्तरिक तथा बाह्य आम्दानी गरि एक अर्व ६ करोड ८२ लाख ९० हजार अनुमान गरिएको छ ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

कार दुर्घटनामा दुईको मृत्यु

Next Post

सिन्धुलीका आठ स्थानीय तहको बजेट, शिक्षा, स्वास्थ्य, पर्यटन, खानेपानी, विजुली, भौतिक पूर्वाधार प्राथमिकतामा

सम्बन्धित खबरहरु

रसुवा बाढीपीडितलाई सिन्धुली रेडक्रसको साढे चार लाख सहयोग
Featured

रसुवा बाढीपीडितलाई सिन्धुली रेडक्रसको साढे चार लाख सहयोग

बाढी पीडितलाई सिन्धुलीका सामुदायिक वनको आर्थिक सहयोग
Featured

बाढी पीडितलाई सिन्धुलीका सामुदायिक वनको आर्थिक सहयोग

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन
Featured

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा
Featured

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?
Featured

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित
Featured

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग
Featured

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित
Featured

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने
Featured

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने

भर्खरै प्राप्त समाचारहरु

रसुवा बाढीपीडितलाई सिन्धुली रेडक्रसको साढे चार लाख सहयोग

भोटेकोशी बाढीको कहर : कुशको शव बनाएर सामुहिक दाहसंस्कार, गाउँ नै शोकमग्न

बाढी पीडितलाई सिन्धुलीका सामुदायिक वनको आर्थिक सहयोग

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित

रसुवा बाढीपीडितलाई सिन्धुली रेडक्रसको साढे चार लाख सहयोग
Featured

रसुवा बाढीपीडितलाई सिन्धुली रेडक्रसको साढे चार लाख सहयोग

भोटेकोशी बाढीको कहर : कुशको शव बनाएर सामुहिक दाहसंस्कार, गाउँ नै शोकमग्न
Life

भोटेकोशी बाढीको कहर : कुशको शव बनाएर सामुहिक दाहसंस्कार, गाउँ नै शोकमग्न

बाढी पीडितलाई सिन्धुलीका सामुदायिक वनको आर्थिक सहयोग
Featured

बाढी पीडितलाई सिन्धुलीका सामुदायिक वनको आर्थिक सहयोग

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन
Featured

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा
Featured

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied