सिन्धुली /गोलञ्जोर गाउँपालिका वडा नंं ५ निगालेमा आगलागी हुँदा एक घर जलेको छ । सोमबार दिउँसो ३ बजे भएको आगलागीमा परि बम बहादुर लुंगेलीको घर जलेको हो । उनको घरमा भएका अन्नपात लत्ताकपडा, खाद्यान्न तथा नगद २० हजार समेत जलेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
प्रहरी चौकी खनियाँ खर्क, स्थानीय बासीले आगो निभाउन नसकेपछि कमलामाई नगरपालिकाको वारुणयन्त्र गई आगो नियन्त्रणमा लिएको प्रहरी उपरिक्षक चक्र बहादुर सिंहले बताए ।
त्यस्तै आगलागीबाट घर नजिकै रहेको ९ हजार मिटर खानेपानीको पाइप समेत जलेको प्रहरीले जनाएको छ । आगलागीबाट ४ लाख बराबरको क्षति भएको प्रहरीले आँकलन गरेको छ ।





















