सिन्धुली । सिन्धुली अस्पतालको इमर्जेन्सी सेवा सञ्चालनका लागि सिन्धुली ट्रष्टले ११ वडा विरामी बेड उपलब्ध गराएको छ । अस्पतालको क्षमता विकास गरि सेवा प्रभावकारी बनाउनका लागि उक्त सहयोग गरिएको सिन्धुली ट्रष्टका अध्यक्ष उज्जल विक्रम थापाले बताए ।
अस्पतालमा एक कार्यक्रमको आयोजना गरि अध्यक्ष थापाले सिन्धुली अस्पताल विकास समितिका अध्यक्ष प्रलाद कुमार पोखरेल र मेडिकल सुपरिटेन्डेन डा. सुमित्रा गौतमलाई उक्त वेड हस्तान्तरण गरेका हुन ।
ट्रष्टले १ लाख ५१ ह्जार रुपैंया बराबरको ११ थान बेड र म्याट्रेस्ट सहयोग गरेको जनाएको छ ।





















