बरुण घिमिरे
सिन्धुली । तीनपाटन गाउँपालिकाको लाम्पानटारमा शनिबार एकदिने स्वास्थ्य शिविर सम्पन्न भएको छ । आयुर्बेद शाखा, स्वास्थ्य शाखा र तीनपाटन गाउँपालिकाको संयुक्त आयोजनामा स्वास्थ्य शिविर सम्पन्न भएको हो ।
शिविरमा ४ सय जनाले स्वास्थ्य जाँच गरेका छन । स्वास्थ्य जाँच गर्नेमा २ सय ९५ जना महिला र १ सय ५ जना पुरुषको स्वास्थ्य परिक्षण भएको तीनपाटन गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख रामवेचन शाहले बताए ।
स्थानीय स्तरमै स्वास्थ्य सेवा पु¥याउने उद्देश्यले स्वास्थ्य शिविरको आयोजना गरिएको र उक्त शिविरमा निशुल्क स्वास्थ्य जाँच तथा औषधि वितरण गरिएको आयुर्वेद शाखाका प्रमुख चन्द्र न्यौपानेले बताए ।
स्वास्थ्य शिविरको उद्घाटन गाउँपालिकाका उपाध्यक्ष पदममाया तामाङले गरेकी थिइन । उनले आगामी बर्ष गाउँपालिकाका सबै वडामा स्वास्थ्य शिविर पु¥याउने गाउँपालिकाले लक्ष्य लिएको बताएकी छिन ।






















