
नारी हुन् आमा, नारी हुन् लक्ष्मी, नारी हुन् सम्पति
नारीको नर, नरको नारी सुखद दम्पति ।।
नारी जीवन साथी नभए व्यवहार चल्दैन
माटोमा पानी नमिली अन्न कहिल्यै फल्दैन ।।
वर्षन्न त्यसै वर्षामा झरी नभए सँगै बादल
दुइटा हात नमिले राम्रो बज्दैन मादल ।।
देशकै सपूत लुकेको हुन्छ नारीकै गर्भमा
नारीलाई सम्मान गर्ने पुरुष पुग्दछन् स्वर्गमा ।।
आमाको दूध नचुसी यहाँ हुर्केको को छ ?
जीवन साथी नरको नारी यहाँ भा’को जो छ ।।
पुरुष नारी सम्बन्ध यहाँ धर्ती र आकाश
नारी नै स्रष्टा सिर्जनकर्ता गर्नुहोस् विश्वास
पानी झैं तरल नारी, वरफ बनी जम्न सक्छे ।
हिंसाको चुक्ता गर्न, मूल्य त्यसको गन्न सक्छे ।।
१०९ औं अन्तराष्ट्रिय नारी दिवसको शुभकामना




















