सिन्धुली /मध्यपहाडी लोक मार्ग अन्तर्गत फिक्कल गाउँपाालिका वडा नं. ५ को झँगरेमा विहिबार बस र सुमो ठोक्किदा ६ जना घाइते भएका छन ।
काठमाडौंबाट ओखलढुंगातर्फ जादै गरेको बा.४ ख. ४४३४ नम्बरको बस र विपरीत दिशाबाट आइरहेको ना.१.ज.७०९४ नम्बरको सुमो ठोक्किएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
दुर्घटनामा घाइते हुनेमा सोलुखुम्बुको लेले गाउँपालिका वडा नं. १ का ८० वर्षिय देउ कुमारी खत्री, सोही ठाउँकी ३८ वर्षिय कृष्ण कुमारी खत्री, सोलुखुम्बुकै मुगरी गाउपालिका ३ की २२ वर्षिय धन कुमारी सार्की, सोलुखुम्बुको थोलुङग गाउँपालिका १ की ४५ बर्षिय जाङ्म्मु शेर्पा, जाङ्म्मु शेर्पाको ३ वर्षिय छोरा साङ्गे शेर्पा र सुमो चालक सिन्धुपाल्चोकको लिखु गाउँपालिका ५ का वर्ष २४ का राजेन्द्र बानियाँ घाईते भएका जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
घाइतेमध्ये देउ कुमारी खत्री अवस्था गम्भिर रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एसपी चक्र बहादुर सिंहले जानकारी दिएका छन । घाइतेहरुको उदयपुरको घुर्मीमा रहेको आस्था लाईफ केयरमा उपचार भईरहेको र गम्भिर घाइते खत्रीलाई काठमान्डौ थप उपचारका लागि पठाईसकेको सिंहले जानकारी दिए ।





















