सिन्धुली । सिन्धुली उद्योग वाणिज्य संघ सिन्धुलीको आगामि जेठ ४ गते हुने निर्वाचनका लागि बुधबार दुई प्यानलको घोषणा भएको छ । लोकतान्त्रिक धारको नेतृत्व गर्दै बुधबार अमरेशचन्द्र बैदारको नेतृत्वको प्यानल घोषणा भएको छ भने वामपन्थीको नेतृत्व गर्दै बद्रिबहादुर कार्कीको नेतृत्वका प्यानल घोषणा भएको छ ।
यसअघि वरिष्ठ उपाध्यक्ष रहेका कार्कीको प्यानलमा बरिष्ठ उपाध्यक्ष राजकुमार श्रेष्ठ, उपाध्यक्ष उद्योगमा वासुप्रसाद भेटवाल, उपाध्यक्ष वाणिज्यमा कामेश्वर महतो, महासचिव नरेश देवकोटा, उपमहासचिव मेनुका तिमल्सिना, कोषाध्यक्ष तेजबहादुर वि.क, सह कोषाध्यक्षमा कुल बहादुर थापाले उमेदवारी घोषणा गरेका छन । यस्तै उक्त प्यानलमा खुला सदस्यमा विराज शर्मा, चन्द्रदेव श्रेष्ठ, सिताराम पहाडि विनोद कुमार श्रेष्ठ, र पदम बहादुर खड्काको दावेदारी देखिएको छ भने महिला सदस्यमा बिमला काफ्ले, गौरी श्रेष्ठ, ललिमाया श्रेष्ठ, फुलकुमारी घिसिङको दावेदारी देखिएको छ । यस्तै उक्त प्यानलबाट बस्तुगत सदस्य तारादेव श्रेष्ठ, आजिवन सदस्य बाबुराम खड्का र शाखा उपाध्यक्षमा आनन्द कार्कीको दावेदारी देखिएको छ ।
यता पूर्व उपाध्यक्ष रहेका बैदारको प्यानलमा वरिष्ठ उपाध्यक्ष अर्जुनकुमार श्रेष्ठ, उपाध्यक्ष उद्योग राजमाया रायमाझी, उपाध्यक्ष वाणिज्य विजय कुवँर, महासचिव विरवल चौधरी, कोषाध्यक्ष रामभक्त श्रेष्ठ, उपमहासचिव मेघ बहादुर कार्की, सह कोषाध्यक्ष किरण कुमार श्रेष्ठको उमेदवारी घोषणा भएको छ ।
यस्तै बैदारको प्यानलबाट खुला सदस्यमा लालमान तामाङ, विमल प्रधान, राजुकुमार पोखरेल, देवनाराय श्रेष्ठ, युवराज श्रेष्ठ (आकाश) र महिला सदस्यमा राधा खड्का, भवानी कार्की, रेणुका कडेरिया, सरिता उपाध्यायको दावी रहेको छ । यसैगरि वैदारकै प्यानलबाट बस्तुगत सदस्य वुद्ध विश्वकर्मा र आजिवन सदस्यमा विजय बस्नेतको दावेदारी देखिएको छ ।
उमेदवारी दर्ताको पूर्वसन्ध्यामा घोषणा भएको बैदारको प्यानलमा अधिकांश पुराना अनुहारहरु छन् जो विगका दिनमा समेत सिन्धुली उद्योग वाणिज्य संघमा विभिन्न पदमा रहेर काम गरिरहेका छन् भने कार्कीको
प्यानलमा प्राय नयाँ र यूवा अनुहार छन् । अघिल्लो कार्य समितिका बरिष्ठ उपाध्यक्ष कार्की रोलक्रमले नै यो पटक उद्योग वाणिज्य संघ सिन्धुलीको अध्यक्षको उपयुक्त दावेदार हुन ।
























