सिन्धुली । हरिहरपुरगढी गाउँपालिका वडा नं. ३ माडीमा खेतमा धानमा झार गोड्न गएकी एक महिलाको चट्याङ लागेर मृत्यु भएको छ भने दुई जना महिला घाईते भएका छन ।
सोमबार साँझ सवा ५ बजेतिर परेको चट्याङका कारण हरिहरपुरगढी गाउँपालिका वडा नं. १ शिखरकी ४० वर्षिया छलिमाया थिङको घटनास्थलमै मृत्यु भएको हो ।
चट्याङ पर्दा थिङसँगै खेतमा धानको झार गोड्न गएका हरिहरपुरगढी गाउँपालिका वडा नं. १ शिखरकी ४० वर्षिय लुकुमाया रुम्बा र लुकुमायाकी छोरी १८ वर्षिय शुशिला रुम्बा घाईते भएका छन ।
लुकुमायाको अवस्था अलि गम्भिर रहेको र सुशिलाको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
घाईतेहरुको मकवानपुरमा रहेको लामा पोलिक्लिनिकमा भईरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एसपी गोविन्दराज काफ्लेले बताए ।
काफ्लेका अनुसार लुकुमायालाई दाहिने खुट्टादेखि टाउकोसम्म दुख्ने, मुटुु दुख्ने भईरहेको र सुशिलाले दाहिने कान नसुन्ने, टाउको शरिर दुख्ने गरेको छ ।




















