सिन्धुली । सिन्धुलीमाढीमा रहेको ग्वाङखोलाको किनारमा मृत भेटिएका वृद्धको पहिचान खुलेको छ । कनपा ६ धुराबजारमा डेरा गरि बस्ने वृद्ध सोमबार खुलामञ्च नजिकै खोलाको किनारमा मृत भेटिएका थिए ।
वृद्ध रामेछाप नगरपालिका वडा नं. ५ रामपुर घर भएका ७५ वर्षिय टेक बहादुर पूर्वछाने मगर रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एसपी गोविन्दराज काफ्लेले बताए । उनका अनुसार वृद्धका भतिजा थम बहादुर पूर्वछाने मगरले वृद्धको पहिचान गरेका थिए ।
परिवारले पहिचान गरेपछि वृद्धको शवको मंगलबार दिउँसो सिन्धुली अस्पतालमा पोष्टमार्टमको प्रक्रियामा लगिएको एसपी काफ्लेले जानकारी दिए ।




















