• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Saturday, June 20, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

ऋणले निम्ताएको अपराध : महिलालाई बन्धक बनाएर कुटपिट, कुटपिट गर्ने सात जना पक्राउ

बिमला पाण्डे by बिमला पाण्डे
पुस १०, २०८०
in Featured, News, Province 3, Society
0

Share via:

152 Shares
  • Facebook 152
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । कमलामाई नगरपालिका वडा नंं ४ ढकालगाउँकी सारदा थापालाई ऋण नतिरेको भन्दै स्थानीयले बन्धक बनाई कुटपिट गरेका छन । उनीहरुले तीनदिनदेखि घरकै पिढीको खाँबो र विजुलीको पोलमा बाँधेर कुटपिट गरेका हुन ।

आइतबार विजुलीको पोलमा बाँधेर कुटपिट गरेको अवस्थामा जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख एसपीले सारदाको उद्धार गरेका छन । उद्धारपछि उनलाई सिन्धुली अस्पतालमा उपचार गरि सेफ हाउसमा राखिएको छ । उनको शरीरभरी निलडाम छ । सारदाको स्वास्थ्य जोखिमपूर्ण रहेको चिकित्सकले भनेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एसपी राजकुमार सिलवालका अनुसार महिलालाई बन्धक बनाएर कुटपिट गरेको आरोपमा ७ जना पक्राउ परेका छन । केहि फरार छन । सारदालाई शुक्रबारदेखि केहि खान नदिई आईतबारसम्म घरमै बाँधेर कुटपिट गरेको पीडित सारदा थापाले बताएकी छिन ।

एसपी सिलवालले आइतबार ४ बजे पीडितको उद्धार गरेका थिए । उनलाई बेहोस अवस्थामा पोलमा बाँधेको, लडिरहेको र होस गुमेको अवस्थामा एसपी सिलवाले आफ्नै गाडीमा उद्धार गरि अस्पताल पु¥याएका थिए । उनको टाउकोमा चोट लागेको हुन सक्ने चिकित्सकले बताएका छन । चिकित्सकले एमआरआई गर्न सुझाव समेत दिएका छन ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

घटनामा संलग्न रहेको आरोपमा प्रहरीले स्थानीय इश्वरकुमार पोखरेल, मिलन देवकोटा, निकेश ढकाल, लक्ष्मी पोखरेल, विष्णु ढकाल, पीडितका श्रीमान सन्तोष थापा र एकबहादुर खड्कालाई पक्राउ गरेको छ ।

ईश्वरकुमार, मिलन, निकेश र लक्ष्मीविरुद्ध पीडितले किटानी जाहेरी नै दिएकी थिइन । आफुलाई बाँधेर मुक्का, लात्ती र लौरोले कुटपिट गरेको शारदाले प्रहरीलाई भनेकी छिन ।

पीडितले प्रहरीलाई दिएको बयान, स्थानीयको भनाइ र प्रहरी अनुसन्धान अनुसार कुटपिटको घटना शुक्रबारदेखि सुरु भएको थियो । शुक्रबार श्रीमान वेपत्ता भएका थिए । सारदाले श्रीमान हराएपछि श्रीमान खोजी पाउँ भनि जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा उजुरी पनि दिएकी थिईन । सन्तोषलाई शनिबार प्रहरीले खोजी गरेर घर पठाएको थियो ।

सन्तोष घरमा पुगेपछि शनिबार राती सन्तोषलाई पनि सारदासँगै एकैठाउँ बाँधेर कुटेका थिए । पछि सन्तोषलाई छोडिदिएका थिए । तर सारदालाई भने निरन्तर तीनदिनसम्म बाँधेर कुटिरहे । ऋण लिएर काठमान्डौमा जग्गा जोडेको र ऋण तिर्नुपर्छ भनि श्रीमानसँग डिभोर्स गर्न खोजेको पीडक पक्षको आरोप छ ।

आइतबार सारदा सन्तोषसँग अदालत आएकी थिईन । अदालतमा डिभोर्स मुद्दाको सुनुवाई भएकाले उनलाई पीडक पक्षले नै अदालत ल्याईदिएका थिए । अदालतबाट सारदा घर फर्कन मानेकी थिईनन । तर पीडकहरुले नै उनलाई गाडीमा लगेका थिए । घर लगेपछि उनलाई विजुलीको पोलमा बाँधेर कुटेर बेहोस बनाएका थिए । स्थानीयले कुटपिट गरेको खबर एसपीलाई गराएपछि बेहोस अवस्थामा उनको उद्धार भएको थियो ।

के हो लेनदेनको विषय ?
एसपी सिलवालका अनुसार शारदाका श्रीमान् सन्तोषले आफूहरूले स्थानीयसँग एक करोड २५ लाख ऋण लिएको बयान दिएका छन । बयान अनुसार थापा दम्पतीले काठमाडौंमा जग्गा किन्ने क्रममा उक्त ऋण लिएका थिए । तर, उनीहरूले ऋण तिर्न सकेका थिएनन । यसै क्रममा सन्तोष र शारदा भने सम्बन्ध विच्छेदको प्रक्रियामा थिए । सारदाले जग्गा बेच्न मानेकी थिईनन । यस विषयमा अनुसन्धान भईरहेको एसपी सिलवालले बताए । लेनदेनको विषय जे भए पनि पीडक पक्षले अमानवीय र अपराधिक कार्य गरेको एपी सिलवालले बताए ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

सवारी दुर्घटनामा दुई जनाको मृत्यु, बसमा आगजनी

Next Post

महिलालाई विजुलीको पोल र खाँवोमा बाँधेर कुट्ने विरुद्ध शरीर बन्धक मुद्दा दर्ता

सम्बन्धित खबरहरु

विश्व योग दिवसका अवसरमा प्रभातफेरी तथा सकरात्मक उर्जा सम्बन्धि प्रवचन
Featured

विश्व योग दिवसका अवसरमा प्रभातफेरी तथा सकरात्मक उर्जा सम्बन्धि प्रवचन

घटना दर्ता, नागरिकता प्राप्ति सम्बन्धि वडा सचिवहरुसँग अन्तर्क्रिया
Featured

घटना दर्ता, नागरिकता प्राप्ति सम्बन्धि वडा सचिवहरुसँग अन्तर्क्रिया

तीनपाटन – ३ बालमैत्री वडा घोषणा
Featured

तीनपाटन – ३ बालमैत्री वडा घोषणा

एघार महिनामा दुई सय सठ्सठ्ठी जना हिंसाबाट प्रभावित
Featured

एघार महिनामा दुई सय सठ्सठ्ठी जना हिंसाबाट प्रभावित

विपी राजमार्गमा दुर्घटना, मोटरसाईकल चालकको मृत्यु
Featured

विपी राजमार्गमा दुर्घटना, मोटरसाईकल चालकको मृत्यु

तीनपाटनमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
Featured

तीनपाटनमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

गुणस्तरीय शिक्षाका लागि समुदायको सहयोग र अपनत्व चाहिन्छ : पूर्व राष्ट्रपति भण्डारी
Education

गुणस्तरीय शिक्षाका लागि समुदायको सहयोग र अपनत्व चाहिन्छ : पूर्व राष्ट्रपति भण्डारी

बंगलादेश यात्रा : मित्रता, फोटो पत्रकारिता र पर्यटन प्रवर्द्धनको अविस्मरणीय अनुभव
Featured

बंगलादेश यात्रा : मित्रता, फोटो पत्रकारिता र पर्यटन प्रवर्द्धनको अविस्मरणीय अनुभव

स्थानीय सरकार र पत्रकार एक अर्काका परिपूरक हुन् : न्यौपाने
Featured

स्थानीय सरकार र पत्रकार एक अर्काका परिपूरक हुन् : न्यौपाने

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied