- उद्धव कुमार श्रेष्ठ
सिन्धुली । अपांगता भएका महिलालाई महिनावारीका समयमा प्रयोग गर्ने प्याड बनाउने तालिम दिईएको छ । तीनदिने तालिम सिन्धुलीमाढीमा शुक्रबार सम्पन्न भएको हो ।
प्लान इन्टरनेश्वन नेपाल, हेन्डस नेपालको साझेदारी तथा सिन्धुली अपांग महिला संघ सिन्धुलीको समन्वयमा तालिम सम्पन्न भएको हो ।
तालिममा १८ जना महिलाहरु सहभागि रहेका थिए । उनीहरुले पुनः प्रयोग गर्न मिल्ने प्याड निर्माण गर्ने सिप सिकेका हुन ।
तालिमको समापन गर्दै मानव तथा राष्ट्रिय विकास समाज सिन्धुलीका सचिव रामकुमार कार्कीले समुदायमा पुनः प्रयोग गर्न मिल्ने प्याडको आवश्यकता रहेको बताए ।
प्राप्त सिप अनुसार अनुसार व्यवसाय संचालन गर्न समेत उनले सहभागिलाई आग्रह गरेका छन । तालिममा उत्कृष्ट सहभागी एक जनालाई मुल्यांकनका आधारमा व्यवसाय संचालनको लागि सहयोग समेत गरिएको थियो ।
तालिमको मुख्य उद्देश्य अपाङ्गता भएका महिलाहरुको लागि सुरक्षित महिनावारी व्यवस्थापन सम्बन्धि अन्तरक्रिया र व्यवसाय प्रवद्र्धन कसरी गर्ने भन्ने रहेको आयोजकले जनाएको छ ।





















