सिन्धुली । सांकेतिक भाषाहरुको अन्तराष्ट्रिय दिवसमा सिन्धुलीमाढीमा सचेतना ¥याली गरिएको छ । शनिबार विहान सिन्धुलीमाढी बजारमा सचेतनामूलक व्यानर, पम्पलेट सहित ¥याली गरिएको हो ।
बहिरा बालबालिकाले अध्ययन गर्ने श्री नवज्योति बहिरा माध्यामिक विद्यालय, सिन्धुली बहिरा संघले ¥यालीको आयोजना गरेका हुन ।
¥यालीमा बहिरा नागरिकलाई सवारी चालक अनुमतिपत्र दिन, सांकेतिक भाषामा शिक्षा हासिल गर्न संविधान अधिकार दिन, सांकेतिक भाषाको समाचार प्रसारण गर्न, राज्यका हरेक संरचनामा बहिरा नागरिकको समावेशीकरण गर्न, अपांगता भएका व्यक्तिलाई पहुँचयुक्त भौतिक संरचना तथा सञ्चारसेवा निर्देशिका २०६९ कार्यान्वयन गर्न माग गरिएका नाराहरु प्रदर्शन गरिएको थियो ।
संसार जहाँ बहिरा नागरिकहरुले जहिले पनि संकेत गर्न सक्छन भन्ने नाराका साथ सांकेतिक भाषाहरुको अन्तराष्ट्रिय दिवस २०२३ मनाईएको छ । उनीहरु नेपालको राष्ट्रिय झण्डा सहित ¥यालीमा सहभागि भएका थिए ।





















