सिन्धुली । सिन्धुलीमा दुई बालिका आफ्नै काका र बुवाबाट बलात्कृत भएका छन । ११ वर्षिय बालिका आफ्नै १८ वर्षिय काकाबाट पटक पटक बलात्कार भएको भन्दै बालिकाकी आमाले इलाका प्रहरी कार्यालय भिमानमा उजुरी दिएकी छिन ।
उनले बालिकालाई पटक पटक धम्कि दिदैं बलत्कार गरेको पीडित पक्षको उजुरीमा उल्लेख गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । बालिकालाई धेरै अगाडि देखि ललाई फकाई अनैतिक कार्य गर्न उक्साउनले गरेको र पीडितले हामी दाजु बहिनी पर्छौं भन्दा समेत नातासाता थाहा छैन मैले भनेको मान्ने भए मान नभए तलाई मार्न पनि सक्छु भनि डरत्रास धाक धम्कि दिई पटक पटक बलत्कार गरेको उजुरीमा उल्लेख गरिएको छ ।
पीडक काकाले बालिकालाई अन्तिम पटक फागुन २७ गते राती आफ्नै घरको तल्लो तलाको कोठाको पलङमा बलत्कार गरेको पीडित पक्षले उजुरीमा उल्लेख गरेको छ ।
यस्तै आफ्नै बाबुबाट १३ वर्षिय बालिका बलात्कृत भएकी छिन । ३४ वर्षिय बाबुले आफ्नै छोरीलाई बलत्कार गरेको भन्दै जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा उजुरी परेको छ । पीडित बालिका आफ्नै बाबुबाट ललाई फकाई र धाक धम्कि दिएर पटक पटक बलत्कृत भएको भन्दै बालिकाकी आमाले उजुरी दिएकी जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डिएपी चिरन्जिवी दाहालले बताए ।
ती बालिकालाई पनि आफ्नै बाबुले ललाई फकाई, घरमा कोहि नभएको मौका पारी वा कुटपिट गर्ने धम्कि दिदैं पटक पटक बलत्कार गरेको उजुरी परेको छ ।
दुवै बालिकाको उजुरी चैत २ गते प्रहरीमा दर्ता भएको हो । बलत्कारको आरोप लागेका दुवैजनालाई प्रहरीले पक्राउ गरि अनुसन्धान सुरु गरेको दाहालले बताए ।





















