• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Tuesday, September 15, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Opinion

बलत्कार बहस तथ्य बाहिर किन ?

बिमला पाण्डे by बिमला पाण्डे
भदौ २८, २०७९
in Opinion, Province 3, Society
0

Share via:

149 Shares
  • Facebook 149
  • Twitter
  • LinkedIn
  • More

तथ्यांकले नाबालिगको परिभाषा हैन बलत्कारी चिन्तन परिवर्तन हुन जरुरी रहेको देखाउँछ र छोरीहरुको संरक्षणमा राज्यको विशेष निगरानी आवश्यक छ भन्ने तर्फ ध्यानाकर्षण गराउँछ । अझ भन्नुपर्दा पीडकलाई कडा कानुन र कानुनको कडाईका साथ कार्यान्वयन हुन आवश्यक छ भन्ने संकेत गर्दछ । सन्दिप लामिछाने, पल शाह त उदाहरण हुन यस्ता धेरै दिग्गज वर्गमा बलत्कारको मानसिकता प्रवल छ र व्यवहार पनि । कोहि चर्चामा आए कोहि भयानक अवस्थाका घटना घटाएर जेलमा छन । कतिपय घटनाका अपराधि यहि समाजका कारण लुकिरहेका छन । जोगिईरहेका छन । अझ धेरै बालिका, महिलामाथि हिंसा गरिरहेका छन । अनि बलत्कार बहस तथ्य बाहिर किन बहस भईरहन्छ ? सोंचौं ।

 

केहि दिनदेखि चर्चामा छन क्रिकेट कप्तान सन्दीप लामिछाने । बलत्कारको मुद्दामा जाहेरी परेसँगै क्रिकेट खेलबाट भन्दा सयौं गुणा चर्चामा छन उनी । उनले बलत्कार गरेकी भनिएकी बालिकालाई केन्द्र बनाएर लामिछानेलाई चर्चामा ल्याईएको छ । प्रहरीलाई अनुसन्धानमा प्रभाव पार्न हाम्रो देशको दिग्गज समूह लागि परेको छ ।

पछिल्लो समय सामाजिक सञ्जाल प्रयोगकर्ता, देशका दिग्गज पत्रकार, कलाकार, नेता, शैक्षिक व्यक्तिहरुदेखि सबै क्षेत्रका व्यक्तिहरु बालिकामाथि खनिईरहेका छन । देशकै कानुनमाथि धावा बोलेर लामिछानेको मुद्दालाई प्रभावित बनाउन प्रयासरत छन । यो पहिलो घटना भने हैन । यौन अपराधसँग जोडिएका यस्ता थुप्रै घटना छन नेपालमा जुन बेला बेला चर्चामा आउने गर्छन । कहिले कलाकार, कहिले पत्रकार, कहिले सुरक्षाकर्मी, कहिले राजनीतिकर्मी त कहिले को कहिले को जोडिदै चर्चा भईरहन्छ ।

यस्ता छन बहस
सामाजिक सञ्जालमा पछिल्लो समय चर्चामा आएको विषय ‘मन परे चमत्कार नपरे बलत्कार’, ‘अब डेटिङ जाँदा लभ गर्दा नागरिकता हेर है केटा हो नत्र फसौला,’ ‘पुरुष निर्दोष हो कानुन परिमार्जन हुनुप¥यो’, ‘नाबालिगको परिभाषा फेर्न आवश्यक छ’, ‘नक्कली पीडितदेखि सावधान !’ जस्ता छन ।

घटनालाई केहिले ‘करोडौं असुल्न पो हो की ?’ भन्ने आशंकाका नजरबाट पनि व्याख्या गरेका छन । केहिले ‘केटाले उजुरी दिए हनिट्याप, केटीले उजुरी दिए बलत्कार’ भनेर यौन व्यापारसँग पनि जोडेका छन । पछिल्लो समय यस्तै चर्चाले सामाजिक सञ्जाल भरिएका छन । चोक चोक गल्ली गल्ली र घरघरमा यस्तै बहसहरु चर्किएका छन ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

एकथरी नागरिकहरुले सचेततापूर्वक कानुनी प्रावधान र बालिकाको न्यायको आवाज उठाएका छन । केहिले घटना प्रमाणित नहुदासम्म गोपनियताको हक सुरक्षित हुनुपर्ने लगाएतका आवाज पनि उठाएका छन । एकातिर फासीको सजायको माग पनि भईरहेको छ । यी भए सत्ता र शक्तिका आडमा आएका वा डर त्रासले आएका आवाज ।

कानुनी सचेतताको अभावकी लाचारीपन ?
नेपालको कानुनले बालबालिकाको परिभाषामा १८ वर्षमुनीका व्यक्तिहरुलाई समेट्छ । अन्तर्राष्ट्रिय कानुनमा पनि बालबालिकाको उमेर हद १८ वर्ष छ । नेपाल बालबालिका महासन्धिको पक्ष राष्ट्र भएकाले १८ वर्षे उमेर हद मान्न बाध्य छ र सोहि अनुसार कानुन कार्यान्वयन गर्ने अवस्थामा छ । फेरी नेपालकै कानुनले विहेवारीको उमेर २० वर्ष राखेको छ । २० वर्षसम्म महिलाहरु यौन तथा प्रजननन क्षमताले पूर्ण भएका हुदैनन भन्ने वैज्ञानिक तथ्य र परिभाषाले पनि त १७ वर्षकी बालिका नाबालिग हुन्छिन । नेपालकै कानुनले निर्वाचनमा मतदान गर्न वा बालिग मताधिकार प्रयोग गर्न पनि १८ वर्ष नै पुग्नुपर्ने हुन्छ । अनि १७ वर्षलाई पाको देख्ने हाम्रो समाज र सचेत नागरिकको मानसिकता कता गईरहेको छ भन्ने विश्लेषण गर्न गाह्रो होला र ?

महिलालाई सामान्यतया दिग्गज वर्गहरुबाट नै उपभोग्य सामग्रीको रुपमा हेरिदै आएको छ । केहि दिन अघि एकजना नेता जीले भन्नुभएको विषय चर्चामा थियो ‘स्त्री र सत्ता जसले सक्छ त्यसैले भोग गर्ने हो ।’ सचेत महिला नेताहरुको बीचमा बोलिएको त्यो शब्दले धेरै महिलाहरुको दिमाग हल्लाईरहेको थियो, चर्चा पाईरहेको थियो । स्त्री अर्थात महिलालाई हेर्ने यो नजरका दिग्गज व्यक्तिहरुलाई नेपालमा विद्यमान रहेको बलत्कार सम्बन्धि कानुनबाट कतै समातिने हौं की भन्ने चिन्ता छ ।

उनीहरुका आमा, श्रीमति, छोरी, दिदीबहिनीहरु पनि कुनै दिन यस्ता घटनामा पर्लान की ? त्यो वेला मेरो र मेरो परिवारलाई अहिले जसरी पीडकलाई जोगाउन र पीडितलाई होस्टाईल गराउनका लागि वहस गरिएको छ त्यसरी नै यस्ता बहस आउलान की ? भन्ने विषयमा अहिले वहस गर्ने व्यक्तिहरुले सोंचेका छैनन ।

बलत्कार जस्तो अपराधलाई ढाकछोप गर्ने, पीडितलाई दवाव दिने, इज्जत, धन, सत्ता र शक्तिको प्रलोभनमा पारेर चोखिने बानी परेका पुरुषहरुका मुखबाट आउने यी शब्दले कानुन कार्यान्वयनमा समेत चुनौती थपेको छ । न्यायालयका न्यायाधिस, वकिलहरु नै बहस बंगाईरहेका छन । हामीले पीडितले न्याय पाउने परिकल्पना गरिरहेका छौं ? न्याय पाउनु त्यति सहज छैन यहाँ ।

जो इमान्दार छ, उसले कहिले पनि बलत्कार घटनाका पीडितको न्याय विपरित बोलेको सुनिदैन । तर जो डराईरहेको छ, अपराध गरिरहेको छ वा सम्भावित सूचिमा छ उनीहरुका डरले समाजमा भूँईंचालो गएको छ, बहस जन्माईरहेको छ ।

यौन सम्बन्ध लोग्ने स्वास्नीमा पनि इच्छा विपरित भयो भने बलत्कार हुन्छ भनेर कानुनले बैवाहिक वलत्कारको परिकल्पना गरेको छ । बैवाहिक वलत्कारलाई समेत दण्डको भागीदार बनाईरहेको छ तर हाम्रो समाजले यहि कानुनलाई पचाउन सकिरहेको छैन । विवाहित जोडी बाहेक हुने वलत्कारलाई समेत सजिलै महिलालाई दोषी बनाउने र पीडकलाई चोखो बनाउन खोजिरहेको छ ।

कानुनले नाबालिगलाई फकाएर मञ्जुरी लिएर पनि यौनजन्य व्यवहार गर्न पाईदैन भनेर कानुनले प्रष्ट लेख्दा लेख्दै ती नाबालिकासँग सम्बन्ध राख्ने देशको क्रिकेटर किन जोगिनु पर्ने ? त्यहि कानुनको परिभाषाले समेट्ने कलाकार किन बच्नुपर्ने ? पत्रकार, न्यायाधिस, समाजसेवी, राजनीतिज्ञ वा जो सुकै किन नहोस उ किन कानुनको दायरामा आउनु नपर्ने ? सत्ता, सम्पत्ति र शक्ति हातमा छ भनेर ? हैन भने समाज नै किन लाग्छ मरिमेटेर पीडक जोगाउन ?

कानुन देशका सबै नागरिकलाई बराबर लाग्छ भन्ने बुझेर वा नबुझेर यस्ता घटना हुने गरेका छन वा बुझ पचाएर ? देशमा कस्ता कानुन छन भन्ने विषयमा जिम्मेवार नागरिकले जान्न पर्ने की नपर्ने ? आफु बसेको देशको कानुन जान्दिन भन्ने छुट कसैलाई पनि हुदैन भन्ने कुरा बुझ्ने की नबुझ्ने ? अब बहस यता केन्द्रीत गर्ने की ?

शक्ति सत्ता र कानुनको मिच्याईं गरेर कहिलेसम्म महिला बालिकाहरु पीडित भईरहनुपर्ने ? कहिलेसम्म म शक्तिशाली पुरुषबाट बलात्कृत हुन्छु की, मारिन्छु की भनेर डराउनुपर्ने हो । सम्पत्ति, शक्ति र सत्ताको आडमा हुने बलत्कारजस्ता यौनजन्य हिंसा नहुनका लागि कानुनको प्रभावकारी कार्यान्वयन आवश्यक छ । अनुसन्धान प्रभावकारी हुनु आवश्यक छ । यथोचित न्याय पाउनुपर्ने हुन्छ । तर त्यसो हुन सकेको छैन र त राज्यमाथि नै यक्ष प्रश्न खडा भएको छ ।

न्यायमूलक समाज परिकल्पना गर्ने हो भने अपराधलाई अपराधकै रुपमा लिनुपर्छ । समाजमा रहेका सबै वर्गका नागरिकले सुरक्षित भएको महसुस गर्न पाउनुपर्छ । म सुरक्षित छु भन्ने अनुभूति दिलाउने काम राज्यको हो । तर राज्यकै निकाय यस्ता मुद्दामा विचलित भएका देखिन्छन । अतः आधा हिस्सा ओगटेको महिला जातीले कहिले पनि सुरक्षित रहेको महसुस गर्न पाईरहेको छैन । अब त हामी कस्तो समाजमा छौं भनेर सोंच्ने बेला भएन र ?

नेपालको तथ्य नियालौं
यौनजन्य अपराध भएमा पहिलो उजुरी दिने निकाय नेपाल प्रहरी हो । नेपाल प्रहरीको २०७७÷०७८ को तथ्यांकलाई हेर्ने हो भने बलत्कार २ हजार ५३२, बलत्कार प्रयास ७३५, बालयौन दुरुपयोग, दुव्र्यवहार २८१, अप्राकृतिक मैथुन ३६ गरि ३ हजार ५८४ घटना यौनजन्य अपराधका भएको देखिन्छ ।

यौनजन्य घटनामा पीडित हुने संख्या सबैभन्दा बढी बालिकाको रहेको छ । ६६ दशमलब ७६ प्रतिशत बालिका यौनहिंसामा पीडित भएको देखिन्छ । सबैभन्दा बढी ११ देखि १६ वर्षमुनीका बालिका हिंसामा परेको तथ्यांकले देखाउँछ । यो उमेर समूहका १ हजार ४ सय १८ जना र १० वर्ष मुनीका ४ सय ६४ जना बालिका पीडित देखिन्छन । यो तथ्यांकले नाबालिगको परिभाषा हैन बलत्कारी चिन्तन परिवर्तन हुन जरुरी रहेको देखाउँछ र छोरीहरुको संरक्षणमा राज्यको विशेष निगरानी आवश्यक छ भन्ने तर्फ ध्यानाकर्षण गराउँछ । अझ भन्नुपर्दा पीडकलाई कडा कानुन र कानुनको कडाईका साथ कार्यान्वयन हुन आवश्यक छ भन्ने संकेत गर्दछ ।

सन्दिप लामिछाने, पल शाह त उदाहरण हुन यस्ता धेरै दिग्गज वर्गमा बलत्कारको मानसिकता प्रवल छ र व्यवहार पनि । कोहि चर्चामा आए कोहि भयानक अवस्थाका घटना घटाएर जेलमा छन । कतिपय घटनाका अपराधि यहि समाजका कारण लुकिरहेका छन । जोगिईरहेका छन । अझ धेरै बालिका, महिलामाथि हिंसा गरिरहेका छन । अनि बलत्कार बहस तथ्य बाहिर किन बहस भईरहन्छ ? सोंचौं ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

हिस्टुनको पाँचौं अधिवेशन सम्पन्न, अध्यक्षमा थापा निर्विरोध निर्वाचित

Next Post

दुग्ध व्यवसायलाई व्यवस्थित र मर्यादित बनाउनुपर्छ : कार्यकारी निर्देशक यादव

सम्बन्धित खबरहरु

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन
Featured

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा
Featured

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?
Featured

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित
Featured

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग
Featured

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित
Featured

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने
Featured

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान
Featured

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान

सिन्धुलीबाट बाढी पीडितलाई चौविस लाख सहयोग
Featured

सिन्धुलीबाट बाढी पीडितलाई चौविस लाख सहयोग

भर्खरै प्राप्त समाचारहरु

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान

सिन्धुलीबाट बाढी पीडितलाई चौविस लाख सहयोग

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन
Featured

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा
Featured

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?
Featured

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित
Featured

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग
Featured

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied