• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Wednesday, September 16, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

नबदलिएको सांस्कृतिक सोंच र महिला आन्दोलन

बिमला पाण्डे by बिमला पाण्डे
अशोज १३, २०७८
in Featured, Opinion, Province 3
0

Share via:

145 Shares
  • Facebook 145
  • Twitter
  • LinkedIn
  • More
बिमला पाण्डे

नेपालको संविधानले लैंगिक समानता, सामाजिक, आर्थिक, सांस्कृतिक रुपान्तरणलाई जेनतेन आत्मसात गरेको छ । महिलाको हकलाई मौलिक हकमै व्यवस्था गरे पनि महिलाका केहि प्रावधान अधुरा पनि छन ।
नेपालका कम्युनिष्ट, कांग्रेस मिलेर बनाएको संविधानको कार्यान्वयनका लागि कानुन आवश्यक हुन्छ । ती आवश्यक कानुन बन्ने क्रममा छन । धेरै बन्न सकेका छैनन । ऐन नियमावली वा कागजी प्रक्रियागत कुराहरु नबनेसम्म संविधान कार्यान्वयन हुन सक्दैन ।
राजनीतिक परिवर्तन, सामाजिक, सांस्कृतिक क्रान्तिको हवाला दिदैं जनयुद्ध गरेका देखि शान्तिपूर्ण संसदीय व्यवस्था स्वीकार गरेका राजनीति दलसम्मले आत्मसात गरेका व्यवहार र कामले साँच्चिकै ती समानताका नारा नारा मात्र थिए की ति महिलावादी नारा, व्यवहारमा आएका छन भन्ने प्रष्ट हुन्छ । महिलालाई धर्म संस्कृतिमा देखिएका विभेदलाई अंगिकार गरिरहेका कानुन कार्यान्वयन कार्यविधिहरु अहिले पनि सञ्चालनमा छन ।
जसको हातमा न्यायको साँचो छ ती निकायमा बस्नेहरुको सोंच बदलिन सकेको छैन । उनीहरुले महिलालाई वर्गिकरण गर्दै गर्ने विभेदले ती निकायमा सेवा लिन जाने महिलाहरुको मन कुढाएको छ, दुखाएको छ ।
एकल महिलालाई राज्यले दिएको सुविधा लिन दिन समेत राज्यका निकायले सक्दैनन । यसको एउटा उदाहरण केहि समय अघि एक एकल महिला, जो सिन्धुलीकै एक स्थानीय तहको वडामा नाता प्रमाणित गर्न जाँदा वडा सचिव र वडाअध्यक्षले गरेको व्यवहारले प्रस्ट गर्छ । श्रीमानको मृत्यु भयो, मृत्यु दर्ता छ, विवाह दर्ता छ, नागरिकता छ, छोराको जन्मदर्ता छ तर परिवारका सदस्यको दवाव भन्दै वडाअध्यक्षले नाता प्रमाणित गर्न सक्दैन । ती महिलालाई ‘तँ पोइला जान्छेस (अर्को विवाह गर्छेस) भन्दै नाता प्रमाणित गर्न वडा कार्यालय आनाकानी गर्छ । महिनौं झुलाउँछ । यस्ता जनप्रतिनिधि र कर्मचारी भएपछि भएका र कानुनले मिल्नेसम्मको काम गर्न समेत महिनौं गुहार माग्नुपर्ने अवस्था सृजना भयो ।
तीनै महिलालाई परिवारको जग्गाको लगत लिन जाँदा तपाईलाई किन चाहियो ? दिन मिल्दैन भनि हप्काईयो । जुन परिवारको सदस्यले संगोलको सम्पत्ति हेर्नका लागि कठिनाई हुनुपर्ने कुनै कारण नै थिएन । फेरी तिनै महिलालाई श्रीमानको नाममा भएको बाईक नामसारी गर्नका लागि नाता प्रमाणित, विवाह दर्ता, मृत्यु दर्ता लगाएतका कागजले भ्याएन । अब हुदा हुदा त्यो कार्यालयले ‘एक मात्र श्रीमति हो’ भनि प्रमाणित गरेर आउनु भन्यो । सञ्चय कोष, लगानी कोषमा श्रीमानको मृत्यु पछिको दावी गर्न जाँदा फेरी ‘एक मात्र श्रीमति हो’ भनि प्रमाणित गर्न आवश्यक ठानियो र सोहि कुरा गरेर फर्काइयो ।
नेपालको कानुनले दोस्रो विवाह वर्जित गरेको छ । दोस्रो विवाह दर्ता गर्न पाईदैन । यदी दोस्रो विवाह गरेमा फौजदारी अभियोग गरेको ठहर हुन्छ र कानुनी सजायको व्यवस्था गरिएको छ । सोहि अनुसार बहुविवाहको मुद्दा चलिरहेका छन तर एकल महिलालाई मानसिक रुपमा यातना दिने गरि कागजी प्रक्रिया पुगेका काम गर्न समेत किन सरकारी निकाय र त्यसका प्रतिनिधिलाई समस्या भईरहेको छ ? दोस्रो विवाह गरे नगरेको त सरकारी संयन्त्रबाट थाहा हुनुपर्ने हैन र ? फेरी दोस्रो विवाह दर्ता नै गर्न नपाईने भए पछि किन प्रमाणित गर्नुप¥यो ?
यहि सिफारिसका लागि फेरी वडा कार्यालयको हर्कत पहिले कै दोहोरिन सक्छ । सिफारिस नदिन सक्छ । जबकी त्यहाँ अर्को श्रीमति दर्ता नभए पनि उनीहरुले एकल महिलालाई सिफारिस नदिन सक्छन । मलाई याद छ ती वडा अध्यक्षले नाता प्रमाणित गरिदिएमा सामाजिक सद्भाव खल्वलिन्छ भनेको । सिडिओ कार्यालयसम्म उजुरी दिन परेको । दवाव सृजना गर्नु परेको ।
नेपालको कर्मचारी तन्त्र र राजनीतिक संयन्त्र उस्तै अव्यवहारिक छ । राजनीतिक प्रशिक्षणमा महिला र पुरुष समानताका बारेमा कुरा गर्छन । कानुनमा समानता लेखेको छ तर स्कुलमा छोरा छोरीको भर्ना गर्न जान प¥यो भने बाबुको नाम अनिवार्य हुन्छ आमाको नभए पनि हुन्छ । सकेसम्म धेरै विद्यालयले आमा खोज्दैनन ।
म मेरो सन्तानलाई जन्म दिएर बाबुको पहिचान दिईन भने जन्मदर्ता हुदैन । जन्माउने हुर्काउने आमाले पहिचान दिनका लागि बाबुको अनुमति लिनुपर्छ । नागरिकता लिन जाँदा बाबु विना नागरिकता बनाउन सक्दिन भन्छ सिडिओ कार्यालय । कि त बाबुको पहिचान नभएको भनि उल्लेख गर्नुपर्छ । जसका कारण बाध्य भएर भविष्य बोकेको बच्चा अनागरिक भएरै बस्न चाहन्छ । यस्ता धेरै उदाहरण छन जुन महिलाले नचाहेर पनि संरचनागत सोंच कानुनी रुपमा लिपीवद्ध गरि अव्यवहारिक बनाईएको छ । बाधा अड्चन सृजना गरिएको छ ।
सरकारी निकायले आफैले दर्ता गरेको विवाह दर्ता, जन्मदर्तालाई विश्वास गर्दैन । अनेक झन्झटिलो बनाउँछ । नागरिकका सहज हुने काम समेत नहुदा नागरिकले सास्ती भोगिरहेका छन । यस्तै व्यवहारिक पक्षलाई सहज बनाउन विधायक छान्ने र कानुन बनाउने तहसम्म पठाईएको हो तर ती व्यक्तिहरु जसले यस्ता अव्यवहारिक कार्यविधि र कार्य गर्ने व्यक्तिका सोंचमा परिवर्तन ल्याउन सकेको छैन । हामी महिलाका भोट खेर गईरहेका छन ।
भोटका लागि तिनै एकल महिलाका नारा बनाएर जान्छन । जब अंश, वंश र अस्तित्वका कुरा आउँछन नि त्यति बेला यस्तै कानुनले गर्न मिल्ने काममा बाधा हाल्छन र भन्छन ‘तँ विधुवा नारी, तँ महिला, तेरो काम ग¥यो भने त सामाजिक सद्भाव खल्वलिन्छ ।’ महिलालाई कानुन त हुने काम गरिदिँदा भत्किने तपाई पुरुषवादी चिन्तन बोकेका सरकारी प्रतिनिधिका सामाजिक सद्भाव अब महिला एकता र आन्दोलनले खल्वलाउन जरुरी छ ।
एकल महिला, अंश र वंशको अधिकार संविधानमा लेखेर हुदैन । व्यवहारिक कानुन र कार्यविधि बनाउ । त्यसपछि सामाजिक सद्भाव, संस्कार र संस्कृतिको नाममा महिलामाथि गरिएको विभेद भत्काउने तिमीहरुको पुरुषवादी चिन्तन भत्काउ । अनि मात्र महिला र त्यो सँग जोडिएका सन्तानले न्याय पाउने छन । समाज परिवर्तनका नारा र महिला समानताका नारा लगाएर चर्को भाषण गरेर मात्र व्यवहार र सोंच बदलिने भए, समाज बदलिने भए आज नेपाल किन यति धेरै पछाडी पथ्र्यो होला र ? सोंच्न आवश्यक छ ।
जब सत्तामा जान्छन, समाजमा जान्छन, व्यवहारमा जान्छन प्रशासक र नेताहरुका सक्कली अनुहार त्यहि देखिन थाल्छन । उदाहरणका रुपमा जितिया पर्वका रुपमा २ नं. प्रदेशका मुख्यमन्त्री लालबाबु पण्डितले दिएको शुभकामनामा राखिएको ‘पुत्रको दिर्घायुको कामना गर्दै’ शब्दलाई पनि लिन सकिन्छ ।
सन्तानका रुपमा पुत्रलाई मात्र स्वीकार गर्ने सरकारी निकायले छोरीलाई सन्तानका रुपमा अस्वीकार गरेको देखिन्छ । राज्य कानुन बनाउने र कार्यान्वयन गर्ने निकाय हो । जसले सांस्कृतिक परिवर्तन सम्भव छ भन्ने कुराको हेक्का राख्दैनन र यसरी बैधानिकता दिँदै जान्छन भने भोली श्री स्वस्थानीका विभेदलाई प्रचार नगर्लान भन्ने के छ र ? तीजमा महिलाले श्रीमानको खुट्टाको पानी खानुपर्छ नभन्लान र ?
नेपाल धर्म निरपेक्ष राज्य हो । सबैले आफ्ना धर्म मान्न पाउनुपर्छ । चाडवाड मनाउने, रमाउने अधिकार सबैलाई छ । हरेक पर्वका मौलिक पहिचान छन । धर्म संस्कृति र समाजको परिवर्तन अनुकुल प्रथा परम्परा मनाउनु पर्छ र ती मनाउने तरिका बदलिनु आवश्यक छ । पहिलेको समाजमा “पुत्र“ लाई मात्रै सन्तानको रुपमा हेरिन्थ्यो । आज समाजका दृष्टिकोण, कानूनी व्यवस्था लगायतमा परिवर्तन आइसकेको छ । यो समयमा फेरि छोरा मात्रैलाई सन्तान मान्ने सोचलाई बढवा दिन सरकारको एउटा निकायलाई पक्कै सुहाउँदैन । तर सामाजिक, लैंगिक विभेद ल्याउने, छुवाछुत, अन्धविश्वास बढाउने खालका परम्परा, संस्कृतिमा विस्तारै परिवर्तन ल्याउन जरुरी छ । जसले सदिऔंदेखि महिला वर्गलाई उपेक्षा, अपमान गरेको छ । महिलाहरुमा पनि मनोसामाजिक क्रान्ति आवश्यक छ । अबको महिला आन्दोलन यस्ता विषयमा केन्द्रीत हुन आवश्यक छ ।
कानुनको मुल श्रोतका रुपमा धर्म, संस्कृतिलाई समेत लिइन्छ । यस्ता विभेद भएर नै कानुनी रुपमा दण्डको व्यवस्था गर्नु परेको हो । यसको कार्यान्वयनको पाटो फितलो हुनुको कारण मनदेखि सांस्कृतिक क्रान्ति हुन सकेको छैन । सामाजिक, आर्थिक, सांस्कृतिक क्रान्ति विना महिला आन्दोलन सफल हुन सक्दैन । अतः सबै महिलाहरुको मुद्दा अझै पनि अंश, वंश र पहिचानको हो । सामाजिक न्याय स्थापनाको हो । लैंगिक विभेद अन्त्यका लागि प्रतिकार्यमा उत्रनु हो । यसका लागि महिला एकता आवश्यक छ ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन
फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

एमालेको आहाले दमार टोल कमिटी गठन

Next Post

राष्ट्र र राष्ट्रियता नै नरहे नेपाली रहिदैन : मधेशी आयोग अध्यक्ष दत्त

सम्बन्धित खबरहरु

बाढी पीडितलाई सिन्धुलीका सामुदायिक वनको आर्थिक सहयोग
Featured

बाढी पीडितलाई सिन्धुलीका सामुदायिक वनको आर्थिक सहयोग

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन
Featured

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा
Featured

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?
Featured

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित
Featured

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग
Featured

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित
Featured

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने
Featured

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान
Featured

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान

भर्खरै प्राप्त समाचारहरु

बाढी पीडितलाई सिन्धुलीका सामुदायिक वनको आर्थिक सहयोग

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान

बाढी पीडितलाई सिन्धुलीका सामुदायिक वनको आर्थिक सहयोग
Featured

बाढी पीडितलाई सिन्धुलीका सामुदायिक वनको आर्थिक सहयोग

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन
Featured

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा
Featured

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?
Featured

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित
Featured

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied