सिन्धुली । मधेशी आयोगका अध्यक्ष डा. विजय दत्तले राष्ट्र र राष्ट्रियता नै नरहे नेपाली नरहने बताएका छन । सोमबार नेकपा एमाले कमलामाई नगरपालिका वडा नं. ५ मधुटारको टोल भेलालाई सम्बोधन गर्दै उनले राष्ट्र राष्ट्रियता र देशको रक्षा गर्ने पार्टी नेकपा एमाले भएको भन्दै संघियताले जनकपुर अञ्चललाई विभाजन गरे पनि तराई मधेश पहाडको सम्बन्ध सुमधुर रहेको बताए ।
दत्तले संघियताले नेपाल र नेपालीको मन टुक्राउन नसक्ने समेत बताएका छन । उनले राष्ट्रियता जोगाउन मधेश, पहाड र हिमालको मन एकै हुनुपर्नेमा जोड दिएका छन ।
काठमान्डौबाट २ नं. प्रदेश हुदै १ नं. प्रदेश जाने क्रममा भेलालाई सम्बोधन गर्न पुगेका दत्तले एकताले नै देश समृद्ध हुने विश्वास व्यक्त गरे । उनले जिल्लाका नेतृत्वलाई मधेशी आयोगलाई सहयोग गर्न र मधेशी मुद्दामा छलफल गर्न समेत अनुरोध गरे ।





















