• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Thursday, July 30, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Business

जवरजस्तीको सामाजिक सुरक्षा

इसाझा नेपाल संबाददाता by इसाझा नेपाल संबाददाता
असार २५, २०७८
in Business, Featured, Opinion
0

Share via:

0 Shares
  • Facebook 0
  • Twitter
  • LinkedIn
  • More

सरकारले बढो तामझाम साथ २०७४ मंसिर ११ गते योगदानमा आधारित सामाजिक सुरक्षा योजनाको घोषणा ग¥यो र सामाजिक सुरक्षा कोष पनि गठन ग¥यो । तर झण्डै चार वर्ष पुग्नै लाग्दा पनि यसमा जनसाधारणको आकर्षण र सहभागिता भने प्रभावकारी रुपमा बढ्न सकेको छैन ।

आरबी श्रेष्ठ

कोषले लिएको नीति, कोष प्रतिको विश्वासनीयता र तुलनात्मक रुपमा प्राप्त हुने लाभका आधारमा लक्षित वर्ग आकर्षित हुनु पर्नेमा सरकारले डण्डा देखाएर समय सिमाभित्र सहभागी बन्न कर गर्न पर्ने अवस्था आइ परेको छ । सरकारले सहभागी वन्न प्रोत्साहन गर्दै बजेट भाषण मै २ महिनाको योगदानका लागि सरकारका तर्फबाट संस्थाबाट थप्ने योगदान तिरिदिन भन्दै बजेट मै व्यवस्था गरेको घोषणाबाट लाभान्वित वर्गको सहभागीता स्व-उत्प्रेरण भन्दा पनि जनावरलाई घाँस देखाएर डो¥याउने पद्दतिको प्रतिविम्ब देखिएको छ । खास लाभान्वित वर्ग नै यो बाध्यकारी व्यवस्था र दवावको विरोधमा आन्देलित भएका छन् । बैंक तथा वित्तिय संस्थाका कर्मचारीहरुले औपचरिक घोषणा गरेरै आन्दोलन छेडेका छन् । अन्तराष्ट्रिय गैरसरकारी संस्थाका कर्मचारीहरु अन्यौल र बाध्यताबीच सहभागी भैरहेका छन् किन भने यिनीहरुका आवाज कमजोर छ । राष्ट्रिय गैरसरकारी संस्थाका कर्मचारीहरु अलमल मै देखिन्छन् । औद्योगिक तथा अनौपचरिक क्षेत्रमा काम गर्ने मजदुरको अन्यौलता त झनै बढी छ । सामाजिक सुरक्षा कोषप्रति कम आकर्षण हुनुमा यसका केहि व्यवस्था र सरकारको विभेदकारी व्यवहार कारण रुपमा रहेको देखिन्छ ।

प्रथम त नेपाल सरकारको ढुकुटीबाट तलब खाने र नीजि तथा गैरसरकारी क्षेत्रको तलब खाने व्यक्तिहरु बीच सरकारले विभेदकारी नीति अवलम्बन गरेको छ । सरकारका लागि सबै नागरिक समान हुनु पर्ने हो । तर सरकारी र नीजि क्षेत्र दुवै तिर योगदानमा आधारित निवृति भरण योजना भए पनि यसमा भएका व्यवस्थाहरु भने फरक फरक रहेका छन् । नेपाल सरकारले सरकारी कर्मचारीको लागि योगदानमा आधारित निवृतिभरण कोष संचालनका लागि ‘निवृतिभरण कोष ऐन २०७५’ ल्यायो । जस अनुसार नेपाल सरकार स्थायी सेवामा रहेका कर्मचारीहरुले निवृतिभरणका लागि कर्मचारीबाट ६५ कट्टा गरी त्यसमा १००५ सरकारले थप गरी कर्मचारीको व्यक्तिगत खाता खोली निवृतिभरण कोषमा जम्मा गर्न पाउने व्यवस्था गरेको छ ।

उनीहरुको संचय कोष तथा नागरिक लगानी कोष आफ्नै खातामा संचित हुने कोषकोे नियम अनुसारका सुविधा, समय समयमा सापटी र सेवा निवृत हुँदा साँवा, व्याज र मुनाफा सहित एकमुष्ट निकाल्ने सुविधा त छदै छ । सरकारका अस्थायी तथा संस्थानका कर्मचारीहरुलाई पनि कर्मचारी संचय कोष र नागरिक लगानी कोषमा सहभागी बन्न पाउने प्रावधान छ ।

त्यसै गरी निवृति भरण कोष सरकारको समेत गरी जम्मा हुने १२५ रकम पनि प्रत्येक तीन तीन महिनामा योगदान, व्याज र मुनाफा समेत थपेर व्यक्तिको हिसाव राखिने व्यवस्था गरिएको छ । यो रकमबाट २० वर्ष पुरा गरे अन्तिम तलब मानका आधारमा निवृति भरण पाउने र २० वर्ष नपुग्दै सेवा टुटेमा व्यक्तिगत खाताको सम्पूर्ण रकम फिर्ता लिन सक्ने व्यवस्था गरिएको छ । तर नीजि तथा गैरसरकारी क्षेत्रका कर्मचारीहरुलाई भने सम्पूर्ण रकम अनिवार्य सामाजिक सुरक्षा कोषमा लैजान पर्ने बाध्यकारी नीति लिइएको छ । जम्मा ३१५ जम्मा गरेर कुनै कारणले बीचमा सेवा टुटेमा ८.३३५ चाहि फिर्ता लिन सकिने तर बाँकी २०५ चाहि निवृति भरण कोषमा रहने व्यवस्था गरिएको छ ।

चार वर्ष भईसक्दा पनि व्याज, मुनाफा र लाभांश केही स्पष्ट छैन । ६० वर्षपछि मात्र निवृति भरण योजना अनुसार २०% ले जम्मा भएको रकमलाई १६० ले भाग गरि दामासाहीले निवृति भरण दिने भनिएको छ । तर ब्याज, मुनाफा कसरी जोडिने स्पष्ट छैन ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

अझ परिवार (श्रीमानरश्रीमति) रोजगार भयो सुविधा सेवा निवृत भएपछि मात्र पाइने व्यवस्थाले आफैले जम्मा गरेको रकमको पनि हकदार परिवार नरहने अवस्था छ ।

दोस्रो, नेपाल सरकारका कर्मचारी र स्वयम सामाजिक सुरक्षा कोषका कर्मचारी समेत कर्मचारी संचय कोष र नागरिक लगानी कोषमा सहभागी हुने व्यवस्थाले सामाजिक सुरक्षा कोषप्रति नीजि तथा गैर सरकारी क्षेत्रको विश्वास झन कमजोर भएको छ । जो कर्मचारी आफैं आफ्नो अवकास योजनाको रकम अर्को कोषमा जम्मा गरिरहेको छ उसले त्यो संस्था र यसको योगदानकर्ताको बृहत्तर हितका लागि कसरी दत्तचित्त भएर काम गर्छ कुरामा गम्भिर आशंका पैदा हुन्छ । यो सामुदायीक विद्यालयका शिक्षक, जो आफ्नै छोराछोरी नीजि विद्यालयमा पठाउँछन्, उनीहरुले विद्यालय सुधार गर्ने भने जस्तो हुन सक्छ । यिनीहरुको भूमिका अरुका लागि काम गरिदिने भन्ने हुन्छ । त्यसैले पनि सर्वसाधरणको यस प्रतिविश्वास बढ्न सक्दैनन् ।

तेस्रो कुरा भनेको नीजि तथा गैर सरकारी क्षेत्रमा काम गर्ने कर्मचारीको सेवाको स्थायीत्वको कुरा, जुन नेपालमा अझै निकै अस्थिर छ । बैंक तथा वित्तीय संस्थाहरुमा केहि स्थायीत्व भए पनि धेरै जसो उद्योग, गैर सरकारी संस्था र अनौपचारिक क्षेत्रमा काम गर्ने कर्मचारी अत्यन्तै अस्थायी प्रकृतिका रोजगारीमा हुन्छन् । सरकारले श्रम ऐन लागू गरेको भए पनि नियमित आम्दानी र व्यवसायीक निरन्तरताको अनिश्चितता भएकोले यस क्षेत्रमा काम गर्ने कर्मचारी सधै जोखिममा हुन्छन् । उनीहरुको सेवा कुनै पनि समय टुट्ने जोखिम सधै रहिरहन्छ । नेपाल जस्तो मुलुकमा बेरोजगार भए कुनै सुविधा पनि छैन । एउटा नोकरी सकिएपछि अर्को नपाएसम्म आफुले बचत गरेको संचय कोषले धान्न पर्ने हुन्छ । यसले गर्दा उनीहरुले ६० वर्षसम्म सेवा गरी निवृति भरण प्राप्त गर्ने कुरा आकाशको फल आँखा तरि मर भने सरह छ ।

नेपालका नीजि तथा गैर सरकारी संस्थाले कर्मचारीलाई जे सुविधा दिई आएका छन्, त्यसैबाट कटाई श्रम ऐनले व्यवस्था गरेको संचयकोष तथा उपदान जस्ता सुविधा दिने हुन । सामाजिक सुरक्षा कोषमा योगदान गर्ने रकम भनेको पनि कर्मचारीले पाउनेबाटै कटाइने हुँदा कर्मचारीको हातमा लाग्ने रकम अवश्य घट्दछ । गैर सरकारी संस्थाको आफ्नै आम्दानीको स्रोत नभएकोले दाताले परियोजनाको तलव भत्ता शिर्षकमा जे जति रकम दिन्छन्, त्यसैबाट कट्टा गरी सामाजिक सुरक्षा कोषमा जम्मा गर्ने हो । त्यसैले सेवाबाट अलग हुँदा २०% निवृति भरणको रुपमा ६० वर्षपछि मात्र पाउने वा लोग्ने वा स्वास्नी रोजगार भए निज अवकास भएपछि मात्र पाउने भन्ने व्यवस्थाले प्रत्यक्ष रुपमा कर्मचारीले पाउने भुक्तानी नपाउने भन्ने हो । यसरी खाइपाइ आएको सुविधा घटाउने गरि गरिएको व्यवस्था प्राकृतिक न्यायको सिद्धान्त विपरित छ ।

हाल औपचारिक क्षेत्रका रोजगार दाताहरुले न्यूनतम स्वास्थ्य उपचारका लागि कर्मचारी र आश्रित समेतको बजारमा उपलब्ध विमा कम्पनीहरुसंग स्वास्थ्य उपचार विमा गरिरहेका छन् । नेपाल सरकारको स्वास्थ्य विमा कार्यक्रमले पनि समग्र परिवारको स्वास्थ्य विमा सुनिश्चित गरेको छ । तर सामाजिक सुरक्षा कोषले कर्मचारीको मात्र स्वास्थ्य विमाको व्यवस्था गरेको हँदा सरकार कै नीतिसंग समेत विरोधाभास हुने खालको छ । सम्पुर्ण परिवारको स्वास्थ्य उपचारको दायीत्व कर्मचारीको हुने हुदा सामाजिक सुरक्षा कोष दिने स्वास्थ्य विमा प्रणालीले कर्मचारीको मात्र व्यहोर्ने कुरा आफैमा अपूर्ण भएकोले आकर्षक हुने कुरै भएन । एउटा कर्मचारी आफू विमित भए पनि परिवारको लागी नेपाल सरकारको स्वास्थ्य विमामा सहभागी हुनै पर्ने वाध्यता कायमै रहन्छ । त्यसैले सामाजिक सुरक्षा कोषले दिने स्वास्थ्य विमाले कर्मचारीको आवश्यकता पुरा गर्न नसक्ने हुँदा पनि यसले कर्मचारीहरुलाई आकर्षण गर्न सकेकोे छैन ।

सरकारको निर्णयबाट चलेको कर्मचारी संचय कोष, नागरिक लगानी कोष, निवृति भरण कोष र सामाजिक सुरक्षा कोष सबै देशकै नागरिकहरुका लागि हो । नीजि तथा गैरसरकारी क्षेत्रमा कार्यरत कर्मचारीहरु यस अगाडि देखि नै नागरिक लगानी कोष र कर्मचारी संचय कोषमा आवद्ध भइ आएका छन् । तर अहिले आएर सरकारको र सरकारी संस्थानका कर्मचारीहरु मात्र नागरिक लगानी कोष र कर्मचारी संचय कोषमा सहभागी हुन पाउने र नीजि तथा गैरसरकारी क्षेत्रका कर्मचारीहरुका लागि चाहिं सामाजिक सुरक्षा कोषमा अनिवार्य सहभागी हुन पर्ने बाध्यकारी निर्देशन गर्नु र दवाव दिनु आफैमा घोर विभेदकारी छ । सरकार भनेको सबैको अविभावक भएकोले सबै नागरिक र कोष प्रति समान धारणा हुन पर्ने हो । यसो गरेमा सबै कोषलाई संचयकर्ताहरु प्रति बढी विश्वास आर्जन गर्न र उत्तरदायी बन्न कर लाग्दछ । नत्र भने सामाजिक सुरक्षा कोष योगदानकर्ता भन्दा पनि सरकार प्रति बढी जवाफदेहि बन्ने र योगदानकर्ताहरुमाथी हैकम जमाउने संस्थाको रुपमा विकसित हुन सक्छ ।

कर्मचारीहरु जुन कोषमा आकर्षित हुन्छन् त्यसमा सहभागी बन्ने स्वतन्त्रता पाउनु उनीहरुको अधिकार हो । यसका लागि तटस्थ सहजीकरण गर्नु नै सरकारको अविभावकीय भूमिका हुन्छ । त्यसैले कर्मचारीको छनौटमा कुन कोषमा जान पाउने हक सुनिश्चित गरि सरकारले आफ्नो जिम्मेवारी पुरा गर्न आवश्यक छ ।

 (यो लेखकको नीजि विचार हो उहाँसँग लामो समय राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैह्र सरकारी संघ संस्थामा काम गरेको अनुभव छ ।)

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

महोत्तरीका अधिकांश पत्रकारद्वारा न्युनतम पारिश्रमिक नपाएको गुनासो

Next Post

जन्मदिनमा कोभिड नियन्त्रणमा उल्लेख्य काम गर्नेलाई सम्मान

सम्बन्धित खबरहरु

पत्रकारमाथि प्रशासनिक उजुरी दर्ता गरिनु प्रेस स्वतन्त्रता विरुद्ध : पत्रकार महासंघ बागमती
Featured

पत्रकारमाथि प्रशासनिक उजुरी दर्ता गरिनु प्रेस स्वतन्त्रता विरुद्ध : पत्रकार महासंघ बागमती

पत्रकार नेपालीमाथिको मुद्दा फिर्ता लिन प्रेस युनियनको माग
Featured

पत्रकार नेपालीमाथिको मुद्दा फिर्ता लिन प्रेस युनियनको माग

पत्रकार विरुद्धको उजुरी फिर्ता नलिए आन्दोलनमा जाने चौतारीको चेतावनी
Featured

पत्रकार विरुद्धको उजुरी फिर्ता नलिए आन्दोलनमा जाने चौतारीको चेतावनी

अध्यक्ष श्रेष्ठमाथिको दुर्व्यवहारप्रति उवासंघको आपत्ति
Featured

अध्यक्ष श्रेष्ठमाथिको दुर्व्यवहारप्रति उवासंघको आपत्ति

पत्रकारमाथि उजुरी दर्ता प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप : राष्ट्रिय फोटो पत्रकार समूह
Featured

पत्रकारमाथि उजुरी दर्ता प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप : राष्ट्रिय फोटो पत्रकार समूह

पत्रकारमाथि मुद्दा दर्तापछि पत्रकारसम्बद्ध संस्थाहरु सक्रिय, पाँच सदस्यीय कार्यदल गठन
Featured

पत्रकारमाथि मुद्दा दर्तापछि पत्रकारसम्बद्ध संस्थाहरु सक्रिय, पाँच सदस्यीय कार्यदल गठन

सिन्धुलीमा तीन वर्षमा एक सय पाँच यौनजन्य हिंसाका घटना
Featured

सिन्धुलीमा तीन वर्षमा एक सय पाँच यौनजन्य हिंसाका घटना

सिन्धुलीमा बढ्दै लागुऔषधका मुद्दाहरु
Featured

सिन्धुलीमा बढ्दै लागुऔषधका मुद्दाहरु

एकसठ्ठी प्रतिशत घरेलु हिंसाका घटना कमलामाई नगरपालिकामा
Featured

एकसठ्ठी प्रतिशत घरेलु हिंसाका घटना कमलामाई नगरपालिकामा

भर्खरै प्राप्त समाचारहरु

पत्रकारमाथि प्रशासनिक उजुरी दर्ता गरिनु प्रेस स्वतन्त्रता विरुद्ध : पत्रकार महासंघ बागमती

पत्रकार नेपालीमाथिको मुद्दा फिर्ता लिन प्रेस युनियनको माग

पत्रकार विरुद्धको उजुरी फिर्ता नलिए आन्दोलनमा जाने चौतारीको चेतावनी

अध्यक्ष श्रेष्ठमाथिको दुर्व्यवहारप्रति उवासंघको आपत्ति

पत्रकारमाथि उजुरी दर्ता प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप : राष्ट्रिय फोटो पत्रकार समूह

पत्रकारमाथि मुद्दा दर्तापछि पत्रकारसम्बद्ध संस्थाहरु सक्रिय, पाँच सदस्यीय कार्यदल गठन

सिन्धुलीमा तीन वर्षमा एक सय पाँच यौनजन्य हिंसाका घटना

सिन्धुलीमा बढ्दै लागुऔषधका मुद्दाहरु

एकसठ्ठी प्रतिशत घरेलु हिंसाका घटना कमलामाई नगरपालिकामा

पत्रकारमाथि प्रशासनिक उजुरी दर्ता गरिनु प्रेस स्वतन्त्रता विरुद्ध : पत्रकार महासंघ बागमती
Featured

पत्रकारमाथि प्रशासनिक उजुरी दर्ता गरिनु प्रेस स्वतन्त्रता विरुद्ध : पत्रकार महासंघ बागमती

पत्रकार नेपालीमाथिको मुद्दा फिर्ता लिन प्रेस युनियनको माग
Featured

पत्रकार नेपालीमाथिको मुद्दा फिर्ता लिन प्रेस युनियनको माग

पत्रकार विरुद्धको उजुरी फिर्ता नलिए आन्दोलनमा जाने चौतारीको चेतावनी
Featured

पत्रकार विरुद्धको उजुरी फिर्ता नलिए आन्दोलनमा जाने चौतारीको चेतावनी

अध्यक्ष श्रेष्ठमाथिको दुर्व्यवहारप्रति उवासंघको आपत्ति
Featured

अध्यक्ष श्रेष्ठमाथिको दुर्व्यवहारप्रति उवासंघको आपत्ति

पत्रकारमाथि उजुरी दर्ता प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप : राष्ट्रिय फोटो पत्रकार समूह
Featured

पत्रकारमाथि उजुरी दर्ता प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप : राष्ट्रिय फोटो पत्रकार समूह

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied