• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Tuesday, July 28, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

‘कोभिड संक्रमितले स्वास्थ्यकर्मीको सल्लाह विना औषधि नखाईदिनुस्’ : डा.पाण्डे

बिमला पाण्डे by बिमला पाण्डे
जेष्ठ २२, २०७८
in Featured, Health, Interview, Province 3
0

Share via:

56 Shares
  • Facebook 56
  • Twitter
  • LinkedIn
  • More

जिल्ला आयुर्वेदिक स्वास्थ्य केन्द्रका सेवा प्रवाह, कोभिड १९ मा कार्यालयले प्रदान गर्दै आएको सेवा र कोभिड र आयुर्वेदिक औषधि र टिप्स सहितको जानकारीका लागि जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका प्रमुख आयुर्वेदिक चिकित्सक ललिता पाण्डेसँग यस अनलाईनका सम्पादक बिमला पाण्डेले गर्नु भएको कुराकानी ।

 

– जिल्ला आयुर्वेदिक सेवा केन्द्रको सेवा प्रवाहबारे जानकारी दिनुस न ?
हामीले दैनिक रुपमा यहाँबाट ओपिडि सेवा दिईरहेका छौं । ओपिडि सेवा निशुल्क नै हुन्छ । निशुल्क विरामी जाँच हुन्छ । यहाँ सबै खालको रोगको उपचार आयुर्वेदिक चिकित्सा पद्दतिबाट नै हुन्छ । निशुल्क औषधि वितरण गरिरहेका छौं । हामीले पञ्चकर्म सेवा अन्तर्गत पूर्व कर्म सेवा यहाँबाट दिईरहेका छौं । पञ्चकर्म भन्नाले आयुर्वेदको एक चिकित्सा पद्दति हो । जसबाट हाम्रो शरीरको शोधन गरिन्छ । तर हाल कोभिडको कारणले यो सेवा केहि समयका लागि बन्द गरिएको छ । यस्तै यहि आर्थिक वर्षदेखि हामीले ल्याव सेवा सञ्चालनमा ल्याउँदै छौं । जसका लागि सामानहरु खरिद गर्ने प्रक्रियामा छ । अर्को सेवा भनेको जेष्ठ नागरिक सेवा हो । हामीले जेष्ठ नागरिकहरुलाई रोग प्रतिरोधात्मक क्षमता बढाउने र कमजोरी हटाउने आयुर्वेदिक औषधिहरु निशुल्क दिने गरेका छौं । यस्तै अर्को स्तनपाई कार्यक्रम छ । जो ६ महिनासम्मको सुत्केरी महिलाहरुलाई सेवा दिन्छौं । बालमृत्युदर र मातृ मृत्युदर घटाउन र कुपोषण हुनबाट बचाउन स्तनपान गराईरहेका आमाहरुका लागि स्तनन्यवर्दक औषधिहरु निशुल्क उपलब्ध गराउँछौं । यति नै सेवा हामीले यहाँबाट प्रदान गरिएको छ ।

 

– सेवाग्राहीहरुमा आयुर्वेदिक उपचार पद्दतिमा कत्तिको रुचि रहेको छ ?
आयुर्वेदिक उपचारमा पहिलेको तुलनामा अहिले रुचि बढेको देखिन्छ । कोभिड १९ को जोखिम बढीरहदा यसको झनै माग र रुचि बढेको देखिएको छ । प्रचारप्रसार कम भएका कारणले पनि उपचारमा आउनेको संख्या कमी भएको हुन सक्छ । तर कोभिडका कारणले यसको प्रचार प्रसार हुन थालेको छ । कोभिडको उपचार त छैन आयुर्वेदमा तर रोकथाम चाहिं गर्न सकिने हुनाले अलि बढी चासो दिईएको जस्तो लाग्छ । पहिलेको तुलनामा ओपिडीमा पनि विरामी संख्या बढ्न थालेको छ ।

– ओपीडिमा सेवाग्राहि बढे भन्नु भयो ? कति अनुपातमा विरामी बढेका छन त ?
पहिले पहिले १५, २० जना आउनेमा अहिले ३० देखि ४० जना आउने गरेका छन । लगभग दोब्वर सेवाग्राहि बढेको पाईएको छ । आयुर्वेदका अन्य शाखाहरु राख्न सकियो भने विरामीको चाप बढ्न सक्ने देखिन्छ ।

– आयुर्वेदिक चिकित्सा प्रणाली र एलोपेथिक उपचारमा के फरक छ ?
हरेक चिकित्सा प्रणाली आफ्नो आफ्नो सिदान्तमा आधारित हुन्छन । फरक फरक तरिकाबाट उपचार हुन्छ  । आयुर्वेद मात्र चाहिन्छ एलोपेथ चाहिदैन भन्ने हुदै हुदैन तर आयुर्वेद चाहिन्छ । यी दुई उपचार प्रणालीलाई सँगसँगै लानुपर्छ जस्तो मलाई लाग्छ । कुनै रोग आयुर्वेदबाट सम्भव नहुने खालका हुन्छन । जस्तो आपतकालिन दुर्घटना वा अन्य रोगका लागि छिटो उपचार गर्न एलोपेथ नै ठिक हुन्छ । अप्रेशन गर्ने खालका रोगहरु आयुर्वेदमै सफल हुन्छ भनेर भन्न सक्दैनौं । नहुन पनि सक्छ । क्रोनिक डिजिजहरु जस्तो वाथ रोगहरु हुन्छ, पायल्सका रोगहरु हुनसक्छ त्यस्ता रोग चाहिँ एलोपेथिकका तुलनामा आयुर्वेदमा राम्रो उपचार भएका रिसर्चहरु पनि छन । त्यसैले दुईवटै उपचार पद्दतिलाई आवश्यकता र अवस्था अनुसार लिएर जानुपर्छ जस्तो लाग्छ ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

– कोरोना महामारीमा कुन खालका औषधिहरु सिफारिस गरिराछौं र त्यसका फाईदाहरु के के छन ?
कोरोना महामारीमा जनमानस दुई थरिका छन । कुनैले आयुर्वेदिक औषधि खानै हुदैन । यसले लिभर, किड्नी ड्यामेज गर्छ भन्ने छ । अर्को थरी आयुर्वेदिक औषधि खानुपर्छ भनेर धेरै खाने । उहाँहरुलाई आयुर्वेदमा कोरोना भन्ने कहाँ छ ? कोरोनाको औषधि छैन, भ्याक्सिन छैन भन्ने हुन्छ । कोरोना नाम नदिए पनि कोरोना जस्ता रोगहरु आयुर्वेदको जनपदध्वसमा उल्लेख गरेको छ । त्यसैलाई आधार मानेर रोग प्रतिरोधात्मक क्षमता बढाउने औषधिहरु दिने गरेको हो । हामीले घर आँगन, भान्सामै खाने खालका मसलाहरु मरिच, बेसार, अदुवा, लसुन दैनिक रुपमा उचित मात्रामा प्रयोग गरेमा रोग प्रतिरोधात्मक क्षमता बढाउन मद्दत गर्छन र कोरोना लाग्न नदिन मद्दत गर्छन । यदि कोरोना लागि सक्यो भने पनि यी मसलाहरुले विरामीलाई गम्भिर अवस्थामा लान दिदैंन । यहाँबाट हामीले दिने भनेको चाहिँ परामर्श पनि दिन्छौं । हामीले चार भागमा बाँडेर औषधि दिने गरेका छौं । कोभिड भईसकेका र लक्षण देखिएका विरामीको लागि ज्वरो आएकालाई ज्वरो नासक औषधि मिसाएर दिन्छौं, कसैलाई खोकी लागेको छ भने सोहि अनुसार औषधि दिन्छौं । लक्षण नभएकालाई छुट्टै खालको औषधि दिन्छौं । यस्तै पोष्ट कोभिडका विरामीलाई पनि हामीले औषधिहरु दिने गरेका छौं । रिपोर्ट नेगेटिभ आउने तर कमजोरी हुने, खोकी लाग्ने, डिप्रेसन हुने, ग्याष्ट्रिक बढ्ने समस्या भएका विरामीलाई सोहि अनुसारको औषधि दिने गरेका छौं । उनीहरुलाई पनि एक महिनासम्मका लागि फोकस गरेर औषधिहरु दिने गरिएको छ । अर्को चाहि हामीले प्रिभेन्सनको लागि । जो फ्रन्टलाईनमा काम गर्नेहरुलाई पनि पूर्व सतर्कताका लागि आवश्यकता अनुसार औषधिहरु दिने गरेका छौं । आयुर्वेदिक औषधिले कोरोना नै निको हुन भन्दा पनि लाग्न नदिने र लागि सकेपछि पनि गम्भिर अवस्थामा विरामी नजाओस भनेर दिईएको हो ।

– कोरोना र महामारीलाई कसरी जोड्दा उपयुक्त हुन्छ ?
जनपदध्वंस भनेर उल्लेख गरेको छ आयुर्वेदको शास्त्रमा । भिन्न भिन्न प्रकृति, उमेर समूह वा भिन्न आहार सेवन गर्ने मान्छेलाई वायु जल भूमि विकृत भएर एउटै खालको रोग लाग्छ भने त्यसलाई जनपदध्वंस भनिन्छ । त्यो अहिलेको कोरोना महामारीसँग मिल्यो नि त । त्यसैलाई आधार मानेर त्यसैमा उल्लेख गरिएका एक मानिसबाट अर्को मानिसले दुरी कायम गर्ने, बाहिरबाट घरमा आएर नुहाउने जस्ता विधिहरु उल्लेख गरेको छ । जुन अहिले आएर हामीले पालना गरिरहेका छौं । अहिले हामी बाहिरबाट आएर हात धुने, नुहाउने, लुगा खोल्ने गर्छौं नि । महामारी भनेर उल्लेख गरेको भए पनि कोभिड भनेर उल्लेख भने गरिएको छैन ।

– जिल्लामा कोभिडसँग सम्बन्धित कुन कुन कार्यक्रम गरेका छौं ?
हामीले कोभिडका समयमा जिल्लाबाट पहिलो चरणको कोभिडमा आइसोलेसन सेन्टरहरु, क्वारेन्टाईनहरुमा गयौं । मनोपरामर्श, रोग प्रतिरोधात्मक क्षमता बढाउने औषधि दिने र योग सिकायौं । दोस्रो लहरको कोरोना संक्रमणको बेला हामी आइसोलेसन सेन्टरमा त्यहि गएनौं । कमलामाईमा रहेको कोभिड अस्पतालमा एक पटक पुग्यौं । अहिले त्यहाँ आउने विरामी अन्तिम अवस्थाका धेरै अक्सिजन चाहिने विरामी मात्र भर्ना हुनुहुन्छ । त्यसपछि हामीले होम आइसोलेसनमा बसेका विरामीका लागि औषधि तथा परामर्श दिन गईरहेका छौं । अर्को हामीले रेडियोहरुमा जिंगल पनि बजाएका छौं । परामर्शका लागि सम्पर्क नम्बर पनि दिएका छौं । उहाँहरुले भिडियो कल मार्फत पनि सेवा लिन सक्नुहुन्छ । यसरी परामर्श पनि लिइरहनु भएको छ । कोभिड लागेका विरामीका आफन्तहरुले पनि कार्यालयमै आएर औषधिहरु लिईरहनु भएको छ ।

– आयुर्वेद सेवालाई व्यापक बनाउनका लागि भएका समस्या के छ ?
कोभिडको समयमा आयुर्वेद सेवालाई व्यापक बनाउन पहिलो त हामीलाई सुरक्षित हुने खालका सामग्री चाहियो । पिपिई, मास्क लगाएतका सामग्री पाएका छौं । खासै त्यस्तो समस्या छैन । हामी घर घरमै गएर सेवा दिएका छौं ।

– आयुर्वेद स्वास्थ्य विकास हुन नसक्नुका कारण के छन ?
आयुर्वेद स्वास्थ्य ओझेलमा परेको छ । बजेट विनियोजन गर्दा पनि एकदमै थोरै बजेट दिने, जनशक्ति कम हुने लगाएतका कारणले आयुर्वेद स्वास्थ्य सेवा ओझेलमा छ भने प्रचार प्रसारको कमी पनि छ । जिल्ला व्यापी कार्यक्रम गर्न सक्यो भने यसको प्रभाव व्यापक हुन सक्थ्यो । त्यस्तो गर्न सकिएको छैन ।

– आयुर्वेद स्वास्थ्यको विकासका लागि कसले के गर्नुपर्छ ?
माथिल्लो निकाय अर्थात जसले नीति नियम बनाउनुहुन्छ उहाँहरुले आयुर्वेदलाई प्राथमिकतामा राख्नुपर्छ । हाम्रो स्वास्थ्य नीतिमा आयुर्वेदलाई माथि लानुपर्छ भन्ने थियो नि त्यो लागु भएन । यसपालीको बजेटमा पनि प्रत्येक प्रदेशमा प्रादेशिक आयुर्वेद अस्पताल निर्माण गर्ने लेखिएको छ तर त्यो लागु हुदैन । नीति नियम जसरी बनाइन्छ त्यसलाई लागु पनि गर्नुप¥यो । अस्पतालका रुपमा आयुर्वेदलाई विकास गर्न आवश्यक छ । कोभिडका महामारीमा केहि जिल्लाहरुमा आइसोलेसन सेन्टरहरु पनि स्थापना भएका छन । जिल्लामा त्यो सम्भव भएन ।

– आयुर्वेदमा सेवाग्राहिको पहुँच पु¥याउन के गर्न सकिन्छ ?
प्रचार प्रसार नै हो यसको लागि त । हामीले घर घरमै गएर हुन्छ की सञ्चारमाध्यमबाट हुन्छ की प्रचार गर्ने नै हो । कतिलाई आफ्नै घरमा भएका जडिबुटीबारे नै जानकारी हुदैन । त्यसका बारेमा जानकारी दिएर प्रयोग गर्न सिकाउनु आवश्यक छ ।

– कोरोनामा कति जनाले सेवा लिनु भएको छ ?
कोभिडको दोस्रो लहरबाट प्रभावितहरुले यो कार्यालयबाट २ सय २३ जनाले सेवा लिनु भएको छ । हामीले कमलामाई नगरपालिकाको वडा नं. ७, ६ हुदै घर दैलो सेवा प्रवाह सुरु गरेका छौं । सकेसम्म धेरै संक्रमितको घरमा पुग्न थालेका छौं । उहाँहरुलाई मनोसामाजिक परामर्श सहित औषधिहरु दिएका छौं । औषधिले कति भ्याउँछ त्यति सम्म घरदैलो गर्छौं । ओपिडिमा पनि औषधि चाहिन्छ ।

– स्थानीय तहको कत्तिको सहयोग रहेको छ ?
अहिले हामीलाई स्थानीय तहले कुनै सहयोग गरेको छैन । हामीले आफ्नै श्रोत र जनशक्तिबाट काम गरेका छौं । स्थानीय तहले बजेट विनियोजन गरेर पालिका पालिकामा सेवा केन्द्रहरु राख्यो भने त धेरै राम्रो हुने थियो । हामी सहयोग गर्न तयार छौं ।

– अन्तमा भन्नुपर्ने केहि छ ?
अन्तमा म आयुर्वेदका केहि टिप्सहरु भन्न चाहन्छु । आयुर्वेद औषधि भन्दा वित्तिकै प्रचारको भरमा आफुखुशी आयुर्वेद स्वास्थ्यकर्मीको सल्लाह विना औषधि नखाईदिनु हुन अनुरोध गर्दछु । आफ्नै घर आँगनमा भएको जस्तै गुर्जो प्रयोग गर्दा फ्रेस गुर्जो छ भने बुढी औंला जति लम्बाई र मोटाई भएको गुर्जो लिने र थिचेर आधा लिटर पानीमा पकाएर खाने । अर्को असुँरो पनि पाउँछ । यसले स्वासप्रश्सासमा एकदम राम्रो गर्छ । असँुरोको २ वटा पातलाई दुई गिलास पानीमा पकाएर एक गिलास बाँकी रहेपछि खाने गर्दा यसले राम्रो गर्छ । तेजपात, दालचिनी, सुठो, मरिच, पिप्लालाई एकै पटक पकाएर थर्मसमा राखेर दिनभरी त्यसैको पानी लिने, अलि झोलिलो कुराहरु खाने, नडराउने, योग प्रणायमहरु गर्ने जस्ता काम गर्ने गर्दा राम्रो हुन्छ । योग प्रणायमहरुले फोक्सोको क्षमतालाई बढाउने काम गर्छ । कोभिड संक्रमित व्यक्तिले २÷२ घण्टाको फरकमा १५÷१५ मिनेट गर्दा राम्रो हुन्छ । प्रणायमहरु टिभि, युटुबहरुमा पाइन्छन । त्यो हेरेर गर्दा पनि हुन्छ । लामो गरि स्वास फेर्ने, केहि समय रोक्ने र छोड्ने खालको प्रणायम आवश्यक हुन्छ । कोभिड संक्रमितले धेरै लामो समय गर्न सक्नुहुन्न । स्वस्थ व्यक्तिले विहान बेलुका १, १ घण्टा प्रणायम गर्दा एकदमै राम्रो हुन्छ । डरलाग्दा समाचारहरु नहेर्नु । आधिकारीक समाचारहरु मात्र हेर्नु होला ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

छ विद्यालयलाई स्कुल बस, दुई विद्यालय डिजिटल विद्यालय

Next Post

कोरोनाबाट मृत्यु हुनेका परिवारलाई पन्ध्र हजार किरिया खर्च

सम्बन्धित खबरहरु

सिन्धुलीमा तीन वर्षमा एक सय पाँच यौनजन्य हिंसाका घटना
Featured

सिन्धुलीमा तीन वर्षमा एक सय पाँच यौनजन्य हिंसाका घटना

सिन्धुलीमा बढ्दै लागुऔषधका मुद्दाहरु
Featured

सिन्धुलीमा बढ्दै लागुऔषधका मुद्दाहरु

एकसठ्ठी प्रतिशत घरेलु हिंसाका घटना कमलामाई नगरपालिकामा
Featured

एकसठ्ठी प्रतिशत घरेलु हिंसाका घटना कमलामाई नगरपालिकामा

एउटै परिवारका चार जनालाई राष्ट्रिय पुरस्कार
Business

एउटै परिवारका चार जनालाई राष्ट्रिय पुरस्कार

सिन्धुलीमा बढ्दो आत्महत्याको ग्राफ
Featured

सिन्धुलीमा बढ्दो आत्महत्याको ग्राफ

प्रकाशकीय : जनविश्वासको यात्रा सोह्रौँ वर्षमा प्रवेश
Featured

प्रकाशकीय : जनविश्वासको यात्रा सोह्रौँ वर्षमा प्रवेश

फिक्कल २ बालमैत्री स्थानीय शासन वडा घोषणा
Featured

फिक्कल २ बालमैत्री स्थानीय शासन वडा घोषणा

अधिवक्ता आचार्यको आक्रमणविरुद्ध उच्च अदालत बार यशोसियसनको ध्यानाकर्षण, छानविनको माग
Featured

अधिवक्ता आचार्यको आक्रमणविरुद्ध उच्च अदालत बार यशोसियसनको ध्यानाकर्षण, छानविनको माग

सेवाग्राहीमैत्री सेवा र अनलाइन प्रणाली विस्तार गर्छौं : मन्त्री श्रेष्ठ
Featured

सेवाग्राहीमैत्री सेवा र अनलाइन प्रणाली विस्तार गर्छौं : मन्त्री श्रेष्ठ

भर्खरै प्राप्त समाचारहरु

सिन्धुलीमा तीन वर्षमा एक सय पाँच यौनजन्य हिंसाका घटना

सिन्धुलीमा बढ्दै लागुऔषधका मुद्दाहरु

एकसठ्ठी प्रतिशत घरेलु हिंसाका घटना कमलामाई नगरपालिकामा

एउटै परिवारका चार जनालाई राष्ट्रिय पुरस्कार

सिन्धुलीमा बढ्दो आत्महत्याको ग्राफ

प्रकाशकीय : जनविश्वासको यात्रा सोह्रौँ वर्षमा प्रवेश

फिक्कल २ बालमैत्री स्थानीय शासन वडा घोषणा

अधिवक्ता आचार्यको आक्रमणविरुद्ध उच्च अदालत बार यशोसियसनको ध्यानाकर्षण, छानविनको माग

सेवाग्राहीमैत्री सेवा र अनलाइन प्रणाली विस्तार गर्छौं : मन्त्री श्रेष्ठ

सिन्धुलीमा तीन वर्षमा एक सय पाँच यौनजन्य हिंसाका घटना
Featured

सिन्धुलीमा तीन वर्षमा एक सय पाँच यौनजन्य हिंसाका घटना

सिन्धुलीमा बढ्दै लागुऔषधका मुद्दाहरु
Featured

सिन्धुलीमा बढ्दै लागुऔषधका मुद्दाहरु

एकसठ्ठी प्रतिशत घरेलु हिंसाका घटना कमलामाई नगरपालिकामा
Featured

एकसठ्ठी प्रतिशत घरेलु हिंसाका घटना कमलामाई नगरपालिकामा

एउटै परिवारका चार जनालाई राष्ट्रिय पुरस्कार
Business

एउटै परिवारका चार जनालाई राष्ट्रिय पुरस्कार

सिन्धुलीमा बढ्दो आत्महत्याको ग्राफ
Featured

सिन्धुलीमा बढ्दो आत्महत्याको ग्राफ

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied