सिन्धुली । कमलामाई नगरपालिकाका छ सामुदायीक माविले स्कुल बस पाउने भएका छन भने २ वटा माध्यामिक विद्यालयलाई डिजिटल विद्यालयका रुपमा विकास गरिने भएको छ । मर्ज गरिएका माविका लागि बसको व्यवस्था गरिएको हो ।
जसका लागि सामाजिक विकास मन्त्रालयले बजेट विनियोजन गरिसकेको छ । यसरी स्कुल बस पाउने विद्यालयहरुमा जनज्योति मावि फोस्रेटार, कमला मावि ढुंग्रेवास, कमला जनज्योति मावि सिलामे, मावि गडौली, कालिका मावि पल्लो रामपुर, गौमति मावि माढीबजार रहेका छन ।
यस्तै बाग्मति प्रदेश सरकारले नगरपालिका भित्रका २ वटा विद्यालयलाई डिजिटल विद्यालयका रुपमा विकास गर्ने भएको हो । डिजिटल प्रविधिको विकास गरिने विद्यालयमा जनजागृती मावि निवुवाटार र जनजागृति मावि भिमान रहेका छन ।





















