सिन्धुली । फिक्कल गाउँपालिका वडा नं. ३ नयाँ पानी भिरमा एक शिक्षकको शव भेटिएको छ ।
गाउँपालिका वडा नं. ३ बेतिनी घर भई प्रावि ओख्रेनीमा पढाउने स्थायी शिक्षक ४७ वर्षिय टंकनाथ पहाडीको शव न्युरेखोला चनौटे सडकबाट २ सय मिटर तल शव भेटिएको हो ।
शनिबार फिक्कलको चनौटेमा नेपाली कांग्रेसको पालिका स्तरीय अगुवा कार्यकर्ता भेलाका लागि घरबाट निस्केका पहाडी घरमा नफर्केपछि परिवारले खोजतलास गर्ने क्रममा पहाडीको शव फेला परेको थियो ।
घटनाका सम्बन्धमा अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डिएसपी मनोज कुमार लामाले बताए । उनले घटनास्थलतर्फ इलाका प्रहरी कार्यालय खुर्कोट र प्रहरी चौकी खाङसाङको टोली परिचालन गरिएको बताए ।




















