सिन्धुली । नेपाल आदिवासी जनजाती पत्रकार महासंघ सिन्धुलीले नेपाल पत्रकार महासंघ सिन्धुलीका नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई बधाई तथा शुभकामना सहित सम्मान गरेको छ ।
सोमबार सिन्धुलीमाढीमा फोनिजका केन्द्रीय अध्यक्ष डण्ड गुरुङको प्रमुख आतिथ्यता तथा न्युनतम पारिश्रमिक निर्धारण समितिका सदस्य बिमला पाण्डे लगाएत अग्रज पत्रकारहरुको उपस्थितिमा बधाई तथा शुभकामना सहित सम्मान गरेको हो ।
फोनिजका अध्यक्ष गुरुङले कार्यक्रममा नवनिर्वाचित महासंघको टिम र न्युनतम पारिश्रमिक निर्धारण समितिका सदस्य बिमला पाण्डेलाई सम्मान गरेका हुन ।
कार्यक्रममा बोल्दै गुरुङले पत्रकारहरुका सवालमा महासंघले विना पूर्वाग्रह काम गर्नुपर्नेमा जोड दिए । उनले पत्रकारको क्षमता अभिवृद्धि, वृद्धिविकासमा काम गर्न अनुरोध गरे ।
कार्यक्रममा बोल्दै न्युनतम पारिश्रमिक निर्धारण समितिका सदस्य बिमला पाण्डेले श्रमजीवि पत्रकारका हितमा काम गर्न र पत्रकारीतालाई व्यवस्थित गर्न अवको नेतृत्वले काम गर्ने र साझा संस्था भएको अनुभूति दिलाउनेमा विश्वास व्यक्त गरिन ।
नेपाल पत्रकार महासंघका निवर्तमान केन्द्रीय सदस्य द्वारिका काफ्लेले महासंघले साझा संस्थाका रुपमा काम गर्नुपर्नेमा जोड दिए । यस्तै नेपाल पत्रकार महासंघ सिन्धुलीका अध्यक्ष कृष्णहरी घिमिरेले महासंघ र पत्रकारको हितमा काम गर्न सबैको साथ आवश्यक रहेको बताए । कार्यक्रममा नेपाल पत्रकार महासंघ सिन्धुलीका पूर्व अध्यक्ष सञ्जय कुमार दाहाल, नवनिर्वाचित उपाध्यक्ष टिकाजंग थापा लगाएतले मन्तव्य व्यक्त गरेका थिए ।
यसैबीच सोमबार नै नवनिर्वाचित महासंघको टिमलाई सिन्धुली उद्योग वाणिज्य संघ सिन्धुलीले पनि बधाई सहित सम्मान गरेको छ ।





















