सिन्धुली । नेपाल वार यशोसियसन जिल्ला वार ईकाई सिन्धुलीको अध्यक्षमा पुनः जंगबहादुर राई निर्वाचित भएका छन । सिन्धुली जिल्ला अदालत वार एकाईको २९ औं बार्षिक साधारण सभा तथा १५ औं अधिवेशनबाट राई अध्यक्षमा निर्वाचित भएका हुन ।
राईले १५ मत प्राप्त गरि अध्यक्षतामा निर्वाचित भएका हुन । जम्मा १९ मतमा उनका प्रतिस्पर्धि ओमराज तामाङले ४ मत प्राप्त गरेका थिए ।
अधिवेशनले उपाध्यक्षमा टंकविक्रम थापाा, सचिवमा मोहन थापा, कोषाध्यक्षमा नारायण प्याकुरेल र सदस्यहरुमा जयकुमार सापकोटा, मदन बराल, शुक्रराज थिंग,अर्जुन पौडेल, लोकध्वज थापालाई निर्वाचित गरेको छ ।
अध्यक्ष राईले आफुलाई अमुल्य मत दिई विजयी गराउने सम्पूर्णलाई धन्यावाद ज्ञापन गरेका छन ।





















