सिन्धुली । ६४ औँ सहकारी दिवसको अबसरमा जलकन्या महिला वचत तथा ऋण सहकारी संस्थाको आयोजनामा शुक्रबार सिन्धुली कला घर चपौलीमा शुभकामना आदान प्रदान तथा सांस्कृतिक कार्यक्रम गरिएको छ । एक दशक देखि क्रियाशिल सहकारी संस्थाले सामाजिक सांस्कृतिक सद्भाव कायम स्वरुप उक्त कार्यक्रम गरेको हो ।
उक्त कार्यक्रममा कलाघर निर्माण अभियान तथा जिल्लाको कला संस्कृति संरक्षणमा योगदान दिएको भन्दै कलाघर सिन्धुलीलाई सहकारीले सम्मान गरेको छ । पाँच हजार पाँचसय पचपन्न रुपैंया नगद सहित कलाघरलाई सम्मान गरिएको हो ।
कमलामाई नगरपालिकाका उपमेयर मञ्जु देवकोटाको प्रमुख आतिथ्यता तथा न्युनतम पारिश्रमिक निर्धारण समितिका सदस्य बिमला पाण्डेको विशेष आतिथ्यतामा भएको कार्यक्रमममा कलाघरका कलाकारहरुले सहकारी विशेष पन्चेबाजा, खैजडी भजन, नृत्य लगायत कार्यक्रमहरु प्रस्तुत गरेका थिए ।
सो अवसरमा कमलामाई नगरपालिकाका उपमेयर मञ्जु देवकोटाले कलाघरका कलाकारलाई ५ हजार पुरस्कारको घोषणा समेत गरेकी छिन । कार्यक्रममा बोल्दै उपप्रमुख मञ्जु देवकोटाले सहकारी संस्थालाई पारदर्शी र जवाफदेहि रुपमा सञ्चालन गर्न र उत्पादनसँग जोड्न अनुरोध गरेकी छिन ।
यस्तै न्युनतम पारिश्रमिक निर्धारण समितिका सदस्य बिमला पाण्डेले सहकारीलाई प्रविधिसँग जोड्न र उत्पादनमा महिलाहरुलाई जोडी आयआर्जन तर्फ प्रेरित गर्न सहकारीले भूमिका खेल्नुपर्नेमा जोड दिईन । उनले सहकारी संस्था सरकारको अर्थतन्त्रको मेरुदण्ड भएकाले आयआर्जनमा न्युन वर्ग, महिलालाई जोड्न र सामाजिक न्याय स्थापना गर्न समेत सहयोग पु¥याउने विश्वास व्यक्त गरिन । कार्यक्रम सहकारी संस्थाका अध्यक्ष गिता देवकोटाको अध्यक्षतामा सम्पन्न भएको थियो ।






















