सिन्धुली । सिन्धुली प्रहरीले चालु आर्थिक वर्षमा १ सय १२ विघा १ कठ्ठा १२ धुर जमिनमा लगाईएको गाँजा फँडानी गरेको जनाएको छ । मरिण गाउँपालिका र हरिहरपुरगढी गाउँपालिकाको क्यानेश्वर क्षेत्रमा लगाईएको गाँजा फँडानी गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
पछिल्लो समय दैनिक रुपमा गाँजा फँडानी भईरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डिएसपी श्याम बहादुर खत्रीले बताए । उनका अनुसार विगतका वर्षहरुमा जस्तै यो क्षेत्रमा लगाईएको गाँजा फडानीमा प्रहरी सक्रिय भएको हो ।
उक्त गाँजा फडानी पछि नष्ट गरिएको उनले बताए ।
मरिण क्षेत्रमा लगाईएको गाँजा खेतिको बजार तराईका जिल्लाहरु रहेको पनि उनले बताए । गाँजा खेतिलाई निर्मुल पार्नका लागि प्रहरीले हरेक वर्ष गाँजा फँडानीको अभियान चाल्दै आएको छ ।





















