
गाउँपालिकाले गाउँपालिका भित्रका प्रसुति सेवा लिने महिला, ७० वर्ष माथिका जेष्ठ नागरिक र अपांगता भएका व्यक्तिहरुको उपचारका लागि एम्बुलेन्स आवश्यक परेमा गाउँपालिका भित्रका स्वास्थ्य संस्थामा जान शुल्क नलिने र गाउँपालिका भन्दा बाहिर जानु परेमा आधा शुल्क लिने निर्णय गरेको हो ।
लकडाउनका अवस्थामा महिला, जेष्ठ नागरिक र अपांगता भएका व्यक्तिलाई सहजता प्रदान गर्न उक्त निर्णय गरिएको गाउँपालिकाले जनाएको छ । यस्तो छुट पाउने अपांगता भएका व्यक्तिमा क र ख श्रेणीका अपांग रहेका छन ।
गाउँपालिकाले यस अघि यस्ता नागरिकलाई २५ प्रतिशत एम्बुलेन्स शुल्क मिनाहा गर्दै आएको थियो । गाउँपालिकाले उक्त निर्णय आइतबारदेखि नै लागु गरिएको र सबै वडा कार्यालय, स्वास्थ्य संस्थाहरुलाई पत्राचार समेत गरिएको जनाएको छ ।




















