सिन्धुली । फिक्कल गाउँपालिका वडा नं. ३ मा आइतबार करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । मिल चलाउने क्रममा फिक्कल गाउँपालिका ३ का ३४ बर्षिय राम बहादुर राना मगरको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
मगर बिहान साढे चार बजे मिल चलाउन गएका थिए । बिहान ५ बजे करेन्ट लागेर अचेत भएर ढलिरहेको अबस्थामा परिवार तथा स्थानीयले उनको शव फेला पारेका थिए । अचेत अबस्थामा भेटेपछि मगरलाई आफन्त र स्थानीयको सहयोगमा सुनकोशी सामुदायीक अस्पताल खुर्कोट लगेका थिए ।
अचेत अबस्थामा रहेका मगरको बिहान ८ बजे सुनकोशी सामुदायीक अस्पताल खुर्कोटमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरिक्षक श्यामबहादुर खत्रीले बताए ।




















