सिन्धुली । जिल्लाका विभिन्न क्वारेन्टाईनमा ७३ जना रहेका छन । जसमा महिला ६ जना र पुरुष ६७ जना क्वारेन्टाईनमा रहेको जिल्ला प्रशासन कार्यालय सिन्धुलीले जनाएको छ । जसमा कमलामाईका क्वारेन्टाईनमा सबै भन्दा धेरै २५ जना रहेका छन ।

उनका अनुसार हालसम्म क्वारेन्टाईनबाट २ सय ४१ जना डिस्चार्ज भएका छन । उनीहरु क्वारेन्टाईनमा बस्ने अवधि पुरा गरि डिस्चार्ज भएका हुन । जसमा ५० जना महिला र १९१ जना पुरुष रहेको न्यौपानेले बताए ।
यसैबीच सिन्धुली अस्पतालको आइसोलेसनमा हालसम्म १६ जना बसेर डिस्चार्ज भएका छन भने ३ जना आईसोलेसनमा रहेका छन । आइसोलेसनमा बसेका मध्येमा ३ जना मात्र संक्रमित व्यक्ति हुन । अन्यलाई कोरोना हुन सक्ने आशंकामा मात्र आइसोलेसनमा राखिएको हो ।




















